खोटाङ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट बिजुली उत्पादन गर्ने क्रममा सिंगो खोला नै फर्काएर पानी प्रयोग गरिएको पाइएको छ।
प्रवर्द्धक कम्पनी थ्री–स्टार हाइड्रोपावरले जलविद्युत आयोजनाका लागि राजापानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर खोलामा पानी नै सुकाएर बिजुली उत्पादन गरेपछि स्थानीय बासिन्दाले विरोध सुरू गरेका छन्।
कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने प्रावधान भए पनि सबै पानी ड्यामतर्फ लगेको पाइएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले बताए।
'आयोजनाको कामको अनुमति लिने बेला खोलामा जति पानी छोड्नुपर्छ भनेर निर्देशन दिइएको थियो वा सहमति भएको थियो, त्यसअनुसार पानी छाड्नुपर्छ,' उनले भने, 'खोलामा जति पानी छोड्ने सम्झौता थियो, त्यही बराबरको पानी छाड्नुपर्छ। साप्सुखोलामा त्यस्तो देखिँदैन। यसले पर्यावरणमा असर पुगेको छ।'
२०७८ मंसिर १४ गतेदेखि परीक्षण उत्पादन सुरू गरिएको ६.६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो। हिउँद याममा खोलामा पानीको बहाव घटेका कारण आयोजनाको प्रवर्द्धक कम्पनीले खोलै फर्काएको देखिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए।
राजापानीको बेलडाँडास्थित विद्युत गृहबाट उत्पादित बिजुली २।५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सब–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। १० स्थानीय तह रहेको जिल्लाबाट यो ९साप्सुखोला जलविद्युत आयोजना० सँगै तीन जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन्।
साप्सुखोला जलविद्युत आयोजनाको डिसेन्डर, नहर र जलाशय वरपर तारबार लगाइएको छैन। जसले गर्दा मान्छे तथा जनावर सहजै जान सक्ने र जलाशयमा डुब्ने खतरा भएकाले धराप थापेजस्तो बनेको स्थानीय बासिन्दाले बताएका छन्।
स्थानीय बासिन्दाको गुनासो आएपछि आयोजनास्थलको अनुगमनमा पुगेका प्रजिअ सेढाईले प्रवर्द्धक कम्पनीका आयोजना प्रमुखलाई फोन गरेर तत्काल सम्झौताअनुसार पानी छाड्न र १५ दिनभित्र ड्याम वरिपरि घेराबार लगाउन निर्देशन दिएको जानकारी दिए।
'ड्यामभन्दा मुनी खोलामा कमिला वारपार गर्ने अवस्था देखिएको छ। आयोजनास्थलबाटै फोन गरेर सम्झौताअनुसार पानी छाड्न र १५ दिनभित्र ड्याम वरिपरि घेराबार लगाउन आयोजना प्रमुखलाई निर्देशन दिएको छु,' उनले भने, 'प्रवर्द्धक कम्पनीको ठूलो लापरबाही देखिएकाले प्रशासनको तर्फबाट औपचारिक रूपमा पत्रसमेत लेख्ने तयारी गरिएको छ।'
कम्पनीका आयोजना प्रमुख प्रदीप दाहालले पनि कमजोरी स्वीकार गर्दै अधुरो कामलाई चाँडै पूर्णता दिने प्रतिबद्धता जनाए।
'ड्याम वरिपरि घेराबार लगाउने काम कम्पनीले अनिवार्य गर्नैपर्छ। विविध कारण ढिलो भएको छ,' उनले भने, 'सिडियो साबसँग पनि कुरा भएको छ। अबको १५ दिनभित्र घेराबार लगाउने काम सम्पन्न गर्छौं।'
करिब एक अर्ब ५० करोड रूपैयाँ लगानीमा साप्सुखोला जलविद्युत आयोजनाको काम सम्पन्न भएको जनाइएको छ। चार किलोमिटर टाढा खोलाबाट ल्याइएको पानीलाई बेलडाँडाबाट एक सय १० मिटर पेनस्टकमार्फत प्रतिसेकेन्ड सात हजार लिटर पानी खसाएर बिजुली उत्पादन गरिएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - १७:३३
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...
बैशाख २७ गते, २०८३ - १७:२३
काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...
बैशाख २७ गते, २०८३ - १७:११
झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...
बैशाख २७ गते, २०८३ - १६:५१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...
बैशाख २७ गते, २०८३ - १६:३०
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...
बैशाख २७ गते, २०८३ - १६:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...
बैशाख २७ गते, २०८३ - १५:१२
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र...
बैशाख २७ गते, २०८३ - १५:००
बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...
बैशाख २७ गते, २०८३ - १४:५३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...
बैशाख २७ गते, २०८३ - १४:४६
दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...


प्रतिकृया लेख्नुहोस्: