Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

खोला नै सुकाएर बिजुली उत्पादन गरेपछि स्थानीयको विरोध

खबरडबली संवाददाता

खोटाङ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट बिजुली उत्पादन गर्ने क्रममा सिंगो खोला नै फर्काएर पानी प्रयोग गरिएको पाइएको छ।

प्रवर्द्धक कम्पनी थ्री–स्टार हाइड्रोपावरले जलविद्युत आयोजनाका लागि राजापानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर खोलामा पानी नै सुकाएर बिजुली उत्पादन गरेपछि स्थानीय बासिन्दाले विरोध सुरू गरेका छन्।

कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने प्रावधान भए पनि सबै पानी ड्यामतर्फ लगेको पाइएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले बताए।

'आयोजनाको कामको अनुमति लिने बेला खोलामा जति पानी छोड्नुपर्छ भनेर निर्देशन दिइएको थियो वा सहमति भएको थियो, त्यसअनुसार पानी छाड्नुपर्छ,' उनले भने, 'खोलामा जति पानी छोड्ने सम्झौता थियो, त्यही बराबरको पानी छाड्नुपर्छ। साप्सुखोलामा त्यस्तो देखिँदैन। यसले पर्यावरणमा असर पुगेको छ।'

२०७८ मंसिर १४ गतेदेखि परीक्षण उत्पादन सुरू गरिएको ६.६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो। हिउँद याममा खोलामा पानीको बहाव घटेका कारण आयोजनाको प्रवर्द्धक कम्पनीले खोलै फर्काएको देखिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए।

राजापानीको बेलडाँडास्थित विद्युत गृहबाट उत्पादित बिजुली २।५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सब–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। १० स्थानीय तह रहेको जिल्लाबाट यो ९साप्सुखोला जलविद्युत आयोजना० सँगै तीन जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन्।

साप्सुखोला जलविद्युत आयोजनाको डिसेन्डर, नहर र जलाशय वरपर तारबार लगाइएको छैन। जसले गर्दा मान्छे तथा जनावर सहजै जान सक्ने र जलाशयमा डुब्ने खतरा भएकाले धराप थापेजस्तो बनेको स्थानीय बासिन्दाले बताएका छन्।

स्थानीय बासिन्दाको गुनासो आएपछि आयोजनास्थलको अनुगमनमा पुगेका प्रजिअ सेढाईले प्रवर्द्धक कम्पनीका आयोजना प्रमुखलाई फोन गरेर तत्काल सम्झौताअनुसार पानी छाड्न र १५ दिनभित्र ड्याम वरिपरि घेराबार लगाउन निर्देशन दिएको जानकारी दिए।

'ड्यामभन्दा मुनी खोलामा कमिला वारपार गर्ने अवस्था देखिएको छ। आयोजनास्थलबाटै फोन गरेर सम्झौताअनुसार पानी छाड्न र १५ दिनभित्र ड्याम वरिपरि घेराबार लगाउन आयोजना प्रमुखलाई निर्देशन दिएको छु,' उनले भने, 'प्रवर्द्धक कम्पनीको ठूलो लापरबाही देखिएकाले प्रशासनको तर्फबाट औपचारिक रूपमा पत्रसमेत लेख्ने तयारी गरिएको छ।'

कम्पनीका आयोजना प्रमुख प्रदीप दाहालले पनि कमजोरी स्वीकार गर्दै अधुरो कामलाई चाँडै पूर्णता दिने प्रतिबद्धता जनाए।

'ड्याम वरिपरि घेराबार लगाउने काम कम्पनीले अनिवार्य गर्नैपर्छ। विविध कारण ढिलो भएको छ,' उनले भने, 'सिडियो साबसँग पनि कुरा भएको छ। अबको १५ दिनभित्र घेराबार लगाउने काम सम्पन्न गर्छौं।'

करिब एक अर्ब ५० करोड रूपैयाँ लगानीमा साप्सुखोला जलविद्युत आयोजनाको काम सम्पन्न भएको जनाइएको छ। चार किलोमिटर टाढा खोलाबाट ल्याइएको पानीलाई बेलडाँडाबाट एक सय १० मिटर पेनस्टकमार्फत प्रतिसेकेन्ड सात हजार लिटर पानी खसाएर बिजुली उत्पादन गरिएको हो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन र जेन–जी अगुवाहरुबीच भेटवार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...

रवि, बालेन र कुलमानबीच आज साँझ फेरि भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending