Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक भूटानी

खबरडबली संवाददाता

झापा । पूर्वीनाका काँकडभिट्टाबाट प्रवेशाज्ञा (भिसा) लिएर नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक छिमेकी मुलुक भूटानका नागरिक रहेका छन् । भूटानबाहेक अरु मुलुकका प्रवेशाज्ञाबाहक पर्यटक ज्यादै न्यून छन् ।

सन् २०२० को जनवरीदेखि सन् २०२३ को अप्रिल महिनासम्मको साढे तीन वर्षमा काँकडभिट्टा नाकाबाट प्रवेशाज्ञा लिएर कूल एक हजार नौ सय १४ जना तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख रेवन्त भट्टराईले बताए ।

तीमध्ये एक हजार सात सय १८ जना भूटानी नागरिक नै रहेका छन् । सोही अवधिमा काँकडभिट्टा नाकाबाट प्रवेशाज्ञासहित नेपाल प्रवेश गर्ने भूटानबाहेक तेस्रो मुलुकका पर्यटक एक सय ९६ जना मात्र रहेका छन् ।

काँकडभिट्टा नाका पर्यटकका लागि पूर्वी नेपालको प्रमुख प्रवेशद्वार हो । भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्न प्रवेशाज्ञा लिनु पर्दैन । उनीहरू आधारकार्ड लगायतका परिचय खुल्ने सामान्य कागजातकै आधारमा नेपाल प्रवेश गर्न पाउँछन् । 

अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख भट्टराईका अनुसार नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका पर्यटकमा भूटानपछि बङ्गलादेशले अग्रस्थान ओगटेको छ । सङ्ख्या भने ज्यादै थोरै रहेको छ । सन् २०२० को जनवरीदेखि सन् २०२३ को अप्रिल महिनासम्मको साढे तीन वर्षमा कूल २७ जना बङ्गलादेशका पर्यटकले काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका छन् । 

अध्यागमन कार्यालय काँकडभिट्टाले अफगानिस्तान, घाना, जिम्बाबे, स्वाजील्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन र सिरिया गरी १२ मुलुकबाहेक अरु मुलुकका पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराउँदै आएको छ ।

बढी सङ्ख्यामा तेस्रो मुलुकका पर्यटकहरू नेपाल आउन सहज होस् भनेर नेपालले १२ वटा अफ्रिकी र एसियाली मुलुक बाहेकका अरु विदेशी नागरिकलाई नाकामै अध्यागमन कार्यालयमार्फत प्रवेशाज्ञा प्रदान गर्ने खुकुलो नीति लिएको छ । 

विगतमा यो खुकुलो नीतिको फाइदा छिमेकी बङ्गलादेशका नागरिकले बढी सङ्ख्यामा लिने गरेका थिए । हरेक वर्ष हजारौँको सङ्ख्यामा बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट प्रवेशाज्ञा लिएर नेपाल प्रवेश गर्दथे । तर, केही वर्षदेखि बङ्गलादेशीहरूको आगमन स्वात्तै घटेको छ ।

कोभिड १९ को भीषण महामारी पश्चात शून्यमा झरेको पर्यटक आगमन त्यसपछिको तीन वर्षमा लगातार सुधार भइरहेको देखिन्छ । तीन वर्षको तथ्याङ्क विश्लेषण गर्ने हो भने पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने बाह्य पर्यटकको सङ्ख्यामा बढोत्तरी हुँदै आएको छ ।

सन् २०२० मा ९६ जना मात्र तेस्रो मुलुकका पर्यटक काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका थिए । सन् २०२१ मा यो सङ्ख्या झन् घटेर ४० जनामा झर्यो । तर, सन् २०२२ मा यो सङ्ख्या बढेर छ सय २५ र सन् २०२३ को हालसम्ममा एक हजार दुई सय ४१ पुगेको छ ।

नेपाल आउने सबैभन्दा ठूलो सङ्ख्या ओगटेको भूटानका पर्यटकहरू पनि बर्सेनि बढ्दै गएका छन् । सन् २०२० मा एक जना मात्र भूटानी पर्यटक काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका थिए । तर, सन् २०२१ मा या सङ्ख्या बढेर १५ पुग्यो भने सन् २०२२ मा पाँच सय १९ र सन् २०२३ को हालसम्ममा यो सङ्ख्या अझ बढेर एक हजार एक सय १८ जना पुगिसकेको छ ।

भूटानी नागरिकहरू आफन्त भेटघाट र तीर्थयात्राका लागि नेपाल आउने गरेको पाइएको छ । काँकडभिट्टाबाट भारतको पश्चिम बङ्गाल हुँदै भूटानको सीमा फुन्चोलिङसम्म मोटर बाटोको दूरी मात्र एक सय ७२ किलोमिटर रहेको छ ।

भूटानमा रहेका नेपाली भाषीहरूको आफन्त नेपालका विभिन्न जिल्लामा रहेका छन् । पारिवारिक भेटघाटका लागि समेत नेपालीभाषी भूटानी नागरिकहरू नेपाल आउने गरेको पाइन्छ । तर, भूटानी पर्यटकको अधिकांश सङ्ख्या भने धार्मिक तीर्थाटनका लागि रहेको पाइएको छ । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दर्शनका लागि भूटानीहरू आउने गर्छन् । त्यसबाहेक पर्यटकीय स्थल पोखरामा घुमफिरका लागि समेत उनीहरू नेपाल आउने गरेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending