काठमाडौं । केही बर्ष अगाडिसम्म नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको हालिमुहाली फिल्मको पर्दामा मात्र होइन, अवार्ड शोजमा पनि हुन्थ्यो । साम्राज्ञी आफ्नो अभिनयदेखि लोकप्रियताका कारण अवार्डमा हाबी हुन्थिन् । कि उत्कृष्ट नायिका, कि पपुलर नायिका ।
साम्राज्ञीको हात अवार्डबाट हाली हुदैनथ्यो । बक्स अफिसको त के कुरा गर्नु । ‘ड्रिम्स, ए मेरो हजुर २, इन्टु मिन्टु लण्डनमा’ जस्ता फिल्ममा काम गर्दा साम्राज्ञीको क्रेज गज्जब थियो ।
तर, साम्राज्ञी पछिल्ला बर्षमा भने बक्स अफिसबाट मात्र होइन, अवार्डबाट पनि हराउन थालेकी छिन् । काठमाडौंमा एक साताको अन्तरमा आयोजना भएको एक अवार्ड र एक अवार्डको नोमिनेशनमा साम्राज्ञीको नाम कतै देखिएन । उनको गतबर्ष २ वटा फिल्म रिलिज भएका थिए ।
‘तिम्रो मेरो साथ र ह्यारी कि प्यारी’ले बक्स अफिसमा कमाल गर्न सकेनन् । साम्राज्ञीलाई ‘ह्यारी कि प्यारी’बाट बढी आशा थियो । तर, यो फिल्म पनि बक्स अफिसमा चिप्लियो ।फिल्म बक्स अफिसमा मात्र चिप्लिएन, यो फिल्मले साम्राज्ञीलाई अवार्डको नोमिनेशनमा समेत उपस्थित गराउन सकेन ।
साम्राज्ञीको हातमा अब ‘नाङ्गो गाउँ’ नामक एउटा फिल्म मात्र छ । यो फिल्ममा पनि उनी मुख्य भूमिकामा होइनन् । यसरीहेर्दा, साम्राज्ञी अवार्ड र बक्स अफिस दुबैबाट हराइरहेकी छिन् । उनले, यी दुबै स्थानमा कमब्याक गर्न खुबै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ०९:३६
खोटाङ । भौतिक पूर्वाधार कार्यालयले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत भएको रु ६६ करोड ...
पौष ९ गते, २०८२ - ०८:५४
प्रधानमन्त्रीको उम्मेदवारबारे असिम शाह भन्छन्- कानुनी रूपमा मिलुन्जेलसम्म रवि दाइ, नभए बालेन
पौष ९ गते, २०८२ - ०८:३६
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका ल...
पौष ९ गते, २०८२ - ०८:१८
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा ...
पौष ९ गते, २०८२ - ०८:१४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पुस अन्तिम साताका लागि तोकिएको महाधिवेशन कार्यतालिकामा हेरफेर गर्न कांग्रेसल...
पौष ९ गते, २०८२ - ०८:०३
तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । ...
पौष ९ गते, २०८२ - ०७:४९
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आया...
पौष ९ गते, २०८२ - ०७:३५
ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै...
पौष ९ गते, २०८२ - ०७:३१
काठमाडौँ । राहदानी विभागले अब दुई कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै ...
पौष ९ गते, २०८२ - ०७:२४
काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम र...




प्रतिकृया लेख्नुहोस्: