Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

बिचौलियाहरूको बयान- रेस्टुरेन्टमा भेटेर, गृह मन्त्रालय, मन्त्री क्वार्टरदेखि प्रधानमन्त्रीनिवाससम्म पुगेर रकम बुझायौँ

खबरडबली संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दलका नेता, गृह मन्त्रालय हुँदै प्रधानमन्त्रीनिवाससम्म पोलिएका छन् । हिरासतमा रहेका बिचौलियाले सहरका रेस्टुरेन्ट, गृह मन्त्रालय, पुल्चोकस्थित मन्त्रीनिवास मात्र होइन, बालुवाटारस्थित प्रधानमन्त्रीनिवाससम्मै पुगेर ‘काम फत्ते गराउन’ राजनीतिक र प्रशासनिक नेतृत्वलाई रकम बुझाएको बयान दिएका छन् । 

प्रहरी परिसर काठमाडौंले पक्राउ परेका १६ सहित ३३ जनाविरुद्ध २७ करोड ८४ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी कम्तीमा तीन मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सोमबार सरकारी वकिल कार्यालयलाई बुझाइसकेको छ । सरकारी वकिलले बुधबार मुद्दा दायर गर्दै छन् ।

बिचौलिया केशव दुलाल र सानु भण्डारीले तत्कालीन प्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला र छोरा प्रतीक, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका स्वकीय सचिव लीला जिसी, पूर्वगृहमन्त्री बादलका तत्कालीन सल्लाहकार इन्द्रजित राई र उनका छोरा नीरज, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डेलाई रकम बुझाएको बयान दिएको प्रतिवेदनमा उल्लेख छ । 

दुलालले तत्कालीन प्रधानमन्त्री ओलीका स्वकीय सचिव बज्राचार्यलाई ०७६ असोजमा बालुवाटारमै गएर एक करोड नगद बुझाएको दाबी गरेका छन् । पूर्वउपप्रधानमन्त्री रायमाझीका स्वकीय सचिव लीला जिसीमार्फत आफूलाई बालुवाटार बोलाइएको उनको भनाइ छ । ‘तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीको प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत मलाई बोलाई ०७६ को असोजमा एक करोड रुपैयाँ नगदै बुझिलिएको,’ दुलालको बयान छ । 

त्यस्तै, मन्त्रिपरिषद्को सामाजिक विकास समितिबाट भुटानी शरणार्थीसम्बन्धी निर्णय हुनुभन्दा अघिल्लो दिन रायमाझीका स्वकीय सचिव जिसीले पुल्चोकस्थित मन्त्री क्वार्टरमा एक करोड बुझेको दुलालको दाबी छ । ‘तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले प्रधानन्त्रीकोमा पैसा पुगिसक्यो, सामाजिक विकास समितिबाट भुटानी शरणार्थीको विषय निर्णय गर्नुपर्ने रहेछ ऊर्जामन्त्रीज्यू र मलाई पनि रकम चाहियो भनी ऊर्जामन्त्रीको क्वार्टर पुल्चोकमा बोलाई सामाजिक विकास समितिबाट निर्णय भएको अघिल्लो दिन बेलुका एक करोड नगदै बुझिलिएका हुन्,’ उनले बयानमा भनेका छन् । 

ओलीका पूर्वसल्लाहकार डा. अजयक्रान्ति शाक्य (तत्कालीन इजरायलका नेपाली राजदूत अञ्जान शाक्यका श्रीमान्) र तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितले पनि मन्त्रिपरिषद्को सामाजिक समितिबाट शरणार्थीसम्बन्धी निर्णय गर्न माथि रकमको अपुग भयो भन्दै बादलको पुल्चोकस्थित निवासमा एक–एक करोड बुझेको दुलालको बयान छ । 

तत्कालीन गृहमन्त्री बादल, उनकी पत्नी नैनकला र छोरा प्रतीकले छुट्टाछुट्टै गरेर पाँच करोड बुझेको दाबी बिचौलियाको छ । बादलले राष्ट्रिय सभाको निर्वाचनअगाडि मन्त्रीनिवासमै र उनका छोरा प्रतीकले रेस्टुरेन्टमा रकम बुझेको दुलालको बयान छ । ‘तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले तपाईं र तपाईंको आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी निजका छोरा प्रतीक थापामार्फत मन्त्री क्वार्टर पुल्चोकमा बोलाई निज रामबहादुर थापा बादल राष्ट्रिय सभाको चुनाव हुनुभन्दा अगाडि तीन करोड नगदै बुझिलिएको, प्रतीक थापाले नक्सालस्थित नीलगिरि थकाली भान्साघरको आँगनको उत्तरतर्फ रहेको होटेलको माथिल्लो तलामा बोलाई २०७६ असारमा एक करोड बुझिलिएको,’ उनले बयानमा भनेका छन् । 

त्यस्तै, अर्का बिचौलिया सानु भण्डारीले मन्त्रीनिवासमै गएर नैनकलालाई एक करोड बुझाएको दाबी गरेका छन् । ‘मैले ०७६ साउन २५ गते मन्त्री क्वार्टर पुल्चोकमा गई नैनकला थापालाई नगदै एक करोड बुझाएको हुँ । त्यसवेला इन्द्रजित राईको सुरक्षामा खटिएका प्रहरी पनि साथै थिए,’ उनको बयानमा छ । 

त्यस्तै, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले मन्त्रालयमै सवा करोड बुझेको दुलालको बयान छ । ‘टेकनारायण पाण्डेले म र मेरा आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भनी विश्वास दिलाएपछि मैले निजलाई एक करोड २४ लाख ५० हजार दिएको हुँ । रकम दिँदा के–कहाँ ल्याइदिनुपर्‍यो भनी निजलाई सोध्दा निजले गृह मन्त्रालयमा नै ल्याइदिनु भनेको हुँदा मैले पटक–पटक गरी निज कार्यरत रहेको कार्यालयमा रहेको गोप्य कोठामा लगी उक्त रकम नगदै बुझाएको हुँ,’ उनले बयानमा भनेका छन् । 

पूर्वगृहसचिव प्रेमकुमार राईले पनि डा. इन्द्रजित राईमार्फत गृह मन्त्रालयको सचिवको कार्यकक्षमै बोलाएर ०७६ असारमा तीन करोड नगद बुझेको दुलालको बयान छ । बिचौलिया भण्डारीले पनि राईलाई रकम बुझाएको बयान दिएका छन् । ‘मलाई इन्द्रजित राईले यो गाडी सचिवज्यूको हो, रकम गाडीमा राखिदिनु भनी भनेको हुँदा मैले साथमा लिई गएको नगद रकम एक करोड गाडीमा राख्न लगाई सचिव प्रेमकुमार राईको कार्यकक्षमा बेलाएको हुँदा म निजको कार्यकक्षमा गएको हुँ,’ बयानमा उनले भनेका छन् । 

भण्डारीले बादलका तत्कालीन सल्लाहकार इन्द्रजित राईलाई होटेलमा एक करोड ५० लाख बुझाएको बयान दिएका छन् । ‘मैले ०७६/३/२ गतेतिर नीरज राई र इन्द्रजित राईलाई सँगै होटेलमा भेटी नगद एक करोड ५० लाख दिएको हुँ । सो रकम मैले राईलाई दिने वेलामा उनको चालक खटिएका हाल यकिन नाम थाहा नभएको प्रहरी पनि सँगै थिए । उनलाई पनि पैसा दिएको कुरा थाहा छ । ०७६ को साउन महिनाको १४–१५ गते मैले उक्त रकम इन्द्रजित राईलाई बुझाएको हुँ । त्यतिवेला राईले हाल बसोवास गरिरहेको गोदावरीमा घर किन्न लागेका थिए,’ उनले बयानमा भनेका छन् । भण्डारीले पनि पूर्वउपप्रधानमन्त्री रायमाझीलाई पाँच लाख ४५ हजार बुझाएको बयान दिएका छन् ।

यस विषयमा प्रतिक्रिया लिन तत्कालीन प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसँग पटक–पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । मोबाइलमा म्यासेज पठाउँदा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

बिचौलियाले नाम लिएका उच्चपदस्थ आठजनाविरुद्ध स्वतन्त्र प्रमाण फेला नपरेकाले तत्काल उनीहरूमाथि अनुसन्धान गर्न नसकिएको प्रहरीले जनाएको छ । ‘नगदमै आर्थिक लेनदेन भएको भनिएको छ, जसको प्रमाण हुने कुरा भएन,’ अनुसन्धानमा आबद्ध एक प्रहरी भन्छन्, ‘पैसा दियौँ भनेर बोलेकै आधारमा कसैलाई मुद्दा चलाउन त भएन नि ! अन्य प्रमाणले त्यसलाई पुष्टि नगरेकाले यो विषय अहिलेलाई थाती राख्यौँ ।’ पछि तथ्य र प्रमाण खुल्न आएको अवस्थामा दोस्रो चरणमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । सोहीअनुसार उनीहरूको नाम अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्की बयानमा नाम लिइएकालगायत व्यक्तिउपर थप प्रमाण भेटिएमा अनुसन्धान अघि बढ्ने बताउँछन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending