पोखरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘जनतासँग पार्टी अभियान’ मा प्राप्त सुझावका आधारमा पार्टीको पुनःनिर्माण गरिने बताएका छन् ।
पार्टीको गण्डकी प्रदेश समितिले आइतबार पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले पार्टीका सबै केन्द्रीय सदस्य तथा प्रदेश पार्टीलाई अभियानमा राम्रोसँग परिचालित हुन निर्देशन दिए ।
गाउँगाउँमा पुगेर जनता, सहिद परिवार तथा बेपत्ताका परिवारबाट सुझाव लिएर जस्ताको तस्तै ल्याउन र पार्टी केन्द्रमा बुझाउन आग्रह गरे । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, “हामीले दुई महिनाका लागि अहिले जनतासँग पार्टी अभियान चलाएका छौँ । सबै नेता कार्यकर्ता अभियानमा तलैसम्म खट्नुहोला र जनताबाट सुझाव लिनुहोला । सोही सुझावका आधारमा आगामी दिनमा पार्टी पुनःनिर्माण गर्नेछौँ ।”
उपाध्यक्ष श्रेष्ठले बृहत् समाजवादी मोर्चा गठनका लागि पहल भइरहेको जानकारी दिए । पार्टी एकताको सम्भावना भएका माओवादी घटक र अन्यसँग एकता गर्दै जाने र तत्काल एकता सम्भव नभएका दलहरुका बीच समाजवादी मोर्चा बनाइने उनले बताए ।
गृहमन्त्री श्रेष्ठले जनतालाई विकास र सुशासनको अनुभूति दिने गरी सरकारले काम गरिरहेको बताए । सरकारका कामलाई जनतासम्म लैजान र जनताका विकासका आवश्यकतालाई सरकारसम्म ल्याउन पार्टीका नेता कार्यकतालाई उनले निर्देशन दिए । “जनतालाई राम्रोसँग सहज रुपमा सर्भिस डेलिभरी अहिलेको आवश्यकता हो । यसबाट मात्र जनतामा सरकारप्रति विश्वास पैदा हुन्छ”, श्रेष्ठले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: