Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

तनहुँमा बाह्र वर्षे गोदावरी मेला लाग्दै

\"mela\"तनहुँ । तनहुँ जिल्लाको पूर्वी क्षेत्र तनहुँसुर गाविसको सिम्पानी आमडाँडा जङ्गलमा १२ वर्षे गोदावरी मेला सुरु हुँदैछ । प्राचीन, धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्व बोकेको उक्त क्षेत्रमा १२ वर्षपछि गोदावरी मेलाको तयारी गरिएको हो । मेलामा एक लाख भक्तजन सहभागी हुने आयोजकले बताएका छन् । हरेक १२ वर्षको भदौ महिनामा लाग्ने उक्त मेला आगामी भदौ ४ गतेदेखि सुरु हुने गोदावरी मेला समितिका संयोजक मोतीलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रत्येक १२ वर्षको भदौ १ गतेबाट सुरु हुने मेला यस वर्ष तिथि, ग्रह र नक्षत्रका कारणले चार गतेबाट सुरु हुन लागेको हो ।’ प्राचीन सेन राज्यको प्रारम्भदेखि पूजाअनुसार लाग्ने गरेको उक्त मेला यसअघि २०६० सालमा भएको थियो । सो समयमा ५० हजार श्रद्धालु सहभागी भएर पूजापाठ गरेको अध्यक्ष श्रेष्ठले बताए । धार्मिक दृष्टिबाट अत्यन्तै पवित्र मेलाका रुपमा मानिआएको यस मेलाको पूजाआजा र व्यवस्थापन स्थानीय तहबाटै हुँदै आएको स्थानीय शङ्कर कसाईले जानकारी दिए । कुण्डमा हरेक १२ वर्षको भदौभरि मात्र पानी पलाउने गरेको स्थानीयवासी बताउँछन् । ‘१२ वर्षपछि यो वर्ष मात्र कुण्डमा मूल फुटेको हो योभन्दा अघिका वर्षमा कुण्डमा पानी हुँदैनथ्यो’ – स्थानीय उपेन्द्र खनालले भने । मेलाको प्रचारप्रसार र यसको तयारीका लागि सहयोग जुटाउन तनहुँसुर सम्पर्क मञ्चले महत्वपूर्ण भूमिका खेलेको छ । मञ्चका अध्यक्ष वृषराज श्रेष्ठले यो मेलामा जतिसक्दो धेरै भक्तजनलाई दर्शनको व्यवस्था मिलाउनका लागि आफूहरु लागेको बताए । तनहुँसुर गाविसका सचिव श्रीकान्त न्यौपानेले मेला भव्य रुपमा सम्पन्न गर्न प्रचारप्रसारका लागि १९ सदस्यीय समितिसमेत बनाइसकेको बताए । मेलालाई ध्यानमा राखी साउन १६ गते संविधानसभाका सदस्य एवम् तनहुँका पूर्व जिविसका सभापति रामचन्द्र पोखरेलसहितको एक टोलीले कुण्डको स्थलगत अवलोकन गरेको थियो । सभासद् पोखरेलले मेला स्थानमा चाहिने बत्ती, बस्नका लागि वासस्थान र मेला स्थानमा पुग्नका लागि चाहिने गोरेटो बाटोका लागि आफूले सक्दो सहयोग गर्ने बताए । मेला स्थलमा पुग्ने बाटो, बिजुली बत्ती र बस्ने टहराको व्यवस्था गर्न स्थानीयवासी जनताका साथै जिविस तनहुँ, ब्यास नगरपालिका, बन्दीपुर नगरपालिका र छिमेकी गाविसको सहयोग जुटिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies