काठमाडौं । चलचित्र ‘ऐना झ्यालको पुतली’ अवार्डमा अब्बल सावित भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा चलचित्रले सहभागी भएको अवार्डमा आफूलाई प्रमाणित गर्दै विधागत विजेता बनिरहेको छ ।
हालै सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत यसले उत्कृष्ट चलचित्रसँगै निर्देशक, लेखनसहित बालकलाकार दिनेश खत्रीले अवार्ड जिते ।
“हाम्रो कामलाई विश्वले हेर्नुभएको छ । हेरेर यसले दिएको सन्देशलाई महसुस गर्दै स्वीकार्नुभएको छ । हाम्रो निमित यो नै ठूलो अवार्ड हो”, निर्देशक सुजित बिडारीले भने, “चलचित्रले ग्रामीण भेगको एउटा सामान्य परिवारको कथा भनेको छ । यसमा मेरो बालापनलाई समेत महसुस गर्ने गरेको छु ।”
छ–सात पेजमा कथा बनाएका उनले आफ्नो समाजको भोगाइ नलेख्ने भनेर सुरुआत गरेको बताए ।
“चलचित्र बनाउने कि नबनाउने भन्ने दुविधा हुँदा नै मैले पढ्न दिएकाले पचासको दशकमा सबैको भोगाइ रहेको प्रतिक्रिया दिएपछि ठूलोपर्दामा ल्याउने तयारी गरेको थिए । अहिले विभिन्न अवार्ड समारोहमा पाउने वाहवाहीले त्यो समयको मेहनतलाई बिर्साएको छ”, निर्देशक बिडारीले भने।
उनले यसअघि १४ मिनेट लामो लघु चलचित्र ‘सावित्री’को लेखन तथा निर्देशन गर्नुभएको थियो । पहाडी जिल्लाको गाउँमा बसोबास गर्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ ।
झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर जति प्रयास गरे पनि निस्कन नसक्ने सन्दर्भलाई प्रस्तुत गरिएको चलचित्रमा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, विशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलको न्यू करेन्ट सेक्सनमा छानिने पहिलो नेपाली चलचित्र बनेको ‘ऐना झ्यालको पुतली’ ले ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो ।
चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्डजस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनोट भइसकेको चलचित्रले भारतको प्रतिष्ठित कौतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट चलचित्रसँगै सम्पादन, अभिनेता र अभिनेत्री विधामा अवार्ड जितेको थियो ।
यो चलचित्र हालै सम्पन्न ९५ औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड) का लागि नेपालबाट सिफारिस भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: