Ntc summer Offer
Khabar Dabali १२ आश्विन २०८१ शनिबार | 28th September, 2024 Sat
NIMB

जारी चलचित्र समीक्षाः अव्यक्त प्रेमको मिठास

खबरडबली संवाददाता
काठमाडौँ । प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो । वितरकका अनुसार यसले पहिलो सातामा सात करोड बढीको व्यापार गरेको छ । कवि उपेन्द्र सुब्बाले पटकथाकार हुँदै यसै चलचित्रमार्फत निर्देशनमा पाइला टेकेको छन् । 
 
चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । ‘जारी’का निर्माता रामबाबु गुरुङ हुन् । लिम्बू संस्कृतिलाई आम दर्शकले बुझ्ने गरी प्रस्तुत गरिएको चलचित्रमा पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पतिपत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोहअवरोहलाई प्रस्तुत गरिएको छ । 
 
चलचित्र पति नाम्साङ (दयाहाङ राई) र पत्नी हाङ्मा (मिरुना मगर) मै केन्द्रित छ । विसं २०५२ को परिवेशमा तयार पारिएको चलचित्र तत्कालीन समयको संस्कृति, भाषा र पहिरनको दस्तावेज बनेको छ । चलचित्र नाम्साङ र हाङ्माको झगडाको दृश्यबाट सुरू हुन्छ । बिहेको पाँच वर्ष बितिसक्दा निःसन्तान दम्पती हुनु नै उनीहरू बीच हुने कलहका कारण हो । 
 
सन्तान नहुनुको कारक आफू बन्नु परेपछि हाङ्मा खुसी छैनन् । किनकी दोष उनले मात्र खेप्नुपरेको छ । त्यहीँ सिलसिलामा आफ्नो श्रीमान्लाई एकपटक ‘नामर्द’ भनेपछि झगडा उत्कर्षमा पुग्छ । हाङ्माले युप्पारुङ फालेर घर छोडेर माइत जान्छिन् । नाम्साङले हाङ््मालाई फर्काउन छरितोपन देखाउँदैनन् । त्यही क्रममा पालममा जितेर अर्कैले हाङ््मालाई पत्नी बनाउँछ ।
 
हाङ्माको परिवारले जारी तिर्न नसकेपछि पूर्वपतिको घरमा गोठाला बन्न पुग्छिन् । पूर्वपत्नीलाई जारी तिर्न ल्याएपछि नाम्साङलाई प्रश्नसमेत तेर्सिन्छ । बेहुली बनेर स–सम्मान भित्रिएको घरमा हाङ्मा पस्न पाउदिनन् । उनी गोठमै बस्छिन् र आफ्नो काम गर्छिन् । त्यही क्रममा नाम्साङलाई अर्को विवाहका लागि उनका बुबा सुब्बाले कर गर्छन् । केटी खोज्न केही गाउँमा नाम्साङसँगै उनका साथीहरू पनि पुग्छन् । तर श्रीमती छाडेको भनेपछि सहज हुँदैन । पालम गाउँन नआउने नाम्साङले मेलाबाट पनि जोडी पाउदैनन् । त्यस दौरान नाम्साङको आमा बिरामी हुन्छिन् । उनको स्याहारसँगै घरेलु काममा व्यस्त हाङ्मालाई आफ्नै घर फर्काउने प्रयास उनका भाइले गरिरहेका हुन्छन् । 
 
जारी तिर्ने रकम नहुँदा घर फर्काउन सम्भव हुँदैन । एकदिन नाम्साङको आमाको देहान्त हुन्छ । एक वर्षलाई शुभकार्य रोकिन्छ । त्यसपछि बुढासुब्बा र नाम्साङको सहारा बन्छिन् हाङ्मा । के नाम्साङले दोस्रो विवाह गर्छन् ? जारी तिरेर हाङ्मा आफ्नै घर फर्किन्छिन् ? हाङ्मालाई पालममा जितेका श्रीमान्ले के गर्छन् रु यी यस्तै जिज्ञासा मेट्न चलचित्र भवन नै पुग्नुपर्छ । यसको मीठो जवाफ निर्देशक सुब्बाले चलचित्रमा दिएका छन् ।
 
निर्देशक सुब्बाले लेखनकै क्रममा आफ्नो संस्कृतिलाई सरल ढङ्गले कोरेका छन् । व्यावसायिक बनाउन अनावश्यक मसलाको प्रयोग गरिएको छैन । अर्थात् विशुद्ध अर्गानिक छ ‘जारी’ । कथामा मौलिकता छ । चलचित्रको पहिलो दृश्यमै पटकथाकारसमेत रहेका निर्देशक सुब्बाले द्वन्द्व स्थापित गर्न सफल हुनुभएको छ ।  त्यसलाई अगाडि बढाउन उहाँले फाल्तु दृश्यलाई जोड्नु भएको छैन । कथा सुरुदेखि नै द्रुत गतिमा अगाडि बढेको छ । नाम्साङ खराब होइनन् तर उनको रिस सही छैन । हाङ््मा पनि उस्तै छिन् । निर्देशक सुब्बाले दुईबीचको अव्यक्त प्रेमलाई दृश्यमार्फत स्थापित गरेका छन् ।  
 
पहिलो दृश्यपछि दुवै बोल्दैनन् । तर उनीहरू बीचको प्रेमलाई दर्शकले पर्दा बाहिर पनि महसुस गर्छन् । उनीहरूको अनुहारमा झल्किने प्रेम लुक्दैन । तर व्यक्त पनि हुँदैन । उनीहरू बीच संवाद कसरी होला ? भन्ने दर्शकको जिज्ञासा सरलरूपमै निर्देशकले मेटाएका छन् । यो उनको सरलतासँगै दृश्य भाषाको ज्ञानका कारण सम्भव भएको हो । यस्ता थुप्रै दृश्य छन्, ती दृश्यले सोझै दर्शकसँग संवाद गर्छन् ।
 
पर्दामा देखिने पात्रको सुख र दुःखसँगै दर्शकलाई यात्रा गराउन सक्नु नै निर्देशकीय सशक्ता हो । निर्देशक सुब्बाले लेख्नका क्रममा ठूला संवादको प्रयोग नगरेर नै लिम्बू लबज र मिठास भर्न सफल भएको छन् । चलचित्र हेरिरहँदा देखिने दृश्य र प्रयोग हुने ध्वनिले आनन्द दिन्छ । गीतले कथालाई अगाडि बढाउँछ । त्यो मनोरञ्जनका लागि मात्र रखिएको छैन । कथालाई लयमा बगाउन झुमा लिम्बू र गङ्गा थापाको स त तारिफ गर्न लायक छ ।
 
कलाकारको अभिनय यो फिल्मको अर्को अब्बल पक्ष हो । अभिनेता राईले नाम्साङ पात्रलाई जीवन्त बनाउनु भएको छ । पहिलो दृश्यमा उहाँले देखिएको रिस धेरै समयसम्म कायम रहन्छ । यस्तै अभिनेत्री मगर चलचित्रमा शालीन देखिएकी छिन् । उनले प्रतिकार गर्दिनन् तर उनको सहनशीलताले दर्शकको मन चसक्क बनाउँछ । अभिनेता विजय बरालले मङ्गल सिंहको पात्रमार्फत बाहुन र लिम्बू दम्पतीबाट जन्मिएको सन्तानको सामाजिक परिवेश झल्काउन सफल भएको छन् । काव्यिक चलचित्रको सङ्ज्ञा पाएको ‘जारी’ मा जनजाति महिलाको विद्रोहको फरक आयाम पस्कने प्रयास गरिएको छ । 
 
नेपाल जातजाति, भाषा, संस्कार–संस्कृति र सामाजिक परिवेशका लागि धनी छ भन्ने यथार्थलाई चलचित्रमार्फत प्रस्तुत गरिएको छ । निर्देशक सुब्बाले लिम्बू जातिको संस्कार–संस्कृतिलाई समयसँगै सकुशल वर्तमान युगमा अवतरण गराउन सफल हुनुभएको छ । यद्यपी कमीकमजोरी नै नभएको चलचित्र भने होइन् । विविध कमजोरीका बाबजुद यो राम्रो पक्ष धेरै भएको चलचित्र हो । विशेषत पहिलो हाफमा यसलाई छोट्याउने ठाउँ छ । तर निर्देशक सुब्बाले त्यसमा जाँगर चलाएका छैनन् । कथामा नाम्साङ र हाङ्माको परिवारलाई देखाउँदा उनीहरूसँगै जोडिने समाज र समयकाललाई दृश्यमार्फत स्थापित गर्न निर्देशक सुब्बा चुक्नुभएको छ ।
 
यद्यपि, यो चलचित्रले कलात्मक र व्यावसायिक दुवै मनपराउने दर्शकलाई चलचित्र भवनसम्म ल्याउने ल्याकत देखाइसकेको छ । मसालेदार र कलात्मक भनेर विभाजित हुने दर्शक चलचित्र हेर्नसँगै देखिएका छन् । यो निर्माता, निर्देशक र कलाकारको ठूलो सफलता हो । कालोपोथी, सेतो सूर्य र ऐना झ्यालको पुतलीले प्रदर्शनका लागि गर्नुपरेको सङ्घर्ष ‘जारी’ ले सोच्नै परे । यसले कलात्मक चलचित्रको व्यावसायिक पक्षको सबलतालाई समेत प्रमणित गरेको छ । यो चलचित्रको महत्व वर्तमान समयभन्दा पनि भविष्यमा धेरै हुनेछ । 
 
‘कबड्डी’ शृङ्खलाका निर्देशक रामबाबु गुरुङ निर्माता रहनुभएको यस चलचित्रमा अभिनेता राईसँगै अभिनेत्री मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, कमलमणि नेपाल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, अनिल सुब्बा, पुष्कर गुरुङ, उपासना नेम्वाङलगायतका कलाकाकरको अभिनय रहेको छ । कार्यकारी निर्माता मणिराम पोखरेल रहनुभएको चलचित्रलाई स्टेसन फाइभले वितरण गरेको हो ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दसैँ लगत्तै बस्ने माओवादीको केन्द्रीय बैठक पार्टीको लागि कोशेढुंगा साबित हुनेछः प्रचण्ड

विद्यार्थी संगठनलाई प्रचण्डको निर्देशनः तपाईँ सडकको बाघ भएर निस्कनोस्, म संसदमा सिंह भएर निस्केको छु

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायले नेपाललाई सघाउनुपर्छ: स्वास्थ्यमन्त्री पौडेल

जकार्ता । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक प्रभावित भएको भन्दै यसका असर न्यूनीकरणका लागि अन्तर्...

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बिरामीमैत्री बन्नुपर्छः कार्यवाहक प्रधानमन्त्री

चितवन। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले क्यान्सरको उपचार, पहिचान, निदान र सचेतनामा सशक्त भएर लाग्न क्यान्सर अस्पतालका चिकित्सक एवम् कर्मचारीहर...

उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशतमा सीमित

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशतमा सीमित रहेको तथ्यांक सार्वजनिक भएको छ ।...

टी-२० र टेस्ट क्रिकेट छोड्ने शकिब अल हसनको घोषणा

काठमाडौँ । बंगलादेशका अल राउण्डर शकिब अल हसनले टी-२० र टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । भारतविरुद्धको दोस्रो टेस्ट अघि मिडियासँग कुरा...

उड्डयन प्रशिक्षण प्रतिष्ठानको जग्गामा फिर्ता गर्न पहल गर्छु- मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएक...

सुस्ता पुल नागरिकको जोखिमपूर्ण यात्राको समाधानः राष्ट्रपति

नवलपरासी । राष्ट्रपति रामचन्द्र पौडेलले नदी तरितराउको अभावमा वर्षोदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि डुङ्गाको भर परी जोखिम...

न्युयोर्कमा परराष्ट्रमन्त्री आर्जु राणको व्यस्त कार्यसूची

वासिङ्टन डिसी । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिनेक्रममा न्युयोर्क आउनुभएकी परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा राष्ट्रसङ्घीय कार्यक्रमसहित...

गोरखामा सात सय ३३ जनामा डेंगु, तीन सय ७३ जनामा स्क्रब टाइफस

सुलीकोट। गोरखाामा सात सय ३३ जनामा डेंगु सङ्क्रमण देखिएको छ । जिल्लामा अत्यधिक मात्रामा डेंगु रोग सङ्क्रमण बढ्दै जाँदा साउन, भदौ र असोज १० गतेसम्म सात ...

दसैँ अगाडि सबै सडकलाई खाल्टाखुल्टी पुरिसक्छौंः भौतिकमन्त्री

ढल्केबर। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दसैँ अगावै देशभरका सबै सडकलाई खाल्टाखुल्टी रहित बनाइ सक्ने बताएको छन् । सङ्घीय सरकार मा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy