काठमाडौं । सीमापारी भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्को छ । सीमावारी नेपालमा पनि यसको जोखिम उच्च देखिएको छ। खुला सीमाबाट संक्रमितको निर्वाध आवतजावत भइरहेकाले जोखिम झनै बढने विज्ञहरू बताउँछन् ।
जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले सीमामा निर्वाध आवतजावतले मुलुकभित्र आगामी दिनमा संक्रमण बढ्ने बताए।‘अब कोरोनाको संक्रमण झन् बढ्दै जाने जोखिम छ,’ डा. मरासिनीले भने, ‘संक्रमितको अस्पतालमा भर्नादर पनि बढ्छ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका एक जना बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको छ।चार जना सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत छन्।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, चैतको पहिलो सातादेखि कोरोना संक्रमितको संख्या बढ्न थालेको हो।चैतमा संकलित २४ वटा नमुनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सबैमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ।भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपालमा र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी।१।१६ को संक्रमण फैलिरहेको जनाइएको छ।गत चैत १७ गते सबैभन्दा बढी १ सय ४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
‘सीमापारी संक्रमण जुन दरले बढेको छ।त्यो चुनौतीपूर्ण छ,स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले भने,‘सीमापारीको संक्रमणको प्रभाव सीमावारी पनि परेको छ । ओमिक्रोन भेरिएन्ट बढी संक्रामक देखिएको छ।खोप लगाएका व्यक्तिमा पनि संक्रमण भएको छ।
खोप नलगाएका व्यक्तिहरूलाई संक्रमणको जोखिम झन् उच्च हुन्छ।’ सीमा नाकाहरूमा स्थापित हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीबाट कोभिड–१९ को परीक्षण गराई नतिजा पोजेटिभ आएमा परामर्शका साथै नजिकको अस्पतालमा निदान र उपचारको व्यवस्था मिलाइएको अधिकारीले बताए । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी पनि संक्रमित भइरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: