Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

प्रश्नै प्रश्नले किन अतालिएकी छन् ‘सकम्बरी’की कुसुम ?

खबरडबली संवाददाता

काठमाडौं । गायक प्रकाश सपुतको पछिल्लो विवादित गीत ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल हुन् कुसुम शर्मा । यो गीतको भिडियो सार्वजनिक हुनु भन्दा अगाडि कुसुमको चर्चा म्युजिक भिडियो नगरीमा खासै थिएन । 

तर, अब उनलाई नचिन्ने कमै होलान् । ३ करोड भन्दा बढीले हेरेको यो गीत विवादका कारण यति धेरै भ्यूज पाउन सफल छ भन्ने कुरामा त दुइमत छैन । 

प्रकाश सपुतले गीत विवादमा रहँदा खासै मिडियाको अगाडि अनुहार देखाएनन् । बरु, गीत हिट भएर विवाद सेलाएपछि उनले मिडियासँग अन्तरक्रिया गर्ने मेसो मिलाए । 

उसो त, प्रकाशले मिडियासँग कुराकानीमा विज्ञापनदाताहरुकै स्तुती बढी गाए । हुन पनि हो, उनको गीतमा विज्ञापनमा ठूलो ठेली नै हुने गरेको छ । कार्यक्रममा पुग्दा पनि सपुतको गीतको सफलता भन्दा बढी विज्ञापनकै पोष्टरहरु देख्न सकिन्थ्यो । 

खैर, यो त भए प्रकाश सपुतको कुरा । अब कुसुमको कुरा गरौं । मिडियासँग खासै अन्तरक्रिया नगरेकी कुसुम आइतबार डराएकी थिइन् । उनलाई के बोल्ने र के नबोल्ने भन्ने कुराले नै पिरोलेको थियो । झन्, मिडियाकर्मीका सिधा प्रश्नले उनलाई झमेलामा पार्यो । 

कुसुमलाई एक मिडियाकर्मीले उनको प्रेमको बिषयमा प्रश्न राखिन् । यसमा कुसुमले डराउँदै जवाफ दिइन् । उनले भनिन्–‘जोसँग काम गर्यो उहीसँग नाम जोड्न थाल्यो भने त भोलीका दिनमा सबैसँग नाम जोडिएला । म कसैको प्रेममा छैन । हामी साथी मात्र हौं ।’

एउटा प्रश्न टारेकी कुसुमलाई अर्को प्रश्न आयो, तपाइलाई भोलीका दिनमा आफू पनि ‘सकम्बरी’ जस्तै हुन्छु भन्ने डर छ कि छैन ? यो प्रश्न कुसुमका लागि अपेक्षित थिएन । उनी यसमा डराइन् । 

धेरै पटक प्रकाश सपुततिर हेरिन् । यसपछि माइक समाउँदै उनी बोलिन्–‘म यो कुरामा सजग छु । मलाई हरेक स्टेपमा के गर्नुपर्छ भन्ने कुरा थाहा छ । अरु के भन्ने ।’ यति भन्दै प्रकाशतर्फ उनले माइक सोझ्याइन् । 

साभार : MeroFilm.com बाट

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: