Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

सिमाकंनलाई लिएर भएको कहाँको आन्दोलनमा कुन दलको समर्थन ?

\"dal_swartha\"काठमाडौं । ६ प्रदेशको सीमाकंनमा असन्तुष्टी जनाउँदै देशका विभिन्न स्थानमा अहिले बन्द, विरोध, जुलुस, धर्ना जस्ता गतिविधि भइरहेका छन् । सुर्खेतमा भएको आन्दोलनमा तिनजनाको ज्यान गइसकेको छ भने ठाउँठाउँमा गोलीसमेत चलेको छ । दलबीच केन्द्रमा सहमति भएपनि प्रादेशिक संरचनामा सीमाको विषयलाई लिएर विभिन्न जिल्लामा प्रदर्शन र विरोध हुने क्रम नरोकिएपछि दलहरुले संविधान निर्माणको विषयमा अझै प्रष्ट सहमति गर्न सकेका छैनन् । कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरु बिहानदेखि रातीसम्म बानेश्वर र सिंहदरबारमा हुने छलफलमा केन्द्रित भए पनि संघीयताको सीमा, धर्म, थ्रेसहोल्ड जस्ता विषयमा अझै सहमतिमा पुग्न सकेका छैनन् । देशका विभिन्न स्थानमा भएका आन्दोलनमा शीर्ष नेताकै स्वार्थ र चासो जोडिंदा एक हप्तादेखिका यस्ता बैठक निरर्थक बन्दै आएका छन् । बिहानैबाट सुरु हुने बैठकबाट खाना खान निस्कँदै गर्दा ‘कुरा मिल्न लाग्यो’ भन्ने प्रतिक्रिया मिडियालाई दिए पनि बेलुका बैठक सकी निक्कँदा तिनै नेताहरुबीच कुरा मिल्दैन । यो क्रम हत्तादिनसम्म चल्दै गर्दा सुरुमा शान्त देखिएको नवलपरासीमा आन्दोलन बढ्दो छ । सुर्खेत, बाँके बर्दीया, कर्णालीका जुम्ला÷हुम्ला र पूर्वमा मोरङसम्म एक हप्तादेखि आन्दोलित छ । यस्तो हुनुका पछि प्रमुख दल अनि नेताकै चासो र स्वार्थले काम गरेको छ । नेताहरु माथि र बाहिर सहमति तथा संघियताको कुरा गर्छन भने तल र जिल्ला वा क्षेत्रमा गएर अखण्ड या अरु त्यस्तै आन्दोलनलाई समर्थन र सहयोग गरिरहेका भेटिन्छन् । कहाँ कुन नेताको चासो र स्वार्थ ? अखण्ड सुदुरपश्चिम कांग्रेस नेता शेरबहादुर देउवा, एमाले उपाध्यक्ष भीम रावल, एमाओवादी नेता लेखराज भट्टले सुदुरपश्चिमसँग थारु बाहुल्य जिल्ला कैलाली र कन्चनपुर अनि कर्णालीका जिल्ला पनि छोड्न नमान्दा कर्णाली र कैलाली÷कन्चनपुर दुवै आज आन्दोलित छ । हिजोको प्रशासनिक र भौगोलिक विभाजनमा आफूहरुलाई पेलिएको र हेपिएको भन्दै कर्णाली फेरि पनि सुदुरपश्चिमका यिनै  नेताको खटनपटन नस्वीकार्ने भन्दै अस्विकार गरिरहेको छ । यता कैलाली कन्चनपुरपनि थारुहरुको आदीभुमि भएकोले उपल्लो भुगोलसँग उत्पिडनमा पर्ने डरले उता गाभिन मानिरहेको छैन । तर, देउवा, रावल, भट्टहरु केन्द्रीय नेताको रुपमा भन्दा क्षेत्रीय स्वार्थ र दाउका राजनीति गरिहेका छन् । जनता एकातिर नेता अर्कोतिर भएको सुदुरपश्चिमको यो आन्दोलन नेताहरुको स्वार्थका कारण भइरहेको छ  । कांग्रेस नेता देउवा र एमाले नेता रावलका कारण नेपाली कांग्रेस र एमाले जनताको पक्षमा भन्दा नेताहरुको पक्षमा उभिएको देखिन्छ । एमाओवादी भने कणार्लीका जनताको माग र कैलाली÷कन्चनपुरका जनताको मागको पक्षमा छ । एमाओवादी नेता लेखराज भट्टले पार्टी छोड्ने धम्की दिँदासमेत माओवादी नेताको पक्षमा नभई जनताको पक्षमा देखिनु सकारात्मक कुरा हो । सुर्खेतको उस्तै पिरलो सुर्खेतको आन्दोलनले हिंसात्मक रुप लिएको छ । अहिलेसम्म ३ जना सर्वसाधारण मारिएका छन् भने दर्जन भन्दा माथिको संख्यामा अंगभंग भएका छन् । सुर्खेतलाई प्रादेशिक राजधानी बनाउनेपर्ने माग राखेका सुर्खेतबासीको आन्दोलनलाई एमाले नेता प्रकाश ज्वालाहरुको समर्थन रहेको बताइन्छ । सुर्खेतसहित, सिंगो कर्णाली र थारु जिल्लाहरु कैलाली र कन्चनपुर समेत प्रदेश नं.६ मा परेपछि प्रदेशिक राजधानि सुर्खेत नहुने त्रासमा भएको यो आन्दोलनलाई आधा एमालेको समर्थन रहेको बताइन्छ । आन्दोलनले चर्को रुप लिदैं गर्दा सुर्खेत आन्दोलनले छुट्टै अखण्डको माग समेत उठ्न थालेको जानकारहरु बताउँछन् । अखण्ड मध्यपश्चिम मध्यपश्चिममा एमालेका नेताहरुको चासो र स्वार्थ छ । यसमा कांग्रेसकै केही नेताहरुको पनि चासो र स्वार्थ देखिएको छ । कांग्रेसका सभापति सुशील कोइरालादेखि एमालेका विष्णु पौडेल, एमाओवादीका टोपबहादुर रायमाझीसम्मको स्वार्थ यो क्षेत्रमा देखिंएको हो । त्यसैले ५ प्रदेशको राजधानी दाङ, बाँके, बुटवल कहाँ राख्ने भन्नेमा विवाद छ । संघीय प्रदेशको राजधानी नेपालगञ्जलाई बनाउनुपर्ने थारुहरुसहितका मागमा सुशील कोइरालाको पनि साथ रहेको स्रोतको दाबी छ । यद्यपी कोइराला खुलेका छैनन् । तराई÷थरुहट तराईमा पुनः पहाडियाको एकाधिकार र अधिकारबाट बञ्चित पारिने भन्दै वास्तविक थारु आन्दोलनमा छन् । उनीहरुलाई एमाओवादी, फोरम लोकतान्त्रिकको साथ छ । संविधानसभाको प्रक्रियामा असहमत दलहरु थारुका नाममा राजनीति गर्दै भड्काउने र सद्भाव विथोल्नका केन्द्रित छन् । मध्यतराईमा उपेन्द्र, सिंह र महतो मध्य तराईका जिल्लामा उपेन्द्र यादव, कांग्रेसका अमरेशकुमार सिंह  र सद्भावना राजेन्द्र महतो जनता भड्काइरहेका छन् । तराईका जनताको अधिकारका लागि भने पनि उनीहरु वर्षौदेखि मिलेर बसेका तराईबासी र पहाडिया मूलका मानिसबीच सद्भाव विथोल्ने गरी भाषणबाजी गर्दै हिडिरहेका छन् । देशै टुक्र्याउनपर्छ भन्ने उनिहरुको पछिल्लो अडियो प्रकरणसमेत संविधानसभामा झिकाइएको छ भने उनिहरुमाथि कारवाहीको दबाब बढ्न थालेको छ । पूर्वी जिल्ला ओली र सिटौला पूर्वी जिल्ला झापा, मोरङ र सुनसरीमा एमाले अध्यक्ष केपी ओली र कांग्रेसका कृष्ण सिटौलाको चरम स्वार्थ छ । यसै स्वार्थका कारण थारु बहुल वस्तीलाईसमेत उनीहरुले प्रदेश एकमा राखेका छन् । फोरम नेता विजयकुमार गच्छदार भने थारु बाहुल्य जिल्ला १ नं. प्रदेशमा राख्न नहुने भन्दै आन्दोलन गरिरहेका पूर्वी थारु जनताको साथमा देखिएका छन् । एमाओवादी पनि थारुहरुको सघर्षप्रति सहानुभुति राखिरहेको देखिन्छ । दोलखा, रामेछाप, सिन्धुलीमा कांग्रेस एमाले पछिल्लो समय प्रदेश दुईमा सप्तरीदेखि पर्सासम्मको मात्र तराईको भूभाग भएको भन्दै पहाडसँग जोड्नुपर्ने माग तराईमा भइरहेका बेला दोलखा, सिन्धुली र रामेछाप तराईको जिल्लामा नमिसिने भन्दै आन्दोलित हुने क्रममा छ । यी तीन जिल्ला प्रदेश ३ मा पर्दै काठमाडौंसँग जोडिएका थिए । पछि तराईमा राख्नुपर्ने माग भएपछि यी जिल्लाका कांग्रेस र एमालेका सभासद्हरु एकजुट भएका छन् । राजधानीसंग जोडिएको प्रदेशबाट आफूहरु अब तराईमा नमिसिने भन्दै उनीहरुले हस्ताक्षर अभियान नै चलाएका छन् । कर्णालीलाई एमाओवादीको साथ विभेद, उत्पीडन र अन्यायको पर्याय जस्तै बनेको कर्णालीलाई अहिले एमाओवादीको साथ छ । ६ प्रदेशको सीमाकंन आउने वित्तिकै एमाओवादी नेता कृष्णबहादुर महरासहित ६ सभासद्ले फरक मत राख्दै कर्णालीलाई विशेष रुपमा ख्याल गर्न माग गरेका थिए । उनीहरुले थारुहरुलाई पनि विशेष क्षेत्रका रुपमा राख्न माग गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending