रामेछाप । जिल्लाको रामेछाप नगरपालिका–५ हिमगङ्गाका ७२ वर्षीया वृद्धा भक्तमाया सुनुवारले बल्ल नागरिकता पाएका छन्।
अपाङ्गता भएका एक जना र ७२ वर्षीया वृद्धालाई प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले आज घरमै पुगेर नागरिकता प्रदान गरेका हुन्।
रामेछापका प्रमुख जिल्ला अधिकारी निरौलाको नेतृत्वमा गएको टोलीले अपाङ्गता भएका २५ वर्षीय नरबहादुर माझी र ७२ वर्षीया वृद्धा भक्तमाया सुनुवारलाई नागरिकता प्रदान गरेको हो।
बहत्तर वर्षीया सुनुवारको यसअघि पनि नागरिकता बनाउन प्रयास गरिए पनि सफल नभएको वडा सदस्य रोजकुमार श्रेष्ठले बताए।
नागरिकता नबन्दा उनीहरू सामाजिक सुरक्षा भत्तालगायतका सरकारी सेवा सुविधाबाट बञ्चित भएका थिए। प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयको टोली घरमै आएर नागरिकता दिएपछि आफूलाई असाध्यै खुसी लागेको भक्तमायाका आफन्त मैया सुनुवारले बताए।
यातायातको सहज पहुँच नहुँदा अपाङ्गता भएका व्यक्ति तथा वृद्धालाई जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन सम्भव नभएकाले शनिबार घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ।
अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई सहज सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएकाले जिल्लामा अरु पनि त्यस्ता व्यक्ति भए घरमै पुगेर सेवा दिने योजना रहेको प्रमुख जिल्ला अधिकारी निरौला बताए।
नागरिकता प्राप्त गरेका माझी र सुनुवारको सामाजिक सुरक्षा भत्ताका लागि तत्कालै प्रक्रिया अघि बढाउने रामेछाप नगरपालिकाले जनाएको छ। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: