Ntc
Khabar Dabali २४ जेष्ठ २०८० बुधबार | 7th June, 2023 Wed

मन्त्रालयकाे भागबन्डामा सहमति जुटाउन गठबन्धनको बैठक बालुवाटारमा

खबरडवली संवाददाता

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन । दलहरुले आकर्षक मन्त्रालयमा आ आफ्नो दाबी नछोडेपछि सहमति जुट्न सकेको थिएन ।  त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा १९ बुँदा समेटिएको सरकारको न्यूनतम कार्यक्रमबारेको मस्यौदा पेस गरेका थिए । ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’नाम दिइएको मस्यौदामा दुई शीर्षक र धेरै उपशीर्षकहरू रहेका छन् । यसअघि एमाले अध्यक्ष केपी ओली संयोजक भएर बनाएको सरकारको न्यूनतम प्राथमिकतालाई सत्ता समीकरणमा भएको फेरबदलसँगै प्रधानमन्त्री प्रचण्डले सरकारका कार्यक्रमहरू पनि परिमार्जन गरेका हुन् ।   अध्ययनका लागि वितरण गरिएको परिमार्जित मस्यौदाबारे आज छलफल हुने  नेपाली कांग्रेस नेता रमेश लेखकको भनाइ छ  । साझा कार्यक्रममा सहमति जुटाएर मन्त्रालय बाँडफाँटको आफ्नो खाका बैठकमा पेस गर्ने प्रधानमन्त्रीको तयारी छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री प्रचण्ड किन गए खप्तड ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड गएका छन्। आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटन...

कोशीमा एमाले नेतृत्वको सरकार ढल्ने निश्चित ! निर्णायक भएपछि राप्रपाको नजर मुख्यमन्त्रीमा

माओवादीले थाल्यो समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा सरकार गठनको पहल

सन्दीप लामिछाने गए दक्षिण अफ्रिका

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रीका प्रस्थान गरेका छन्।  सन्दीप सोमबार राति दक्षि...

गलेश्वरको आम्दानी ११ महिनामा करोड नाघ्यो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालू आर्थिक वर्षको ११ महिनाका अवधिमा १ करोडभन्दा बढी आम्दानी भएको छ । भक्तजनको आगमनसँ...

संसद्का दुवै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

काठमाडौं । संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र...

नागरिकता विधेयकबारे लोसपा- राष्ट्रपतिको कदम ऐतिहासिक, सर्वोच्चको आदेशप्रति असन्तुष्टि

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धी विधेयक कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेकाम...

अर्थ मन्त्रालयको प्रष्टीकरण- बजेट बनाउन अनधिकृत व्यक्तिको संलग्नता छैन

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक तर्जुमा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको स्पष्ट पारेको छ ।  मन्त्रालयले ...

लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए

लुम्बिनी । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को ज...

देउवालाई गगनको जवाफ- नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न सकिँदैन

दाङ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न नसकिने बताएका छन् । उनले नेतृत्वका गलत निर्णयविरुद्...

शिक्षा मन्त्रालयमा बजेटको ७५ प्रतिशत तलब भत्तामा खर्च

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयअन्तर्गत विनियोजन गरेको बजेटमध्ये झण्डै ७५ प्रतिशत तलब भत्तामा खर्च हुने भएको छ ।  करिब साढे ३ लाखक...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page