Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

तनहुँमा ट्रकको ठक्करबाट घाइते ६ बालबालिकाको अवस्था सुधार

खबरडबली संवाददाता

तनहुँ । विद्यालय जान सडक छेउ बस कुरिरहेका बेला तनहुँको बन्दीपुर गाउँपालिका–५ आँधीखोलामा ट्रकको ठक्करबाट घाइते छ बालबालिकाको स्वास्थ्यमा सुधार आएको छ। 

पृथ्वीराजमार्गअन्तर्गत डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नम्बरको ट्रकको ठक्करबाट बुधबार घाइते भएका छ बालबालिकाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। 

उनका अनुसार ती बालबालिकाको स्वास्थ्यमा सुधार आएको छ। 

दुर्घटनामा बन्दीपुर गाउँपालिका–५ बस्ने छ वर्षीया आयुषा भुजेल, दस वर्षीया जस्मिन भुजेल, दस वर्षीय ईश्वर भुजेल, आठ वर्षीय समीर भुजेल र पाँच वर्षीय सन्तोष भुजेल घाइते भएका थिए।

उक्त दुर्घटनामा सोही ठाउँका १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेलको मृत्यु भएको थियो। 

मृत्यु भएकामध्ये एक बालक र घाइते छ बालक आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत छन्। बालबालिका सधैँ झैँ उक्त दिन पनि विद्यालय जान बिहान ९ः३० बजे सडक छेउमा उभिएका थिए। 

डुम्रेबाट आएको ट्रकले बालबालिकालाई ठक्कर दिएको थियो। उक्त ट्रकले बालबालिकासँगै सडक छेउमै रहेको एक घरमा पनि ठक्कर दियो। ठक्करबाट विद्यालय जान तयारी गरिरहेका विद्यार्थी र अन्य दुई जना घाइते भएका थिए। 

उक्त घटनाप्रति बन्दीपुर गाउँपालिकाले दुःख व्यक्त गरेको छ। दुर्घटनामा मृत्यु भएका तीन जनाप्रति समवेदना व्यक्त गर्दै गाउँपालिकाले घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ। 

गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले आज जारी गर्नुभएको शोक वक्तव्यमा भनिएको छ, ‘मृतात्माको चीरशान्तिको कामना गर्दै उक्त दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।’

घाइतेको उद्धार तथा उपचारमा संलग्न व्यक्ति, सुरक्षाकर्मी, चिकित्सक, स्थानीय जनप्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि र स्थानीय जनसमुदायमा गाउँपालिकाले आभार व्यक्त गरेको छ। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पाल्पामा ७५ बर्षिय बृद्ध पक्राउ

पाल्पा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-४ बक्चौर बस्ने ७५ वर्षीय पदम बहादुर खनाललाई मंगलबार राति प्रहरीले पक्राउ ग...

श्रमिकको सीपमा लगानी गर्नुपर्छ : श्रममन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिने योजना रहेको जान...

बागलुङको सय वर्ष पुरानो तामाखानी अध्ययन अनुमतिपछि स्थानीय उत्साहित

बागलुङ । खानी तथा भूगर्भ विभागले बागलुङको तमानखोला गाउँपालिकामा रहेको तामाखानीको अवस्था अध्ययनका अनुमति दिएपछि उत्साहित भएका छन् ।  एक सय वर्षदेखि ...

सलमानको घर बाहिर गोली हान्ने एक आरोपीले हिरासतमा गरे आत्महत्या !

काठमाडौँ । बलिवुड अभिनेता सलमान खानको मुम्बईस्थित घर बाहिर गोली प्रहार गर्ने एक अभियुक्तले हिरासतमा आत्महत्या गरेका छन् । समाचार एजेन्सी एएनआईका अन...

काठमाडौं नजिकै भेटियो डाँफे जोडी

काठमाडौँ । काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो । हामील...

गर्मी बढे सँगै मधेशको विद्यालयको पठनपाठन प्रभावित

रौतहट । चालिस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन प्रभावित हुन थालेको छ । सबैभन्दा बढी बालबालिकालाई प्रभाव पर्न थालेको देखिएको छ । अत्यध...

नेपाल वेस्ट इन्डिज ए सँग पराजित

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ । वेस्ट इन्डिज ए ले नेपाललाई ७६ रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको २२८ रनको लक्ष्य पछ...

पशुपतिको विद्युत शवदाह साउन १ गतेदेखि निःशुल्क हुने

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। मिलनकुमार थापाले का...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित ‘श्रमदान’ योजना घोषणा गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर...

ब्याटिङमा नेपालको संघर्ष, पाँचौं विकेट गुमायो

काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ । नेपालका कुशल मल्ल २० रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर हिडेन वाल्शले आउट गरेका हुन् । ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies