Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

८ बजेबाट सुरु हुने भनिएको संसद् बैठक अझै सुरु भएन, सभामुख र दलका सचेतकबीच छलफल चल्दै

खबरडबली संवाददाता

काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतकबीच वार्ता जारी रहेको छ। 

संसद् भवन नयाँ बानेश्वरमा सभामुख र प्रमुख सचेतकहरुबीच कुरा नमिलेका कारण राती ८ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन। 

छलफल भइरहेपनि सहमति नजुटेकोले बैठक सुरु हुन नसकेको र सांसदहरु बैठकको प्रतीक्षामा संसद भवनमा रहेको राष्टिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले जानकारी दिए । 

आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले संसदको हिँउदे अधिवेशनमा संसदमा उपस्थित नभएका सांसदहरुको विवरण प्रस्तुत गर्ने क्रममा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी बिरामी भएका कारण अनुपस्थित भएको जानकारी गराएपछि विवाद उत्पन्न भएको थियो। 

सत्तारुढ दलका सांसद तथा अन्य दलका सांसदहरुले समेत फरार रहेका अपराधी सांसदलाई संसदले विरामी प्रमाणित गर्न खोजेको भन्दै आपत्ति जनाएका थिए । 

उनीहरुले सभामुख घिमिरेलाई सांसद कोइरी बिरामी भएर अनुपस्थित भएको भनेर सदनलाई जानकारी भनाई संसदको रेकर्डबाट  हटाउन माग गरेका थिए । तर सभामुखले सो भनाई रेकर्डबाट हटाउन नमानेपछि विवाद उत्पन्न भएको थियो । 

साँझ ५ बजेर १० मिनेटमा आधा घण्टाका लागि भनेर स्थगित भएको बैठक राती ८ बजे बस्नेगरी समय तोकिएको थियो । तर सभामुख र दलका सचेतकबीच कुरा नमिल्दा राती ९ बजिसक्दा समेत बैठक सुरु हुन सकेको छैन ।

केही सांसदहरु बैठककोे प्रतीक्षामा संसद भवनमा रहेका छन् भने केही सांसदहरु घरतिर लागिसकेका छन् ।

 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy