Ntc
Khabar Dabali २४ जेष्ठ २०८० बुधबार | 7th June, 2023 Wed

आचारसंहिताको उल्लंघन गर्ने ३५ युट्युब च्यानललाई कारबाही गरिने

खबरडबली संवाददाता

काठमाडौँ।  काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखिएको जनाएको छ ।

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आजको बैठकले विशेष निगरानीमा राखिएका ती युट्युब च्यानलका विषयवस्तु, त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो ।

काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई अनुुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा सिफारिस गर्ने र यस्ता च्यानलले सम्प्रेषण गरेका सामग्री र आकर्षित ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे उल्लेख गरी कारबाहीका लागि युट्युब कम्पनीलाई अनुरोध गर्ने भएको छ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको उपसमितिको बैठकले कतिपय युट्युब च्यानल प्रचलित ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे जानकारी समेत नभएका, के गर्नेरनगर्ने भन्ने सामान्य ज्ञान समेत नभएको देखिएको भन्दै व्यावसायिक रूपमा सञ्चालन हुन चाहने युट्युब च्यानल लक्षित एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

बैठकमा अध्यक्ष बस्नेतले युट्युब च्यानल आफैँमा सूचना सम्प्रेषणका उपयुक्त माध्यम भएकाले भरपर्दो, विश्वसनीय र जिम्मेवारपूर्ण सूचना सम्प्रेषण गर्नुपर्ने बताए ।

बैठकमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, काउन्सिलका सदस्यहरू दीपक पाण्डे, दुर्गा भण्डारी पौडेल, ठाकुर बेलवासे, लालबाबु शेख, बार एशोसिएशनका तर्फबाट प्रतिनिधि महासचिव अञ्जिता खनाल, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल र उपप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराको सहभागिता रहेको थियो।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आमसञ्चारसम्बन्धी आवश्यक कानून शीघ्र ल्याइनेछः सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले आमसञ्चारसम्बन्धी आवश्यक कानून शीघ्र ल्याइने बताएकी छिन् । आज मन्...

बङ्गलादेशमा दशकौं यताकै लामो गर्मी, विद्युत् कटौतीसँगै विद्यालय बन्द

ढाका । बङ्गलादेशले आधा शताब्दीयताकै सबैभन्दा लामो गर्मीका कारण हजारौँ विद्यालय बन्द गरेको छ । राजधानी ढाकाको तापक्रम ४० डिग्री सेल्सियस ९१०४ डिग्री...

प्रधानमन्त्री मोदीलाई अमेरिकी संसद्मा सम्बोधनको निम्तो

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी असार ७ गते अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।  प्रधानमन्त्री मोदीले अ...

पहिचानवादीसँग वार्ता गर्न वार्ता टोली गठन

विराटनगर । कोशी प्रदेश नामकरण भएपछि उत्पन्न विवाद समाधान गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ । कोशी प्रदेश नामभएसँगै पहिचानवादीले निरन...

प्रतिनिधिसभाको आकार ठूलो भयो, तत्काल घटाऔँ

काठमाडौं । सांसद खिमलाल देवकोटाले प्रतिनिधिसभाको आकार ठूलो भएकाले त्यसलाई घटाउनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट...

रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउ...

सुनकोशीमा वेपत्ता भएका दुई जनाको शव भेटियो

काठमाडौं । पाँचदिन अघि सुनकोशी नदिनमा जिपसहित तीन जना प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी वेपत्ता भएकोमा २ जनाको शव र ...

ए डिभिजन लिग फुटबलः एफसी खुमलटार विजयी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै विजयी भएको छ ।    सात...

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण संविधान प्रतिकूल छः सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकू...

कर्णाली प्रदेशः नीति कार्यक्रममाथिको छलफल सुरु

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।  मुख्यमन्त्री राजकुमार...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page