काठमाडौं । नेपालसँगको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशको प्रहरीले आफ्नै बिहेमा गोली चलाएर फरार भएकी दुलहीको खोजी गरिरहेको जनाएको छ।
सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा दुलाहाको छेउमै बसेकी ती महिलाले हावामा चार राउन्ड गोली चलाएको देखिन्छ।
स्थानीय प्रहरीले घटनापछि फरार ती महिलाविरुद्ध मुद्दा गर्दा गराएको जनाएको छ। कतिपय उत्तरी भारतीय राज्यहरूमा उत्सवहरूमा हर्षबढाइँ गर्न बन्दुक पड्काउने चलन छ।
उत्सव मनाउन बन्दुक पड्काउँदा कहिलेकाहीँ मानिसहरू घाइते हुने र मृत्यु हुने सम्मका घटना पनि हुने गरेको पाइन्छ।
भारतको कानुनअनुसार उत्सवहरूमा अरूलाई जोखिम हुनेगरी “लापरबाहीपूर्वक वा पर्याप्त सावधानी नअपनाई बन्दुक चलाउने” व्यक्तिलाई जेल सजाय, जरिवाना वा दुवै सजाय हुन सक्छ।
सन् २०१६ मा उत्तर प्रदेशको राजधानी लखनऊको एउटा अदालतले उत्सव मनाउन बन्दुक पड्काइने हरेक गतिविधिको उजुरी दर्ता नभए पनि अनुसन्धान गर्न आदेश दिएको थियो।
भारतीय पत्रिका टाइम्स अफ इन्डियाका अनुसार दुलहीले गोली चलाएको भिडिओ एक आफन्तले खिचेर सामाजिक सञ्जालमा राखेकी थिइन्। प्रहरीले उक्त पत्रिकासँग आफू पक्राउ पर्ने डरले ती महिला फरार भएको हुनसक्ने जनाएको छ।
गत साता पश्चिमी भारतीय राज्य महाराष्ट्रमा आगोको फोहोरा निस्किने 'स्पार्कल गन' चलाउँदा उक्त उपकरण आफूतिरै फर्किएर दुलहीको अनुहारमा लागेको भिडिओ भाइरल भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: