Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

नयाँ वर्षको अवसरमा एकसाथ तीन चलचित्र प्रदर्शनमा

खबरडबली संवाददाता

काठमाडौँ । नयाँ वर्षको अवसरमा तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । नयाँ वर्षको अवसरमा शुक्रबारदेखि  ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ प्रदर्शनमा आएका हुन् । यसअघि ‘नाई नभन्नु ल–६’ पनि प्रदर्शन हुने भए पनि जाँचपास नभएपछि वैशाख १५ गतेका लागि नयाँ मिति तय गरेको छ । 

नयाँ वर्षमा नेपाली चलचित्रको व्यापार हुने समय बुझिन्छ । यो मितिमा प्रदर्शन भएका चलचित्रले विगतमा पनि राम्रो व्यापार गरेका छन् । तर एकैपटक तीन चलचित्र प्रदर्शनमा आउँदा यसले घाटा हुने हो कि भन्ने चर्चा पनि चलेको छ । 

अभिनेता दयाहाङ राई अभिनित दुई चलचित्र बिहे पास र जारी एकसाथ प्रदर्शनमा आएका छन् । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा रहेको निर्माण पक्षले जानकारी दिएको छ । कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बूलगायतले अभिनय गरेको छन् ।

अभिनेता राई अभिनित ‘बिहे पास’मा प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर वाङ्देललगायतले अभिनय गरेको छन् । प्रवेश पौडेलको निर्देशक रहेको चलचित्रमा बिहे गर्नका लागि सरकारी जागिर हुनुपर्छ भन्ने मान्यताको कथावस्तु रहेको छ । “निर्माण, प्रदर्शन स्वाभाविक प्रक्रिया हो । यसलाई त्यही रूपमा हेर्नुपर्छ । हेरौँ आउने नतिजाले आगामी दिनलाई निर्णय गर्न सहज हुन्छ कि”, अभिनेता राईले भने ।

जारी प्रथालाई कथा बनाइएको चलचित्र हो, ‘बुलाकी’ । कर्णालीको ग्रामीण जीवन, रीतिथिति, जारी प्रथा तथा परिवार र सम्बन्धलाई देखाइएको चलचित्रलाई विराज विष्टले निर्माण गरेको हो । सुरक्षा पन्त, नरेन खड्कासँगै स्वयं निर्माता विष्टले अभिनय गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लामा ५१ लाखभन्दा बढीको अवैध चिनियाँ मदिरा बरामद

हुम्ला । हुम्लामा प्रहरीले ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध चिनियाँ मदिरा तथा बियर बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार नाम्खा...

मुख्यमन्त्री बनेपछि खगराज भट्टले भने– ‘खुसीभन्दा बढी जिम्मेवारी र चुनौतीको भारी महसुस भएको छ’

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपा नेता खगराज भट्टले आफूले पाएको जिम्मेवारीसँगै चुनौतीको भारीसमेत महसुस गरेको बताएका छ...

स्याङ्जामा बाढीले दुई जनालाई बगायो, एक बेपत्ता

स्याङ्जा। स्याङ्जामा अविरल वर्षासँगै आएको बाढीले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले बिहीबार राति ग ११ प ८१८३...

पत्रकार किशोर श्रेष्ठलाई सोमबार सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको पक्राउसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनलाई बरामद गरिएका सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ। ...

जाजरकोटमा बाढीको वितण्डा: पाँच परिवार प्रभावित, भेरी करिडोर अवरुद्ध

जाजरकोट । जाजरकोटमा लगातारको वर्षापछि तासुघाट खोलामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीले नलगाड नगरपालिका–१० रोलीमा घर तथा टहरा बगाउनुका साथै झ...

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल गत असार २६ गते पक्राउ परे ।  सामाजिक सञ्जा...

बजारमा ग्यास अभाव भैरहँदा 'होटल रेडिसन'मा भेटियो १८४ वटा सिलिन्डर मौज्दात

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित 'होटल रेडिसन'मा अनुगमन गर्...

रोल्पामा पहिरोले घर-गोठ पुर्दा पाँच जनाको मृत्यु, बेपत्ता भएका आठ जनाको पहिचान खुल्यो (अपडेट)

रोल्पा। रोल्पाको थबाङमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन् भने ...

कांग्रेस इतर समूहको कार्यालय चुनदेवीमा टाँसियो ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड राखिएको छ। करिब पाँच महिनाको स्वास्थ्य उपचार...

निजी क्षेत्रलाई चलायमान बनाएर ६६ खर्बको अर्थतन्त्र अघि बढाउने सरकारको लक्ष्य, आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताएको छन्। आफ्नो निर्वाचन क्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending