Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रमको आग्रह

\"Koiralaकाठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नेपाललाई मिलिनियम च्यालेन्ज कर्पोरेसनका कार्यक्रममा चयन गरेको र भूकम्पपछिको पुनःनिर्माणका लागि सहयोगको दह्रो प्रतिबद्धता जनाएकामा  अमेरिकी सरकार र जनताप्रति आभार व्यक्त गरेका छन् । संयुक्त राज्य अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभको हाउस डेमोक्रेसी पार्टनरसिपका सभापति भर्न बुचाननको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग आज बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा उनले नेपाल सङ्घीयता र गणतन्त्रसहितको समावेशी लोकतन्त्रलाई संस्थागत गर्ने प्रजातान्त्रिक संविधान निर्माणको अन्तिम चरणमा पुगेको उल्लेख गरे । उनले लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शमा आधारित निर्माणाधीन संविधानमा व्यक्तिका मौलिक हक र मानवअधिकारको पूर्ण प्रत्याभूति हुने बताए । प्रधानमन्त्री कोइरालाले नेपाल अब सङ्घीयतामा गएकाले यसका बारेमा कसैले शङ्का लिनुपर्ने अवस्था नरहेको बताउँदै नेपाली जनताले झन्डै एक शताब्दीको सङ्घर्षबाट हासिल गरेका उपलब्धि र अधिकारबाट अब कोही पनि पछाडि फर्कन नसक्ने स्पष्ट पारे । उनले संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान जारी भएपछि नेपालमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम हुने भएकाले अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गरी नेपालको विकास प्रक्रियालाई साथ दिन आग्रह गरे । उनले नेपालमा जलविद्युत्, कृषि, पर्यटन र जडिबुटीको प्रशोधनसहित पूर्वाधार निर्माणका क्षेत्रमा आन्तरिक र बाह्य लगानी आवश्यक भएको उल्लेख गरको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए । अमेरिकाले नेपालको सामाजिक–आर्थिक विकास, कानुनी राज र मानवअधिकारकोप्रवद्र्धनका साथै लोकतान्त्रिक संस्थाको सबलीकरणमा निरन्तर पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्दै वैशाख १२ गते नेपालमा आएको भूकम्पपछि पीडितको उद्धार, राहत र अस्थायी पुनःस्थापना कार्यमा अमेरिकाले पु¥याएको सहयोगको सराहना गरे  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy