Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

तनहुँ १ मा रोचक प्रतिस्पर्धा- कांग्रेस र एमालेलाई घण्टीका स्वणिम वाग्लेको बलियो टक्कर

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेले राष्ट्रपति बनेपछि तनहुँमा वैशाख १० गते उपचुनाव हुन लागेको चुनाव दिन दिनै थप रोचक बन्दै गएको देखिन्छ।

चितवन र बारामा जस्तै सत्ताधारीहरूको गठबन्धनले साझा उम्मेदवार उठाउँदा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी दिएका छन्।

ती दलहरूले छानेका पात्रका कारण पनि त्यहाँको चुनाव रोचक भइरहेको धेरैलाई लागेको छ। नेपाली कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ।

नेकपा एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार छन्। रास्वपाले चर्चित अर्थशास्त्री स्वर्णिम वाग्लेलाई उठाएको छ। गत प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल २५ हजारभन्दा बढी मत ल्याएर विजयी भएका थिए।

त्रिपक्षीय भिडन्त?

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका एक बहादुर रानाले झन्डै २० हजार मत ल्याएका थिए। स्वतन्त्र उम्मेदवार बनेका कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले करिब सात हजार भोट पाएका थिए।

उनी यस पटक चुनावी प्रतिस्पर्धामा छैनन्। छ हजार मत पाएर राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा सीमित बनेको थियो।

हालसालै कांग्रेस त्यागेर अर्थशास्त्री स्वर्णिम वाग्ले रास्वपाबाट उम्मेदवार बनेपछि तनहुँको चुनाव चासो र चर्चाको विषय बनेको हो। तनहुँमा ९ वटा पार्टीले उम्मेदवार दिए पनि मुख्य प्रतिस्पर्धा कांग्रेस, एमाले र रास्वपाबीच हुने ठानिएको छ।

कांग्रेसको आशा

सत्ता गठबन्धनको साथ पाएकाले जित्न सहज हुने कांग्रेसको बुझाइ छ। त्यसै पनि कांग्रेसको पकड बलियो भएको उक्त पार्टीका नेताहरू बताउँछन्।

उनीहरू आफ्ना उम्मेदवार भट्टराईलाई ‘लामो समयदेखि जनताको सुख दुखमा साथ दिएका परिचित नेता’ भन्ने गरेको पाइन्छ।

उनी नेपाल विद्यार्थी सङ्घका पूर्व सभापति हुन्। तर उनका उत्तराधिकारीहरू पार्टी पदाधिकारी र सांसद भइसकेका छन्। जानकारहरू कुनै बेला चर्चित नेता हुँदा पनि रामचन्द्र पौडेल र गोविन्दराज जोशीको छायामा परेर उनले अवसर नपाएको बताउँछन्।

ती दुई नेताबीचको टक्करले कांग्रेसमा अन्तर्घात हुने गरेको तर अहिले त्यो अवस्था अन्त्य भएको कांग्रेस नेताहरूको विश्वास छ। त्यसैले उनीहरू भट्टराईले जित्नेमा आशावादी देखिन्छन्।

एमालेको दाऊ

एमाले उम्मेदवार सर्वेन्द्र खनाल नेपाल प्रहरीका पूर्व प्रमुख हुन्। उनी गत मङ्सिरमा काठमाण्डूमा उम्मेदवार भएर पराजित बनेका थिए।

सङ्गठन बलियो रहेको र भोट एक ढिक्का रहेको एमालेको दाबी छ। एमालेमा ‘रास्वपाले कांग्रेसको भोट काट्ने’ र आफूले लाभ उठाउने बुझाइ पाइन्छ।

त्यस्तै विगत देखिको सम्बन्धका कारण नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठको पकड क्षेत्रको मत पनि आफूले पाउने आशा खनालमा रहेको बुझाइ पाइन्छ। गठबन्धनबाट पौडेल चुनाव लड्दा श्रेष्ठले उक्त क्षेत्र छाडेर बारा गएका थिए।

यसअघि स्थानीय तहको चुनावमा कांग्रेस नेता गोविन्दराज जोशीका छोरालाई एमालेले सघाएकाले उनको पक्षको साथ पाउने एमाले नेताहरूको आशा पाइन्छ। त्यसैले अन्ततः खनालले चुनाव जित्ने एमाले नेताहरूले आशा गरेका छन्।

‘मन नभए पनि मत बदलिने’

अर्थशास्त्री स्वर्णिम वाग्लेले रास्वपा उम्मेदवार बन्न कांग्रेस छाड्दा देखिएका प्रतिक्रियाले उक्त दल र त्यहाँभित्रको एउटा खेमामा सानोतिनो हलचल उत्पन्न गरिदिएको ठानिएको छ।

पहिलो पटक चुनावमा भाग लिँदाको उक्त नयाँ पार्टीले पहिलो प्रयासमै छ हजारभन्दा धेरै मत ल्याएको थियो। समानुपातिकमा त्यसको दोब्बरभन्दा बढी मत पाएको थियो।

स्वर्णिम वाग्लेलाई भित्र्याउन सफल भएपछि राष्ट्रव्यापी रूपमा उक्त दलमा उत्साह देखिन्छ। उनको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि अनि चुनावी मैदानमा देखिएको प्रतिक्रियाले भोट बढ्ने उक्त दलका नेताहरूको बुझाइ छ।

उनीहरूले कांग्रेसकै कतिपय नेताहरूले मन नबदले पनि मत बदल्ने अनि पुराना कांग्रेस नेता जोशी पक्षको पनि साथ पाउने ठानेका छन्। कांग्रेसले आफूले यसअघि कारबाही गरेका जोशीलाई फकाउने प्रयास गरेको थियो। तर त्यो विफल भएको खबरहरू प्रकाशमा आएका छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending