Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने

खबरडबली संवाददाता

 

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल ले सोमबार अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको संसद् सचिवालयले जनाएको छ ।

नेपालको संविधानको धारा ९५ अनुसार प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

संयुक्त बैठकअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्नेछ । प्रतिनिधिसभाको बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाइने, मन्त्रिपरिषद् हेरफेरबारे जानकारी गराइने तथा सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यको मनोनयनसम्बन्धी कार्यसूची रहेको छ ।

यस्तै प्रतिनिधिसभा नियमावली, २०७९ अन्तर्गत जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदन, नियमावली मस्यौदा पेस तथा सरकारले जारी गरेका विभिन्न अध्यादेश टेबुल गर्ने तयारी पनि गरिएको छ ।

संसद् सचिवालयका अनुसार ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ वटा अध्यादेश संसद्मा पेस हुनेछन् ।

राष्ट्रियसभाको बैठकमा पनि ती अध्यादेश टेबुल गरिने संसद् सचिवालयले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मकवानपुरमा लोक गायक राजु परियारसहित ७ स्रष्टा सम्मानित

मकवानपुर । मकवानपुरमा ७ स्रष्टा सम्मानित भएका छन् । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधाका ७ जना व्यक्तित्व सहित एक संस्था...

गुमनाम बन्दै नेकपा, मौन नेतृत्वले कार्यकर्ता अन्योलमा

काठमाडौं । एक समय देशको सबैभन्दा शक्तिशाली राजनीतिक शक्तिका रूपमा उभिएको नेकपा अहिले भने गुमनाम जस्तै बन्न थालेको छ । पार्टीका शीर्ष नेताहरू सार्वजनिक...

अदालतको आदेशपछि पनि डोजर चल्नु गलतः रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको बताएका छन् । रास्वपाका सांसदलाई प्रशिक्षण पछि ...

चोरीको मोटरसाइकलले ठक्कर दिँदा युवती गम्भीर, फरार युवक पक्राउ

जनकपुरधाम । रौतहटको मौलापुर नगरपालिका–५ स्थित आईटी चाेकमा मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ...

घर फर्किने क्रममा वृद्ध मृत भेटिए, चट्याङबाट मृत्यु भएको आशंका

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–९ राजाबासका ६२ वर्षीय चुडाबहादुर खड्का घर नजिकै मृत अवस्थामा फेला परेका छन् । शुक्रबार साँझ चुहाडेस्थित एक होट...

शिक्षा ऐन २०२८ मा हेरफेर : नदेखिएका विषय वा देख्न नखोजिएका विषय

देशमा व्यवस्था फेरियो तर सामुदायिक विद्यालय र शिक्षकका समस्या फेरिएनन् । विद्यालय छिर्दा आज पनि हामी शिक्षकहरू एउटा कानुनी चक्रव्यूहमा छौँ, जहाँ दुईवट...

बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने

  काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर...

उद्योगमैत्री बजेटको माग गर्दै अर्थमन्त्रीसमक्ष निजी क्षेत्र

  काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट उद्योग विस्तार, लगानी वृद्धि र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर ल्याउन सरकार...

हराएका ६५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं ।  काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ६५ थान मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ । उपत्यका ट्राफि...

बआवासको हक संरक्षण गर्न सरकारलाई हर्क साम्पाङको आग्रह

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित गरेको आवासको हकलाई सम्मान गर्न सरकारसँग आग्रह गरेका छन् । शनिबार ह...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending