Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

चर्चामा साम्राज्ञी तर बक्स अफिस र अवार्डबाट हराइन्

खबरडबली संवाददाता

काठमाडौं । केही बर्ष अगाडिसम्म नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको हालिमुहाली फिल्मको पर्दामा मात्र होइन, अवार्ड शोजमा पनि हुन्थ्यो । साम्राज्ञी आफ्नो अभिनयदेखि लोकप्रियताका कारण अवार्डमा हाबी हुन्थिन् । कि उत्कृष्ट नायिका, कि पपुलर नायिका ।

साम्राज्ञीको हात अवार्डबाट हाली हुदैनथ्यो । बक्स अफिसको त के कुरा गर्नु । ‘ड्रिम्स, ए मेरो हजुर २, इन्टु मिन्टु लण्डनमा’ जस्ता फिल्ममा काम गर्दा साम्राज्ञीको क्रेज गज्जब थियो । 

तर, साम्राज्ञी पछिल्ला बर्षमा भने बक्स अफिसबाट मात्र होइन, अवार्डबाट पनि हराउन थालेकी छिन् । काठमाडौंमा एक साताको अन्तरमा आयोजना भएको एक अवार्ड र एक अवार्डको नोमिनेशनमा साम्राज्ञीको नाम कतै देखिएन । उनको गतबर्ष २ वटा फिल्म रिलिज भएका थिए ।

‘तिम्रो मेरो साथ र ह्यारी कि प्यारी’ले बक्स अफिसमा कमाल गर्न सकेनन् । साम्राज्ञीलाई ‘ह्यारी कि प्यारी’बाट बढी आशा थियो । तर, यो फिल्म पनि बक्स अफिसमा चिप्लियो ।फिल्म बक्स अफिसमा मात्र चिप्लिएन, यो फिल्मले साम्राज्ञीलाई अवार्डको नोमिनेशनमा समेत उपस्थित गराउन सकेन । 

साम्राज्ञीको हातमा अब ‘नाङ्गो गाउँ’ नामक एउटा फिल्म मात्र छ । यो फिल्ममा पनि उनी मुख्य भूमिकामा होइनन् । यसरीहेर्दा, साम्राज्ञी अवार्ड र बक्स अफिस दुबैबाट हराइरहेकी छिन् । उनले, यी दुबै स्थानमा कमब्याक गर्न खुबै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: