Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

तनहुँ १ मा रोचक प्रतिस्पर्धा- कांग्रेस र एमालेलाई घण्टीका स्वणिम वाग्लेको बलियो टक्कर

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेले राष्ट्रपति बनेपछि तनहुँमा वैशाख १० गते उपचुनाव हुन लागेको चुनाव दिन दिनै थप रोचक बन्दै गएको देखिन्छ।

चितवन र बारामा जस्तै सत्ताधारीहरूको गठबन्धनले साझा उम्मेदवार उठाउँदा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी दिएका छन्।

ती दलहरूले छानेका पात्रका कारण पनि त्यहाँको चुनाव रोचक भइरहेको धेरैलाई लागेको छ। नेपाली कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ।

नेकपा एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार छन्। रास्वपाले चर्चित अर्थशास्त्री स्वर्णिम वाग्लेलाई उठाएको छ। गत प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल २५ हजारभन्दा बढी मत ल्याएर विजयी भएका थिए।

त्रिपक्षीय भिडन्त?

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका एक बहादुर रानाले झन्डै २० हजार मत ल्याएका थिए। स्वतन्त्र उम्मेदवार बनेका कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले करिब सात हजार भोट पाएका थिए।

उनी यस पटक चुनावी प्रतिस्पर्धामा छैनन्। छ हजार मत पाएर राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा सीमित बनेको थियो।

हालसालै कांग्रेस त्यागेर अर्थशास्त्री स्वर्णिम वाग्ले रास्वपाबाट उम्मेदवार बनेपछि तनहुँको चुनाव चासो र चर्चाको विषय बनेको हो। तनहुँमा ९ वटा पार्टीले उम्मेदवार दिए पनि मुख्य प्रतिस्पर्धा कांग्रेस, एमाले र रास्वपाबीच हुने ठानिएको छ।

कांग्रेसको आशा

सत्ता गठबन्धनको साथ पाएकाले जित्न सहज हुने कांग्रेसको बुझाइ छ। त्यसै पनि कांग्रेसको पकड बलियो भएको उक्त पार्टीका नेताहरू बताउँछन्।

उनीहरू आफ्ना उम्मेदवार भट्टराईलाई ‘लामो समयदेखि जनताको सुख दुखमा साथ दिएका परिचित नेता’ भन्ने गरेको पाइन्छ।

उनी नेपाल विद्यार्थी सङ्घका पूर्व सभापति हुन्। तर उनका उत्तराधिकारीहरू पार्टी पदाधिकारी र सांसद भइसकेका छन्। जानकारहरू कुनै बेला चर्चित नेता हुँदा पनि रामचन्द्र पौडेल र गोविन्दराज जोशीको छायामा परेर उनले अवसर नपाएको बताउँछन्।

ती दुई नेताबीचको टक्करले कांग्रेसमा अन्तर्घात हुने गरेको तर अहिले त्यो अवस्था अन्त्य भएको कांग्रेस नेताहरूको विश्वास छ। त्यसैले उनीहरू भट्टराईले जित्नेमा आशावादी देखिन्छन्।

एमालेको दाऊ

एमाले उम्मेदवार सर्वेन्द्र खनाल नेपाल प्रहरीका पूर्व प्रमुख हुन्। उनी गत मङ्सिरमा काठमाण्डूमा उम्मेदवार भएर पराजित बनेका थिए।

सङ्गठन बलियो रहेको र भोट एक ढिक्का रहेको एमालेको दाबी छ। एमालेमा ‘रास्वपाले कांग्रेसको भोट काट्ने’ र आफूले लाभ उठाउने बुझाइ पाइन्छ।

त्यस्तै विगत देखिको सम्बन्धका कारण नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठको पकड क्षेत्रको मत पनि आफूले पाउने आशा खनालमा रहेको बुझाइ पाइन्छ। गठबन्धनबाट पौडेल चुनाव लड्दा श्रेष्ठले उक्त क्षेत्र छाडेर बारा गएका थिए।

यसअघि स्थानीय तहको चुनावमा कांग्रेस नेता गोविन्दराज जोशीका छोरालाई एमालेले सघाएकाले उनको पक्षको साथ पाउने एमाले नेताहरूको आशा पाइन्छ। त्यसैले अन्ततः खनालले चुनाव जित्ने एमाले नेताहरूले आशा गरेका छन्।

‘मन नभए पनि मत बदलिने’

अर्थशास्त्री स्वर्णिम वाग्लेले रास्वपा उम्मेदवार बन्न कांग्रेस छाड्दा देखिएका प्रतिक्रियाले उक्त दल र त्यहाँभित्रको एउटा खेमामा सानोतिनो हलचल उत्पन्न गरिदिएको ठानिएको छ।

पहिलो पटक चुनावमा भाग लिँदाको उक्त नयाँ पार्टीले पहिलो प्रयासमै छ हजारभन्दा धेरै मत ल्याएको थियो। समानुपातिकमा त्यसको दोब्बरभन्दा बढी मत पाएको थियो।

स्वर्णिम वाग्लेलाई भित्र्याउन सफल भएपछि राष्ट्रव्यापी रूपमा उक्त दलमा उत्साह देखिन्छ। उनको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि अनि चुनावी मैदानमा देखिएको प्रतिक्रियाले भोट बढ्ने उक्त दलका नेताहरूको बुझाइ छ।

उनीहरूले कांग्रेसकै कतिपय नेताहरूले मन नबदले पनि मत बदल्ने अनि पुराना कांग्रेस नेता जोशी पक्षको पनि साथ पाउने ठानेका छन्। कांग्रेसले आफूले यसअघि कारबाही गरेका जोशीलाई फकाउने प्रयास गरेको थियो। तर त्यो विफल भएको खबरहरू प्रकाशमा आएका छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सरकार बन्दा मन्त्री कसले छान्छ, मन्त्रिपरिषद्‌ कत्रो हुन्छ ?

मन्त्रीमा विज्ञ कि सांसद?

पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि

काठमाडौँ । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ ।  ...

एमाले अध्यक्ष ओलीलाई पितृशोक

आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

१० चैतभित्र नयाँ सरकार

काठमाडौं । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्र...

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा  पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चा...

अमेरिकाले उल्लङ्घन गरेका व्यापार सम्झौताको ‘दृढताका साथ प्रतिक्रिया’ दिइनेः इयु

काठमाडाैँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ व्यापार अनुसन्धानको घोषणा गरेपछि युरोपेली सङ्घका कार्यकारी प्रमुखले बिहीबार संयुक्त राज्य अमेरि...

राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्...

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने...

बालिका मृत्यु प्रकरण: थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोबाट

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका...

चुनाव सुधार्न नीतिगत शल्यक्रियाको प्रस्ताव : के-के छन् नयाँ सुझाव ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसका अनुभवले चुनावी प्रणालीमा आमूल नीतिगत सुधारको आवश्यकता देखाएका छन्।  नि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: