काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा दिएको विवादास्पद अभिव्यक्ति र राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै आइतबार स्थगित भएको संसदका दुवै सदनको बैठक आज बस्दै छन्।
आइतबार संसद सुरु भएलगत्तै विपक्षी दलहरुले संसद बैठक अबरोध गरेका हुन्। नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति असहमति जनाउँदै नेकपा एमाले, रास्वपा र राप्रपाले आजको प्रतिनिधि र राष्ट्रियसभाको बैठक चल्न दिएनन्।
बैठक सुरु भए लगत्तै एमाले, रास्वपा र राप्रपाबाट प्रतिनिधित्व गर्ने सांसदले उभिएर बिरोध सुरु गरे। सरकारले संसद् छलेर संबैधानिकरुपमा अस्तित्वमै नरहेको नागरिकता विधयेक राष्ट्रपतिबाट प्रमाणीकरण गराएको र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा देशको भू–भाग साटफेर गर्ने सकिने अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरु संसदमा एकै ठाउँमा उभिएका हुन्।
राष्ट्रपतिको कदम सच्चिनुपर्ने र प्रधानमन्त्रीले माफी माग्नुपर्ने उनीहरुको माग छ। माफी नमागेसम्म सदन चल्न नदिने उनीहरुको अडान छ। मागबारे संसदको ध्यानाकर्षण भएको र सरकारले पनि उपयुक्त समयमा जवाफ दिने भन्दै सभामुख देवराज घिमिरेले पटक–पटक बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे।
तर, विपक्षी सांसदले झनै नाराबाजी थालेपछि सभामुख घिमिरेले बैठक आइतबार १ घण्टाका लागि स्थगित गरे। बैठक पुनः सञ्चालनका लागि भएको छलफलमा विपक्षी अडान दोहोर्याएका कारण संसद सचिवालयले सूचना टाँसेर बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो।
यस्तै, एमालेले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक पनि सोमबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: