Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

ए डिभिजनका खेल हुँदै गर्दा बी डिभिजन क्लबको विरोध

खबरडबली संवाददाता

काठमाडौँ। शहीद स्मारक बी डिभिजन लिग अनिश्चित भएको भन्दै आइतवार शहीद स्मारक ए डिभिजन लिगको दौरानमा बी डिभिजन क्लवले सांकेतिक विरोध गरेका छन्।

च्यासल मैदानमा शहीद स्मारक ‘ए’ डिभजिन लिगअन्तर्गत संकटा र एपिएफबीचको खेलका दौरान ‘बी’ डिभिजन लिग क्लबले प्रश्नवाचक चिह्नसहित सांकेतिक विरोध गरेका हुन्।

विभिन्न पम्प्लेट लिएर उपस्थित भएका ‘बी’ डिभिजन लिगका पदाधिकारीले क्रिकेटको ब्याटमा ‘बी’ डिभिजन रु लेखेर प्रदर्शन गरेका थिए।

विरोध  प्रदर्शनमा उत्रिएका सरस्वती युथ क्लबका पदाधिकारी शिक्षित पराजुलीले बी डिभिजन लिगलाई हेर्ने दृष्टि तल्लो दर्जाको रहेको र चाँडोभन्दा चाँडो मिति तय गरेर खेलाडीलाई खेल्ने वातावरण मिलाउन आग्रह गरे।

पराजुलीले खेलको दौरानमा गरेको प्रदर्शन एन्फालाई सांकेतिक सुझाव भएको बताए।

उनले भने, ‘यो विरोधभन्दा पनि सांकेतिक सुझाव हो। एन्फाले यसलाई गहन रूपमा लिन्छ भन्ने आशा छ।

हामीलाई एन्फाले ‘ए’ डिभिजनभन्दा तल्लो दर्जामा राखेर हेरिरहेको छ। चाँडोभन्दा चाँडो लिगको मिति तय गरेर खेलाडीलाई खेल्ने वातावरण मिलाउनुपर्छ।

यदि लिग चाँडो भएन भने लिगहरू धराशायी हुन्छन्। खेलाडीहरू अमेरिका र अस्ट्रेलिया जान बाध्य हुन्छन्। यस्तो अवस्था आए त्यसको जिम्मेवारी एन्फाको हुनेछ। त्यसैले समयमै यसको व्यस्थापन गरी समयमै समाधान गर्नुपर्छ।’

अखिल नेपाल फुटबल संघ एन्फाले शुरुमा चैत १५ मा हुने तय भएको लिग एन्फाले चैत २९ मा सारेको थियो।

आर्थिक विषयलाई उल्लेख गर्दै एन्फाबाट लिग हुन्न भन्ने भएपछि लिग क्लबहरूले विरोध गरेका हुन्। क्लबहरूले क्षतिपूर्तिको माग पनि गरिरहेका छन्।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy