Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

राणाकालीन दरबार संरचना नारायण भवनको अस्तित्व मेटिँदै

खबरडबली संवाददाता

काठमाडौं । ललितपुरको जावलाखेलमा जुद्ध  शमशेरले उनका कान्छा छोरा नारायण शमशेरका लागि निर्माण गरिएको राणाकालीन दरबार संरचना नारायण भवन जीर्ण बन्दै गएको छ।  विसं २०७२ को भूकम्पपछि जीर्ण बन्दै गएको उक्त भवनमा अहिले बोटबिरुवा उम्रेका छन्। अबको दिनमा नारायण भवनको भविष्य के हुने हो कसैलाई थाह छैन। 

भूकम्पका कारण राणाकालीन दरबार संरचना नारायण भवनको पूर्वतिरको भाग पूरै भत्केको छ। छाना भत्किन लागेको छ। पीपल, उत्तिसलगायतका बिरुवा उम्रेर र भवनको अस्तित्व हराउँदै गइरहेको छ। ऐतिहासिक दरबार संरचनाको पुनःनिर्माणको लागि कुनै पनि जिम्मेवारी निकायबाट पहल भएको छैन। 

पुनःनिर्माणका लागि पुरातात्विक विभाग र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई पत्राचार गरेको तर ऐतिहासिक दरबार संरचना नारायण भवन निर्माणका लागि पहल नगरेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका व्यवस्थापन अधिकृत उदय खनालले दुखेसो पोखे। 

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका एक कर्मचारीका अनुसार, नारायण भवनमा विसं २०५१ देखि महिला विकास प्रशिक्षण केन्द्रको कार्यालय त्यहाँ रहेको थियो। महिला विकास प्रशिक्षन केन्द्रकोे कार्यालय त्यहाँबाट अर्को ठाउँमा सरेपछि राष्ट्रिय पञ्जीकरण विभागको कार्यालयल त्यहाँ थियो। विसं २०७२ को भूकम्पले ऐतिहासिक दरबार संरचनामा क्षति पुर्‍याएपछि राष्ट्रिय राष्ट्रिय पञ्जीकरण विभाग त्यहाँबाट अर्को ठाउँमा सर्न बाध्य भएको थियो।  

राणाकालीन दरबार संरचना नारायण भवनअन्तर्गतको १६ रोपनी १४ आनामा फैलिएको जग्गा हाल स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको स्वामित्वमा छ। नारायण भवन, स्टिल टावर र त्यहाँ छेवमै रहेको नर्सरीलाई स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले भाडामा दिएको छ। 

 विसं २०७६ चैत ५ गतेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयअनुसार स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको स्वामित्वमा रहेको महिला विकास प्रशिक्षण केन्द्रको भवन, चमेना गृह र प्रशिक्षण हल तालिम परियोजनका लागि मात्र प्रदेश सुशासन केन्द्रलाई हस्तान्तरण गरेको सूचना अधिकारी कृष्णप्रसाद भट्टराईले जानकारी दिए।

दिनप्रतिदिन जीर्ण हुँदै गएको राणाकालीन दरबार संरचना भत्किँदै गएको छ। घाँसले छोपिँदै गएको छ। संरक्षण नभएको कारण त्यहाँका काठ र अन्य सामान विस्तारै चोरी हुँदै गएका छन्। अस्तित्व हराउँदै गएको छ। सरकारले ऐतिहासिका संरचनाको पुनःनिर्माणका लागि पहल अझै गर्न सकिरहेको अवस्था छैन। हाल स्थानीय विकास प्रशिक्षण प्रतिष्ठा नारायण भवन पुनःनिर्माणको प्रतिक्षामा छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: