Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

गठबन्धनको बैठक बालुवाटारमा, आजै मन्त्रीहरुको शपथ तयारी

खबरडबली संवाददाता

काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। मन्त्रालय भागबन्डा मिलेसँगै मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सत्ता गठबन्धनको बैठक बसेको हो। 

प्रधानमन्त्री निवास बालुवाटारमा जारी गठबन्धनको बैठकमा ९ दलका शीर्ष नेता नेताहरुको सहभागिता छ। बुधबार सत्ता गठबन्धनबीच मन्त्रालय संख्यामा समझदारी बनेसँगै प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्।  

मन्त्रालय भागबन्डाको लगभग टुंगो लागे पनि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइसकेको छैन। ​दलहरुले मन्त्रालयमा दोहोरो–तेहरो दाबी गरेकाले त्यसलाई मिलाउन प्रधानमन्त्रीलाई सकस परेको छ।  

बुधबारको समझदारी तलमाथि नभए मन्त्रिपरिषद विस्तार र शपथ आजै हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। दलहरुले आ-आफ्नो पार्टीको भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम आजै दिँदै छन्। 

राष्ट्रपति कार्यालयले पनि मन्त्रीको शपथ आजै हुन सक्ने भन्दै तयारी रहन कर्मचारीलाई भनेको छ। यद्यपी समय भने टुंगो लागिनसकेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। 

बुधबारको गठबन्धन बैठकमा कांग्रेस ८, माओवादी ५, जसपा र एकीकृत समाजावादी २-२, लोसपा १, नाउपा १, जनमत १ (राज्यमन्त्रीसहित), आमजनता र नेसपाले १-१ मन्त्रालय लिने सहमति भएको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: