काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा दिएको विवादास्पद अभिव्यक्ति र राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै आइतबार स्थगित भएको संसदका दुवै सदनको बैठक आज बस्दै छन्।
आइतबार संसद सुरु भएलगत्तै विपक्षी दलहरुले संसद बैठक अबरोध गरेका हुन्। नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति असहमति जनाउँदै नेकपा एमाले, रास्वपा र राप्रपाले आजको प्रतिनिधि र राष्ट्रियसभाको बैठक चल्न दिएनन्।
बैठक सुरु भए लगत्तै एमाले, रास्वपा र राप्रपाबाट प्रतिनिधित्व गर्ने सांसदले उभिएर बिरोध सुरु गरे। सरकारले संसद् छलेर संबैधानिकरुपमा अस्तित्वमै नरहेको नागरिकता विधयेक राष्ट्रपतिबाट प्रमाणीकरण गराएको र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा देशको भू–भाग साटफेर गर्ने सकिने अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरु संसदमा एकै ठाउँमा उभिएका हुन्।
राष्ट्रपतिको कदम सच्चिनुपर्ने र प्रधानमन्त्रीले माफी माग्नुपर्ने उनीहरुको माग छ। माफी नमागेसम्म सदन चल्न नदिने उनीहरुको अडान छ। मागबारे संसदको ध्यानाकर्षण भएको र सरकारले पनि उपयुक्त समयमा जवाफ दिने भन्दै सभामुख देवराज घिमिरेले पटक–पटक बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे।
तर, विपक्षी सांसदले झनै नाराबाजी थालेपछि सभामुख घिमिरेले बैठक आइतबार १ घण्टाका लागि स्थगित गरे। बैठक पुनः सञ्चालनका लागि भएको छलफलमा विपक्षी अडान दोहोर्याएका कारण संसद सचिवालयले सूचना टाँसेर बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो।
यस्तै, एमालेले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक पनि सोमबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: