बैतडी । बैतडीमा मङ्गलबार राति भएको जीप दुर्घटना परी ज्यान गुमाएका छ जनाको अझै शव परीक्षण हुनसकेको छैन् । क्षतिपूर्तिको लागि आन्दोलन गरिरहेका मृतकका आफन्तले लिखित सहमति नहुँदासम्म शव परीक्षण गर्न नदिने बताएका छन् ।
शव परीक्षणका लागि देउलेक स्वास्थ्यचौकी पु¥याइए पनि क्षतिपूर्तिका लागि लिखित सहमति हुनुपर्ने भन्दै मृतकका आफन्त आन्दोलित भएका हुन् । गाडी धनीबाट क्षतिपूर्तिको लिखित सहमति हुनुपर्ने माग गर्दै पीडित पक्षले शव परीक्षण गर्न नमानेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
गाडी साहू बझाङको केदारस्युँका मिलन बोहरा सम्पर्कमा आए पनि सहमति भने गरेका छैनन् । मिलनले आफ्ना दाई पदमलाई सहमतिका लागि पठाएका थिए । पदमले मौखिक सहमति मात्रै गरेकाले मृतकका आफन्तले लिखित सहमतिको माग गरेका हुन् ।
यसअघि मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै घटनास्थल झौलेकस्थित राजमार्गमै शव राखेर आन्दोलन गरेका थिए । शव बुझ्नै नमानेका मृतकका आफन्तलाई पदम र केदारस्युँ गाउँपालिकाले क्षतिपूर्ति दिने भने मौखिक सहमति गराएर शव बुझाए पनि परीक्षण गर्न लिखित सहमतिको माग गर्दै उनीहरुले आन्दोलन गरेका हुन् । मृतकका आफन्तले आज बिहान पनि जयपृथ्वी राजमार्ग केहीबेरका लागि बन्द गरेका थिए ।
मङ्गलबार राति खोडपे–बझाङ जोड्ने उक्त राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ को झौलेक मोडमा मङ्गलबार राति ११ बजे से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनालगत्तै फरार रहेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई ढोल्यामोडबाट नियन्त्रणमा लिइ सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बीरे धामी रहेका छन् । जीपमा सवार अन्य पाँच जनाले हाम फालेर ज्यान बचाएका थिए ।
भारतको पिथौरागढमा मजदुरी गरेर नयाँ वर्ष मनाउन फर्किरहेका उनीहरु दुर्घटनामा परेका हुन् । जीप सडकबाट पाँच सय मिटर तल खसेको थियो । उकालो सडकमा एक्कासि जीप ब्याक भएर भीरमा खसेको थियो । ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: