Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव, थाले गृहकार्य

खबरडवली संवाददाता

काठमाडौं । आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ‘प्रधानमन्त्री’को अफर गरेका छन् । एमाले, रास्वपा, जसपा, जनमतसहितका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ११ पुसमा प्रधानमन्त्रीको शपथ लिएका थिए ।

तर, अहिले एमालेसँगको सहकार्य तोडेर प्रचण्ड नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)सहितका दलसँग नयाँ गठबन्धन गरेपछि एमाले संघीय र प्रदेश सरकारबाट बाहिरिएको छ । सरकारबाट बाहिरिएपछि एमालेले नयाँ गठबन्धन बनाएर प्रचण्ड नेतृत्वको सरकार जसरी पनि ढाल्ने खेलमा लागेको छ । सोही क्रममा एमाले अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन् ।

एमालेबाट प्रधानमन्त्रीको प्रस्ताव आएपछि रास्वपा अध्यक्ष लामिछाने मंगलबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनमत सरकारसँग असन्तुष्ट छ । एमाले, रास्वपा, जनमत, जसपासहितका दलसँग मिलेर नयाँ गठबन्धन बनाउने र सरकारको नेतृत्व गर्ने’bout लामिछाने छलफल अगाडि बढाएका हुन् । रास्वपा उपाध्यक्ष डोलप्रसाद अर्यालले एमालेबाट आएको प्रस्तावअनुसार अन्य दलसँग छलफल भइरहेको बताए । अहिले नै अन्तिम निष्कर्षमा पुगिनसकेको बताउँदै उनले थप निर्णय पार्टीको बैठकबाट नै हुने बताए । ‘राजनीति सम्भावनाको खेल हो जे पनि हुन सक्छ ।

तर, एमालेले गरेको प्रस्ताव कतिको विश्वास गर्न सकिन्छ हेरौं न । छलफल भइरहेको छ, अन्तिम निर्णय त पार्टी केन्द्रीय समितिले गरेअनुसार नै हुने हो,’ अर्यालले राजधानीसँग भने । रास्वपा सभापति लामिछानेले जनमत पार्टीका अध्यक्ष डा. राउतसँग भेटिसकेपछि अब जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटने प्रयासमा छन् । तर, उनीहरूबीच भेटघाटको समयतालिका मिलिसकेको छैन । जनमत पार्टीका नेता बीपी साहले दुई नेताबीच पछिल्लो राजनीतिक अवस्था, सरकारलगायतका विषयमा छलफल भएको बताए ।

जनमत पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने, दिएको समर्थन फिर्ता लिने कि के गर्ने ? लगायतका विषयमा छलफल भएको साहले बताए । ‘पछिल्लो राजनीतिक अवस्था, सरकार गठनलगायत विषयमा छलफल भएको छ । प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने ? सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिनेलगायतका विषयमा छलफल भयो,’ जनमतका नेता साहले भने । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको प्रस्ताव गरेपछि समर्थन जुटाउने दौडमा रास्वपा सभापति लामिछाने लागेका हुन् । तर, एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आफूलाई यस’bout बढी कुरा थाहा नभएको बताए । ‘अहिले म बाहिर छु, यस’bout मलाई बढी कुरा थाहा भएन,’ प्रवक्ता गुरुङले भने ।

प्रचण्ड नेतृत्वको सरकारमा यसअघि रास्वपा सहभागी थियो । रास्वपा सभापति उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारीमा थिए । तर, नागरिकता विषयमा सर्वोच्चको निर्णयपछि उनको सांसद पद निलम्बनमा परेको थियो । १० वैशाखको उपनिर्वाचनबाट लामिछाने फेरि सांसद निर्वाचित भएर पार्टीको संसदीय दलको नेता चयन भइसकेका छन् । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएको रास्वपाले सरकारमा सहभागी हुने कि नहुने भन्ने’bout अहिले पार्टीभित्र आन्तरिक छलफल गरिरहेको छ ।

यसअघि पाएका मन्त्रालय पाउने, सरकारको न्यूनतम साझा कार्यक्रम पुनर्लेखन भए सरकारमा सहभागि हुने रास्वपाको अडान छ । रास्वपाको अडानमा प्रधानमन्त्री प्रचण्डसमेत सहमत छन् । आउँदो शुक्रबार बस्ने रास्वपाको केन्द्रीय कमिटी बैठकबाट प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने, समर्थन फिर्ता लिने कि नलिने भन्ने निर्णय हुँदै छ । यसबीचमा प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति लामिछानेबीच छलफलसमेत भएको छ । गत सोमबार काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति बैठकमा पार्टी सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्ड आफूहरूले राखेको मागमा सहमत भएको ब्रिफ्रिङ गरेका थिए ।

१० पुसमा भएको एमालेसहितको गठबन्धनमा रास्वपाले उपप्रधानमन्त्री तथा गृह मन्त्रालय, श्रम र शिक्षा मन्त्रालय पाएको थियो । स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री पाएको थियो । उपप्रधान तथा गृहमन्त्री बनेर सभापति लामिछाने मन्त्रिपरिषद्मा सहभागी थिए । नागरिकतालाई लिएर सांसदको अयोग्यतासम्बन्धी मुद्दामा सर्वोच्चले गत १३ माघमा फैसला गरेपछि लामिछाने गृहमन्त्रीबाट बाहिरिएका थिए । रास्वपाका अन्य सांसदले २२ माघमा राजीनामा बुझाएर बाहिरिएका थिए । याे समाचार आजको राजधानी दैनिकमा छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ

भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका...

बजारमा कृतिम अभाव- फागुनमा पछिल्लो ३ महिनाकै उच्च ग्यास आयात

काठमाडौं । फागुन महिनामा विगत तीन महिनायता कै सबैभन्दा धेरै एलपी ग्यास आयात भए पनि उपभोक्ताले बजारमा अभावको सामना गर्नुपरेको छ। बढ्दो माग र आपूर्ति अस...

होर्मुज स्ट्रेट खोल्न इरानलाई ४८ घण्टे अल्टिमेटम दिएका ट्रम्पको बेलायतका प्रधानमन्त्रीलाई फोन

काठमाडौं । डोनाल्ड ट्रम्पले ऊर्जा ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। यसैबीच ...

के गर्दै छन् बालेन ?

काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्...

राष्ट्रपतिले किन ‘होल्ड’ गरे अर्यालको नाम ?

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सिफारिस गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलले एक सातादेखि ‘होल्ड’ मा राखेका छन् । प्रधानमन्त्...

७ अर्ब करछली मुद्दामा वर्ल्डलिंकलाई उन्मुक्ति दिने महान्यायाधिवक्ता भण्डारीको निर्णय

काठमाडौं । जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सात अर्बभन्दा बढी करछलीसम्बन्धी मुद्दा नचला...

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउट...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाखभन्दा बढीको कारोबार

काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएक...

सुदूरपश्चिममा वन व्यवस्थापनको नीतिगत अन्योल : करोडौँको काठ जङ्गलमै कुहिँदै

कैलाली । विसं २०७७ सालमा 'वैज्ञानिक वन व्यवस्थापन' कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक र साझेदारी वनहरू नीतिगत अन्योलको भुमरीमा...

सूर्यविनायक-धुलिखेल सडक विस्तारः तीन वर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: