Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

बिचौलियाहरूको बयान- रेस्टुरेन्टमा भेटेर, गृह मन्त्रालय, मन्त्री क्वार्टरदेखि प्रधानमन्त्रीनिवाससम्म पुगेर रकम बुझायौँ

खबरडबली संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दलका नेता, गृह मन्त्रालय हुँदै प्रधानमन्त्रीनिवाससम्म पोलिएका छन् । हिरासतमा रहेका बिचौलियाले सहरका रेस्टुरेन्ट, गृह मन्त्रालय, पुल्चोकस्थित मन्त्रीनिवास मात्र होइन, बालुवाटारस्थित प्रधानमन्त्रीनिवाससम्मै पुगेर ‘काम फत्ते गराउन’ राजनीतिक र प्रशासनिक नेतृत्वलाई रकम बुझाएको बयान दिएका छन् । 

प्रहरी परिसर काठमाडौंले पक्राउ परेका १६ सहित ३३ जनाविरुद्ध २७ करोड ८४ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी कम्तीमा तीन मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सोमबार सरकारी वकिल कार्यालयलाई बुझाइसकेको छ । सरकारी वकिलले बुधबार मुद्दा दायर गर्दै छन् ।

बिचौलिया केशव दुलाल र सानु भण्डारीले तत्कालीन प्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला र छोरा प्रतीक, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका स्वकीय सचिव लीला जिसी, पूर्वगृहमन्त्री बादलका तत्कालीन सल्लाहकार इन्द्रजित राई र उनका छोरा नीरज, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डेलाई रकम बुझाएको बयान दिएको प्रतिवेदनमा उल्लेख छ । 

दुलालले तत्कालीन प्रधानमन्त्री ओलीका स्वकीय सचिव बज्राचार्यलाई ०७६ असोजमा बालुवाटारमै गएर एक करोड नगद बुझाएको दाबी गरेका छन् । पूर्वउपप्रधानमन्त्री रायमाझीका स्वकीय सचिव लीला जिसीमार्फत आफूलाई बालुवाटार बोलाइएको उनको भनाइ छ । ‘तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीको प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत मलाई बोलाई ०७६ को असोजमा एक करोड रुपैयाँ नगदै बुझिलिएको,’ दुलालको बयान छ । 

त्यस्तै, मन्त्रिपरिषद्को सामाजिक विकास समितिबाट भुटानी शरणार्थीसम्बन्धी निर्णय हुनुभन्दा अघिल्लो दिन रायमाझीका स्वकीय सचिव जिसीले पुल्चोकस्थित मन्त्री क्वार्टरमा एक करोड बुझेको दुलालको दाबी छ । ‘तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले प्रधानन्त्रीकोमा पैसा पुगिसक्यो, सामाजिक विकास समितिबाट भुटानी शरणार्थीको विषय निर्णय गर्नुपर्ने रहेछ ऊर्जामन्त्रीज्यू र मलाई पनि रकम चाहियो भनी ऊर्जामन्त्रीको क्वार्टर पुल्चोकमा बोलाई सामाजिक विकास समितिबाट निर्णय भएको अघिल्लो दिन बेलुका एक करोड नगदै बुझिलिएका हुन्,’ उनले बयानमा भनेका छन् । 

ओलीका पूर्वसल्लाहकार डा. अजयक्रान्ति शाक्य (तत्कालीन इजरायलका नेपाली राजदूत अञ्जान शाक्यका श्रीमान्) र तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितले पनि मन्त्रिपरिषद्को सामाजिक समितिबाट शरणार्थीसम्बन्धी निर्णय गर्न माथि रकमको अपुग भयो भन्दै बादलको पुल्चोकस्थित निवासमा एक–एक करोड बुझेको दुलालको बयान छ । 

तत्कालीन गृहमन्त्री बादल, उनकी पत्नी नैनकला र छोरा प्रतीकले छुट्टाछुट्टै गरेर पाँच करोड बुझेको दाबी बिचौलियाको छ । बादलले राष्ट्रिय सभाको निर्वाचनअगाडि मन्त्रीनिवासमै र उनका छोरा प्रतीकले रेस्टुरेन्टमा रकम बुझेको दुलालको बयान छ । ‘तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले तपाईं र तपाईंको आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी निजका छोरा प्रतीक थापामार्फत मन्त्री क्वार्टर पुल्चोकमा बोलाई निज रामबहादुर थापा बादल राष्ट्रिय सभाको चुनाव हुनुभन्दा अगाडि तीन करोड नगदै बुझिलिएको, प्रतीक थापाले नक्सालस्थित नीलगिरि थकाली भान्साघरको आँगनको उत्तरतर्फ रहेको होटेलको माथिल्लो तलामा बोलाई २०७६ असारमा एक करोड बुझिलिएको,’ उनले बयानमा भनेका छन् । 

त्यस्तै, अर्का बिचौलिया सानु भण्डारीले मन्त्रीनिवासमै गएर नैनकलालाई एक करोड बुझाएको दाबी गरेका छन् । ‘मैले ०७६ साउन २५ गते मन्त्री क्वार्टर पुल्चोकमा गई नैनकला थापालाई नगदै एक करोड बुझाएको हुँ । त्यसवेला इन्द्रजित राईको सुरक्षामा खटिएका प्रहरी पनि साथै थिए,’ उनको बयानमा छ । 

त्यस्तै, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले मन्त्रालयमै सवा करोड बुझेको दुलालको बयान छ । ‘टेकनारायण पाण्डेले म र मेरा आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भनी विश्वास दिलाएपछि मैले निजलाई एक करोड २४ लाख ५० हजार दिएको हुँ । रकम दिँदा के–कहाँ ल्याइदिनुपर्‍यो भनी निजलाई सोध्दा निजले गृह मन्त्रालयमा नै ल्याइदिनु भनेको हुँदा मैले पटक–पटक गरी निज कार्यरत रहेको कार्यालयमा रहेको गोप्य कोठामा लगी उक्त रकम नगदै बुझाएको हुँ,’ उनले बयानमा भनेका छन् । 

पूर्वगृहसचिव प्रेमकुमार राईले पनि डा. इन्द्रजित राईमार्फत गृह मन्त्रालयको सचिवको कार्यकक्षमै बोलाएर ०७६ असारमा तीन करोड नगद बुझेको दुलालको बयान छ । बिचौलिया भण्डारीले पनि राईलाई रकम बुझाएको बयान दिएका छन् । ‘मलाई इन्द्रजित राईले यो गाडी सचिवज्यूको हो, रकम गाडीमा राखिदिनु भनी भनेको हुँदा मैले साथमा लिई गएको नगद रकम एक करोड गाडीमा राख्न लगाई सचिव प्रेमकुमार राईको कार्यकक्षमा बेलाएको हुँदा म निजको कार्यकक्षमा गएको हुँ,’ बयानमा उनले भनेका छन् । 

भण्डारीले बादलका तत्कालीन सल्लाहकार इन्द्रजित राईलाई होटेलमा एक करोड ५० लाख बुझाएको बयान दिएका छन् । ‘मैले ०७६/३/२ गतेतिर नीरज राई र इन्द्रजित राईलाई सँगै होटेलमा भेटी नगद एक करोड ५० लाख दिएको हुँ । सो रकम मैले राईलाई दिने वेलामा उनको चालक खटिएका हाल यकिन नाम थाहा नभएको प्रहरी पनि सँगै थिए । उनलाई पनि पैसा दिएको कुरा थाहा छ । ०७६ को साउन महिनाको १४–१५ गते मैले उक्त रकम इन्द्रजित राईलाई बुझाएको हुँ । त्यतिवेला राईले हाल बसोवास गरिरहेको गोदावरीमा घर किन्न लागेका थिए,’ उनले बयानमा भनेका छन् । भण्डारीले पनि पूर्वउपप्रधानमन्त्री रायमाझीलाई पाँच लाख ४५ हजार बुझाएको बयान दिएका छन् ।

यस विषयमा प्रतिक्रिया लिन तत्कालीन प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसँग पटक–पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । मोबाइलमा म्यासेज पठाउँदा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

बिचौलियाले नाम लिएका उच्चपदस्थ आठजनाविरुद्ध स्वतन्त्र प्रमाण फेला नपरेकाले तत्काल उनीहरूमाथि अनुसन्धान गर्न नसकिएको प्रहरीले जनाएको छ । ‘नगदमै आर्थिक लेनदेन भएको भनिएको छ, जसको प्रमाण हुने कुरा भएन,’ अनुसन्धानमा आबद्ध एक प्रहरी भन्छन्, ‘पैसा दियौँ भनेर बोलेकै आधारमा कसैलाई मुद्दा चलाउन त भएन नि ! अन्य प्रमाणले त्यसलाई पुष्टि नगरेकाले यो विषय अहिलेलाई थाती राख्यौँ ।’ पछि तथ्य र प्रमाण खुल्न आएको अवस्थामा दोस्रो चरणमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । सोहीअनुसार उनीहरूको नाम अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्की बयानमा नाम लिइएकालगायत व्यक्तिउपर थप प्रमाण भेटिएमा अनुसन्धान अघि बढ्ने बताउँछन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: