Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

हलमा ‘जारी’को दबदबा, शुक्रबारबाट प्रदर्शनमा आएका तीन फिल्म गुमनाम

खबरडबली संवाददाता

काठमाडौं ।  वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जारी’ले प्रदर्शनको रफ्तारलाई जारी नै राखेको छ । फिल्म प्रदर्शनको १६ औं दिनसम्म पनि हलमा दर्शकको उपस्थिति बाक्लो देखिएको छ । 

स्रोतका अनुसार फिल्मले जम्मा ३६ सय २५ शो पाएको थियो । यी शोका लागि ९ लाख १ हजार १ सय ८३ टिकट उपलब्ध थिए । यीमध्ये ४ लाख १६ हजार ४ सय ७२ टिकट बिक्री भए । 

बक्सअफिस लागु भएका हलहरुको तथ्यांक अनुसार फिल्मले हालसम्म करिब १२ करोडको हाराहारीमा ग्रस कलेक्सन गरेको स्रोतको दाबी छ । 

वितरक प्रचण्डमान श्रेष्ठले फिल्मले दोस्रो हप्तासम्म १३ करोडको ग्रस कलेक्सन गरेको दाबी गरे । निर्माता रामबाबु गुरुङले पनि दोस्रो हप्तासम्म फिल्मले १३ करोडको ग्रस कलेक्सन गरेको स्वीकारे ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, रोय दिप, पुष्कर गुरुङलगायतका कलाकारको प्रमुख भूमिकामा अभिनय छ । फिल्मका निर्माता रामबाबु गुरुङ हुन् ।

'जारी'को अगाडि तीन फिल्म गुमनाम

तर, जारीको अगाडि तीन फिल्म गुमनाम बनेका छन्। वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्मले दबदबा हलमा कायम राख्दा शुक्रबारबाट प्रदर्शनमा आएको ‘प्रसाद २’, ‘नाइँ नभन्नू ल ६’ र ‘केदीको पत्र’को गुमनाम नै रहे। 

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘प्रसाद २’, ‘नाइँ नभन्नू ल ६’ र ‘केदीको पत्र’को तुलनामा ‘जारी’को अकुपेन्सी तेब्बर उच्च थियो । 

लिम्बु संस्कृतिमा आधारित जारी प्रथाको कथावस्तु समेटिएको फिल्मले दर्शकलाई हलमा राम्रै तानेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ । भौतिक पूर्वाधार कार्यालयले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत भएको रु ६६ करोड ...

रवि-बालेन एकैठाउँमा आउँदा कुलमान पनि जोडिन्छन् ?

प्रधानमन्त्रीको उम्मेदवारबारे असिम शाह भन्छन्- कानुनी रूपमा मिलुन्जेलसम्म रवि दाइ, नभए बालेन

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका ल...

निर्वाचनलाई कम्तीमा २७ अर्ब बजेट, आयोगलाई ७ अर्ब, सुरक्षामा २० अर्ब माग

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा ...

कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिका हेरफेर गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पुस अन्तिम साताका लागि तोकिएको महाधिवेशन कार्यतालिकामा हेरफेर गर्न कांग्रेसल...

भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी

तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । ...

पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आया...

फुङलिङमा भालु नियन्त्रणमा लिन फलामको खोर राखियो, सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै...

अब दुई कार्य दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौँ । राहदानी विभागले अब दुई कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै ...

तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन कायम रहने

काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending