काठमाडौं । चलचित्र ‘ऐना झ्यालको पुतली’ अवार्डमा अब्बल सावित भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा चलचित्रले सहभागी भएको अवार्डमा आफूलाई प्रमाणित गर्दै विधागत विजेता बनिरहेको छ ।
हालै सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत यसले उत्कृष्ट चलचित्रसँगै निर्देशक, लेखनसहित बालकलाकार दिनेश खत्रीले अवार्ड जिते ।
“हाम्रो कामलाई विश्वले हेर्नुभएको छ । हेरेर यसले दिएको सन्देशलाई महसुस गर्दै स्वीकार्नुभएको छ । हाम्रो निमित यो नै ठूलो अवार्ड हो”, निर्देशक सुजित बिडारीले भने, “चलचित्रले ग्रामीण भेगको एउटा सामान्य परिवारको कथा भनेको छ । यसमा मेरो बालापनलाई समेत महसुस गर्ने गरेको छु ।”
छ–सात पेजमा कथा बनाएका उनले आफ्नो समाजको भोगाइ नलेख्ने भनेर सुरुआत गरेको बताए ।
“चलचित्र बनाउने कि नबनाउने भन्ने दुविधा हुँदा नै मैले पढ्न दिएकाले पचासको दशकमा सबैको भोगाइ रहेको प्रतिक्रिया दिएपछि ठूलोपर्दामा ल्याउने तयारी गरेको थिए । अहिले विभिन्न अवार्ड समारोहमा पाउने वाहवाहीले त्यो समयको मेहनतलाई बिर्साएको छ”, निर्देशक बिडारीले भने।
उनले यसअघि १४ मिनेट लामो लघु चलचित्र ‘सावित्री’को लेखन तथा निर्देशन गर्नुभएको थियो । पहाडी जिल्लाको गाउँमा बसोबास गर्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ ।
झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर जति प्रयास गरे पनि निस्कन नसक्ने सन्दर्भलाई प्रस्तुत गरिएको चलचित्रमा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, विशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलको न्यू करेन्ट सेक्सनमा छानिने पहिलो नेपाली चलचित्र बनेको ‘ऐना झ्यालको पुतली’ ले ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो ।
चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्डजस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनोट भइसकेको चलचित्रले भारतको प्रतिष्ठित कौतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट चलचित्रसँगै सम्पादन, अभिनेता र अभिनेत्री विधामा अवार्ड जितेको थियो ।
यो चलचित्र हालै सम्पन्न ९५ औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड) का लागि नेपालबाट सिफारिस भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - ०९:२१
काठमाडौं । भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको वि...
चैत्र १० गते, २०८२ - ०९:१५
रौतहट । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५...
चैत्र १० गते, २०८२ - ०९:१२
काभ्रे । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समित...
चैत्र १० गते, २०८२ - ०९:०८
काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित दुई वटा होटलबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा...
चैत्र १० गते, २०८२ - ०८:११
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको एकै...
चैत्र १० गते, २०८२ - ०७:५६
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा आजको बैठकमा सहभागी हुने भएका ...
चैत्र १० गते, २०८२ - ०७:५१
तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
चैत्र १० गते, २०८२ - ०७:४७
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साध...
चैत्र १० गते, २०८२ - ०७:४६
डोटी । यहाँको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमो बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ब...
चैत्र १० गते, २०८२ - ०७:४२
मोरङ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती ...


प्रतिकृया लेख्नुहोस्: