काठमाडौं । गायक प्रकाश सपुतको पछिल्लो विवादित गीत ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल हुन् कुसुम शर्मा । यो गीतको भिडियो सार्वजनिक हुनु भन्दा अगाडि कुसुमको चर्चा म्युजिक भिडियो नगरीमा खासै थिएन ।
तर, अब उनलाई नचिन्ने कमै होलान् । ३ करोड भन्दा बढीले हेरेको यो गीत विवादका कारण यति धेरै भ्यूज पाउन सफल छ भन्ने कुरामा त दुइमत छैन ।
प्रकाश सपुतले गीत विवादमा रहँदा खासै मिडियाको अगाडि अनुहार देखाएनन् । बरु, गीत हिट भएर विवाद सेलाएपछि उनले मिडियासँग अन्तरक्रिया गर्ने मेसो मिलाए ।
उसो त, प्रकाशले मिडियासँग कुराकानीमा विज्ञापनदाताहरुकै स्तुती बढी गाए । हुन पनि हो, उनको गीतमा विज्ञापनमा ठूलो ठेली नै हुने गरेको छ । कार्यक्रममा पुग्दा पनि सपुतको गीतको सफलता भन्दा बढी विज्ञापनकै पोष्टरहरु देख्न सकिन्थ्यो ।
खैर, यो त भए प्रकाश सपुतको कुरा । अब कुसुमको कुरा गरौं । मिडियासँग खासै अन्तरक्रिया नगरेकी कुसुम आइतबार डराएकी थिइन् । उनलाई के बोल्ने र के नबोल्ने भन्ने कुराले नै पिरोलेको थियो । झन्, मिडियाकर्मीका सिधा प्रश्नले उनलाई झमेलामा पार्यो ।
कुसुमलाई एक मिडियाकर्मीले उनको प्रेमको बिषयमा प्रश्न राखिन् । यसमा कुसुमले डराउँदै जवाफ दिइन् । उनले भनिन्–‘जोसँग काम गर्यो उहीसँग नाम जोड्न थाल्यो भने त भोलीका दिनमा सबैसँग नाम जोडिएला । म कसैको प्रेममा छैन । हामी साथी मात्र हौं ।’
एउटा प्रश्न टारेकी कुसुमलाई अर्को प्रश्न आयो, तपाइलाई भोलीका दिनमा आफू पनि ‘सकम्बरी’ जस्तै हुन्छु भन्ने डर छ कि छैन ? यो प्रश्न कुसुमका लागि अपेक्षित थिएन । उनी यसमा डराइन् ।
धेरै पटक प्रकाश सपुततिर हेरिन् । यसपछि माइक समाउँदै उनी बोलिन्–‘म यो कुरामा सजग छु । मलाई हरेक स्टेपमा के गर्नुपर्छ भन्ने कुरा थाहा छ । अरु के भन्ने ।’ यति भन्दै प्रकाशतर्फ उनले माइक सोझ्याइन् ।
साभार : MeroFilm.com बाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: