Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रमको आग्रह

\"Koiralaकाठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नेपाललाई मिलिनियम च्यालेन्ज कर्पोरेसनका कार्यक्रममा चयन गरेको र भूकम्पपछिको पुनःनिर्माणका लागि सहयोगको दह्रो प्रतिबद्धता जनाएकामा  अमेरिकी सरकार र जनताप्रति आभार व्यक्त गरेका छन् । संयुक्त राज्य अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभको हाउस डेमोक्रेसी पार्टनरसिपका सभापति भर्न बुचाननको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग आज बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा उनले नेपाल सङ्घीयता र गणतन्त्रसहितको समावेशी लोकतन्त्रलाई संस्थागत गर्ने प्रजातान्त्रिक संविधान निर्माणको अन्तिम चरणमा पुगेको उल्लेख गरे । उनले लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शमा आधारित निर्माणाधीन संविधानमा व्यक्तिका मौलिक हक र मानवअधिकारको पूर्ण प्रत्याभूति हुने बताए । प्रधानमन्त्री कोइरालाले नेपाल अब सङ्घीयतामा गएकाले यसका बारेमा कसैले शङ्का लिनुपर्ने अवस्था नरहेको बताउँदै नेपाली जनताले झन्डै एक शताब्दीको सङ्घर्षबाट हासिल गरेका उपलब्धि र अधिकारबाट अब कोही पनि पछाडि फर्कन नसक्ने स्पष्ट पारे । उनले संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान जारी भएपछि नेपालमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम हुने भएकाले अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गरी नेपालको विकास प्रक्रियालाई साथ दिन आग्रह गरे । उनले नेपालमा जलविद्युत्, कृषि, पर्यटन र जडिबुटीको प्रशोधनसहित पूर्वाधार निर्माणका क्षेत्रमा आन्तरिक र बाह्य लगानी आवश्यक भएको उल्लेख गरको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए । अमेरिकाले नेपालको सामाजिक–आर्थिक विकास, कानुनी राज र मानवअधिकारकोप्रवद्र्धनका साथै लोकतान्त्रिक संस्थाको सबलीकरणमा निरन्तर पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्दै वैशाख १२ गते नेपालमा आएको भूकम्पपछि पीडितको उद्धार, राहत र अस्थायी पुनःस्थापना कार्यमा अमेरिकाले पु¥याएको सहयोगको सराहना गरे  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending