मुस्ताङ। मुस्ताङको अर्ध–निषेधित क्षेत्रमा विदेशी पर्यटकले अब एकल पदयात्रा गर्न पाइने भएको छ । विगतमा दुई वा सो भन्दा बढी विदेशी पर्यटकले समुह बनाएर अर्ध–निषेधित क्षेत्र घुम्न जाने गरेकोमा पहिलो पटक नेपाल सरकार अध्यागमन विभागले पथ प्रदर्शक अनिवार्य हुनेगरी एकल पदयात्रीलाई पनि पदयात्राका लागि स्वीकृति दिएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, छुसाङ र लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकामा घुम्न आउने विदेशी पर्यटकले तोकिएको मापदण्डको अनिवार्य पालना गरी एकल यात्रा गर्न सक्ने बताए।
पौडेलले भने, ‘‘विदेशी एकल यात्रा गर्ने धेरै हुन्छन्, विगतमा समुहका नाममा नक्कली पदयात्रीको विकृति थियो, अब नयाँ नियमले पर्यटक र व्यवसायीलाई पनि सहज हुन्छ ।’’
तल्लो मुस्ताङमा पर्ने छुसाङ–लोमान्थाङ हुँदै चीनको स्वशाशित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाकासम्म पुग्ने विदेशी पर्यटकले विगतमा अध्यागमन विभागबाट अनुमति लिनुपर्ने व्यवस्थालाई सुधार गरी अनलाइन प्रणालीको लागु गरिएको छ । एक्याप लोमान्थाङ प्रमुख पौडेलका अनुसार नयाँ सुविधासहित प्रक्रियाले पर्यटकको आगमनलई सहज हुने बताए।
विगतमा मुस्ताङको अर्ध–निषेधित क्षेत्रमा जाँदा १० दिनका लागि प्रतिव्यक्ति ५ सय र थप प्रतिदिन प्रतिव्यक्ति ५० अमेरिकी डलर शुल्क तिर्नुपर्ने नियमलाई मुस्ताङका स्थानीय तहका प्रमुख तथा सङ्घीय र प्रदेश सांसदको प्रयासमा दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने भएको थियो ।
अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गर्नेगरी उक्त निर्णयले विदेशीले उपल्लो मुस्ताङमा जतिदिन बस्छन् त्यति दिनको मात्र पैसा तिरे पुग्ने र एकल पदयात्रामा जान मिल्ने सुविधालाई स्वागत गरिएको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनले बताए।
अध्यक्ष लालचनले भने, ‘राहत भएको छ, अझै सुधारको आवश्यकता छ, नयाँ सरकारलाई निजी क्षेत्रबाटै थप सुविधाका लागि अनुरोध गर्ने छौं ।’ अध्यक्ष लालचनले एकल पदयात्राको सुविधाले विदेशी पर्यटककोे सङ्ख्या बढ्ने बताउँदै अब १० दिनसम्म उपल्लो मुस्ताङमा घुम्ने पर्यटकलाई एकमुष्ट एक सय डलर लिन मिल्नेगरी प्रावधान गरेमा पर्यटकको सङ्ख्या बढ्ने तथा पर्यटन व्यवसायीलाई समेत राहत मिल्ने बताए।
उपल्लो मुस्ताको कोरला नाका हुँदै हिन्दु, बौद्ध, जैनलगायत विभिन्न समुदायका धर्मालम्बीहरूको पवित्र तिर्थस्थल कैलाश मानसरोबार पुग्ने मार्ग खुलाउन पहल थालेसँगै अर्ध–निषेधित क्षेत्रबाट हटाउन सकेमा झनै सहज हुन स्थानीय जनप्रतिनिधिको भनाइ छ ।
मुस्ताङमा वार्षिक १ लाखभन्दा बढी विदेशी पर्यटक प्रवेश गर्ने गरेकोमा उपल्लो मुस्ताङमा मुस्किलले ४ हजार विदेशी पर्यटक पुग्छन् । उपल्लो मुस्ताङको भ्रमणमा जाने विदेशी पर्यटक कोरला नाका क्षेत्रमा भन्दा पनि प्राचीन मानव बस्ती भएका गुफा, गुम्बा, लोमान्थाङ दरबार, प्राचिन शैलीका माटोको बस्ती, मौलिक रहनसहन, संस्कृति, जीवनशैलीमा समय बिताउने गरेका छन् ।
नेपाल सरकारले सन् १९९२ मा उपल्लो मुस्ताङमा पर्यटकलाई भ्रमणका लागि खुला गरेको थियो । मुस्ताङमा दुई मुख्य पर्यटकीय याम मानिने वसन्त र शरद् ऋतुमा पदयात्रा र सडक सञ्जाल हुँदै विदेशी पर्यटक पुग्ने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - १५:३२
बिर्तामोड। भारतबाट मलद्वारमा लुकाएर लागुऔषध नेपालतर्फ ल्याउदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतवार साँझ ६ बजे मेचीनगर–६ स्थ...
चैत्र ९ गते, २०८२ - १५:२०
काठमाडौं । नेपाली कांग्रेस ले केन्द्रीय कार्यसमितिको बैठक भोलि (मंगलबार) बस्नेगरी बोलाएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार बैठक द...
चैत्र ९ गते, २०८२ - १५:०६
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा न...
चैत्र ९ गते, २०८२ - १४:२८
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण ले टोखा नगरपालिका वडा नम्बर ७ अन्तर्गत दाहाल गौडा चोक र वसुन्धरा क्षेत्रमा लामो समयदेखि अतिक्रमणमा परेको स...
चैत्र ९ गते, २०८२ - १४:१८
पाकिस्तान। पाकिस्तानका विदेश मन्त्री इशाक दारले सोमबार अफगानिस्तानसँगको अस्थायी युद्धविरामको अन्तिम समयमा पाकिस्तान आतङ्कवादको खतरा उन्मूलन गर्न प्रति...
चैत्र ९ गते, २०८२ - १४:१४
मुस्ताङ। मुस्ताङको अर्ध–निषेधित क्षेत्रमा विदेशी पर्यटकले अब एकल पदयात्रा गर्न पाइने भएको छ । विगतमा दुई वा सो भन्दा बढी विदेशी पर्यटकले समुह बनाएर अर...
चैत्र ९ गते, २०८२ - १४:०२
सोल। दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत वर्षको सोही अवधिसँग तुलना गर्दा ५० प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि मुख्य रूपमा सेमिकन...
चैत्र ९ गते, २०८२ - १३:२८
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री अनिल कुमार सिन्हा ले मौसमविद्हरूलाई वर्तमान सरकारको सफलतामा महत्वपूर्ण योगदान दिने “पर्दा पछाडिका हिरो” क...
चैत्र ९ गते, २०८२ - १२:३१
राजविराज। सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गरिएको छ। अनुगमनका क्रममा अधुरा सडक...
चैत्र ९ गते, २०८२ - १२:१०
सप्तरी। बेपत्ता पारिएको बालिकाको अवस्था सार्वजनिक गर्न स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालिकाको खोजी गरेर तत्काल जानकारी सार्वजनिक गर्न माग गर्दै,...


प्रतिकृया लेख्नुहोस्: