Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अलैँची बिरुवाबाट लाखौँको आम्दानी

\"alaichi\"ताप्लेजुङ । जग्गा भाडामा लिएर अलैँचीको नर्सरी गरी तयार पारिएको बिरुवाबाट ताप्लेजुङका एक किसानले पहिलो बिक्रीमै रु ११ लाख बढी आम्दानी लिन सफल भएका छन् । जिल्लाको तापेथोक गाविसका भिङ्मारे लिम्बूले यसरी नर्सरीबाट पहिलो बिक्रीमा ११ लाख ५० हजार आम्दानी गरेका हुन् । तीन वर्षअघि लगाएको बिरुवा यसै वर्षदेखि बिक्री गर्न थालेका उनलाई अर्को वर्ष यही मूल्यमा बिक्री गर्न सकिए कम्तीमा २३ लाख आम्दानी हुनेछ । अधिक माग रहेको अलैँचीको बिरुवा कसैले उत्पादन नगरिरहेकै बेला सदरमुकाम फुङ्लिङका राजेन्द्र श्रेष्ठको जग्गा भाडामा लिएर उनले नर्सरी व्यवसाय गरेका थिए । तीन वर्षमा रोप्न हुने बिरुवा अहिले बिक्री गर्न योग्य भएको उनको भनाइ छ । टेकबहादुर श्रेष्ठको थप जग्गा भाडामा लिएर सारिएको २५ हजार झाङबाट अर्को वर्ष कम्तीमा दुई लाख ५० हजार बिरुवा बिक्री योग्य बन्नेछ । ‘एउटा झाङले १० देखि १५ वटासम्म टुसा हालिसकेको छ । अबको एक वर्षमा यो हलक्क हुर्कन्छ र बेच्न हुन्छ,” उनले भने – ‘अढाइदेखि तीन फुटको भएपछि बिरुवा बिक्री हुन्छ ।’ यो वर्ष उनले प्रतिवटा १० का दरले बिक्री गरेका छन् ।  गाउँबाट आएका किसान र जिल्ला कृषि विकास कार्यालयले बिरुवा खरिद गरेका थिए । अर्को वर्षका लागि पनि किसानले बैना दिइसकेका छन् । मूल्य भने त्यही समयमा सहमतिबाट कायम गरिने छ । बिक्री नसकेका बिरुवा उठाउने कृषि विकास कार्यालयले प्रतिबद्धता जनाएको उनको भनाइ छ  । उनले २०७५ सालसम्म लगातार बिक्री गर्ने गरी अलैँचीको नर्सरी तयार गरिसकेका छन् । अलैँचीमा रोग किरा लागिरहेका बेला दानाबाट उत्पादित बिरुवालाई किसानले रुचाउने गरेका छन् । यसमा कम आक्रमण गर्ने भएकाले पुरानोको ठाउँमा धमाधम नयाँ बिरुवा लगाइएको हो । आफैँले जेटिए पढेका भिङ्मारेका अनुसार अलैँचीको पहिलो नर्सरी १८ देखि २२ महिनामा एक ठाउँबाट अर्को ठाउँमा सार्नुपर्ने हुन्छ । त्यो नर्सरी गरेको २८ देखि ३२ महिनामा वितरण योग्य हुन्छ । त्यसैमा रहेका स–साना बिरुवा अर्को नर्सरीमा सारे १२ महिनामा पूर्ण रुपमा विकसित हुन्छ । यसमा सुँगुर, गाईबस्तुको मल र हिउँदमा जोगाउन ढुसीको विषादी प्रयोग गर्नुपर्ने हुन्छ । कार्यालयका अनुसार माग प्रशस्तै भए पनि बिरुवा उत्पादन गर्ने किसान कम भएकाले माग उच्च रहेको छ । वरिष्ठ कृषि विकास अधिकृत बद्री दाहालले वर्षमा पाँच लाखको हाराहारीमा इलामबाट बिरुवा ल्याउने गरेको बताए । आफ्नै जिल्लामा बिरुवा उत्पादन नभएरै यसरी बाहिरबाट बिरुवा ल्याउनुपरेको कार्यालयले जनाएको छ । यस जिल्लामा अलैँचीखेती धेरै भएकाले बिरुवाको माग बर्सेनि बढ्दै गएको पनि सो कार्यालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies