Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

मुस्ताङमा चौँरीको आलो रगत पिउनेको भीड

खबरडबली संवाददाता

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका– २ बोक्सी खोलामा वैशाख आठ गतेदेखि सुरु भएको चौरीको आलो रगत पिउने मेलामा भीड लागेको छ । याक र चौंरीबाट आलो रगत निकालेर पिउने मानिसको भीड बढेको हो ।    

मेलामा मुस्ताङी भन्दा म्याग्दी, पोखरा, चितवन, नवलपरासी, तनहुँ, पर्वत, बुटवल, काठमाडौँबाट आउने धेरै छन् । रोग सञ्चो हुने विश्वासमा बच्चा, बिरामी, वृद्धसमेत बोक्सी खोलामा आएका स्थानीय गोविन्द शेरचनले जानकारी दिनुभयो । हिमाली खर्कमा चरेका चौँरीहरूले पाँचऔंले, निरमसी, जटामसी, यार्सागुम्बाजस्ता जडीबुटी खाने हुँदा त्यसको रगत सेवनले मानिसको पेटसम्बन्धी रोग निको हुने विश्वासले मानिस चौरीको आलो रगत पिउन आउने गरेका स्थानीयवासीले बताएका छन् ।

“पहिले यसलाई चौँरीको रगत पिउने मेला मात्र भनिन्थ्यो,अहिले मेलाको रुपमा मात्र नलिएर प्राकृतिक चिकित्सा र चौंरीको स्वास्थ्यसँग पनि जोडेर हेरिएको छ”, स्थानीय नरबहादुर हिराचनले भन्नुभयो । 

रगत निकाल्नाले चौंरी स्वस्थ हुने भएकाले वर्षमा दुई पटक चौरीको शरिरबाट रगत झिक्ने र मानिसले पिउने गरेको धौलागिरि चौँरीपालन समूहमा आवद्ध गोविन्द शेरचनले जानकारी दिनुभयो । एउटा वयस्क चौंरीबाट ३० गिलाससम्म रगत निकाल्न सकिने स्वंयसेवक बताउँछन् । 

हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔँले, जटामसीलगायत जडीबुटी खाएका चौँरीगाईको रगत पिएमा ग्याष्टिक, कमलपित्त, सुन्नेको र छालासम्बन्धी रोगसमेत निको हुने बढ्ने विश्वास गरिन्छ । पालो परेको गोठको चौँरी ल्याएर राखिन्छ मेलामा । 
 
जिउँदो चौँरीलाई नियन्त्रणमा लिई तालिम प्राप्त रगत निकाल्ने व्यक्ति ९स्थानीय भाषामा आम्जी० ले चौरीको घाँटीमा सुइरो (चापो) ले नशामा कोपेर रगत निकाल्ने गर्दछन् । 

रगत निकाली सकेपछि माटो वा गोबरले रगत निस्कने भाग टालेर चौँरीलाई छाडिन्छ । मुस्ताङमा पालिएका चौँरीको प्रत्येक वर्ष वैशाख र साउनमा गरी दुई पटकसम्म रगत पिउने मेला सञ्चालन हुँदै आएको छ । चौँरीको दूधबाट दही, घीउ, चिज र छुर्पी लगायतका परिकार बनाएर बिक्री गरिन्छ । चौँरीको सिङलाई खच्चडको घाँटीमा झुन्ड्याइने घण्टीको रूपमा प्रयोग गरिन्छ भने पुच्छर धार्मिक पूजाआजामा चमरको रूपमा प्रयोग गर्ने गरिन्छ । चौँरीको मलमूत्र खेतबारीमा प्रयोग हुन्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक...

लक्षित विद्यार्थीका लागि आठ अर्ब ६० करोड छात्रवृत्ति

काठमाडौँ। सरकारले लक्षित विद्यार्थीका लागि आठ अर्ब ६० करोड रकम विनियोजन गरेको छ ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसदमा आर्थिक वर्ष...

रासायनिक मल खरिदका लागि ३२ अर्व ४६ करोड रुपियाँ

काठमाडौं। सरकारले रासायनिक मल खरिदका लागि ३२ अर्व ४६ करोड रुपियाँ विनियोजन गरेको छ ।  अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट...

बाल पोषण भत्तामा दोब्बर वृद्धि

काठमाडौँ। सरकारले बाल पोषण भत्तामा दोब्बर वृद्धि भइ मासिक एक हजार रुपियाँ उपलब्ध गराउने घोषणा गरेको छ ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्...

शिक्षा क्षेत्रको सुधारका लागि दुईसय १८ अर्व ३० करोड

काठमाडौं। सरकारले शिक्षा क्षेत्रका लागि दुई सय १८ अर्व ३० करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।  अर्थमन्त्री डा। स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–...

खानेपानीको बजेट ३७ अर्व १७ करोड

काठमाडौँ । सरकारले देशभर खानेपानीको उचित प्रवन्धका लागि ३७ अर्व १७ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८...

नेपाल टेलिकमको ४४ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले नेपाल टेलिकम को बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/८४ को बजेट...

२५ प्रकारका औषधी स्वदेशमै उत्पादन गर्ने सरकारको योजना

काठमाडौं। सरकारले २५ प्रकारका औषधी बनाउन स्वदेशी कम्पनीलाई सक्षम बनाउने जनाएको छ ।  अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट स...

सरकारले ३१ वटा सरकारी निकाय खारेज गर्ने

काठमाडौँ। सरकारले विभिन्न ३१ वटा सरकारी निकाय खारेज गर्ने भएको छ । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत...

करका दरमा बृहत् पुनरावलोकन, व्यक्तिगत आयकर दर दश प्रतिशतले घट्यो

काठमाडौँ । सरकारले व्यक्तिगत आयकरको अधिकतम दरलाई दश प्रतिशत घटाएको छ ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसदमा आर्थिक वर्ष २०८३/८४ को...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending