काठमाडौं । वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जारी’ले प्रदर्शनको रफ्तारलाई जारी नै राखेको छ । फिल्म प्रदर्शनको १६ औं दिनसम्म पनि हलमा दर्शकको उपस्थिति बाक्लो देखिएको छ ।
स्रोतका अनुसार फिल्मले जम्मा ३६ सय २५ शो पाएको थियो । यी शोका लागि ९ लाख १ हजार १ सय ८३ टिकट उपलब्ध थिए । यीमध्ये ४ लाख १६ हजार ४ सय ७२ टिकट बिक्री भए ।
बक्सअफिस लागु भएका हलहरुको तथ्यांक अनुसार फिल्मले हालसम्म करिब १२ करोडको हाराहारीमा ग्रस कलेक्सन गरेको स्रोतको दाबी छ ।
वितरक प्रचण्डमान श्रेष्ठले फिल्मले दोस्रो हप्तासम्म १३ करोडको ग्रस कलेक्सन गरेको दाबी गरे । निर्माता रामबाबु गुरुङले पनि दोस्रो हप्तासम्म फिल्मले १३ करोडको ग्रस कलेक्सन गरेको स्वीकारे ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, रोय दिप, पुष्कर गुरुङलगायतका कलाकारको प्रमुख भूमिकामा अभिनय छ । फिल्मका निर्माता रामबाबु गुरुङ हुन् ।

तर, जारीको अगाडि तीन फिल्म गुमनाम बनेका छन्। वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्मले दबदबा हलमा कायम राख्दा शुक्रबारबाट प्रदर्शनमा आएको ‘प्रसाद २’, ‘नाइँ नभन्नू ल ६’ र ‘केदीको पत्र’को गुमनाम नै रहे।
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘प्रसाद २’, ‘नाइँ नभन्नू ल ६’ र ‘केदीको पत्र’को तुलनामा ‘जारी’को अकुपेन्सी तेब्बर उच्च थियो ।
लिम्बु संस्कृतिमा आधारित जारी प्रथाको कथावस्तु समेटिएको फिल्मले दर्शकलाई हलमा राम्रै तानेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: