Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

विद्युत् प्राधिकरणको घाटा २६ अर्ब

\"electric\"काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आव २०७१/७२ मा छ अर्ब ५१ करोड ४० हजार घाटा बेहोरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्मको घाटा  २६ अर्ब ७९ करोड ८६ लाख २० रहेको छ । चार वर्षअघि रु २७ अर्ब घाटामा रहेको प्राधिकरणलाई सरकारले अपलेखन गरेको थियो । चरम विद्युत् अभाव, विद्युत् चुहावट तथा प्राविधिक समस्याका कारण प्राधिकरणको घाटा बढ्दै गएको हो । भारतबाट आयात गरिएको विद्युत् खरिदको मूल्य र प्राधिकरणले वितरण गर्ने मूल्यको सन्तुलन मिल्न नसक्दा पनि प्राधिकरण घाटामा गएको हो । प्राधिकरणले आव २०७१/७२ मा खुद आम्दानी भने ३० अर्ब ४८ करोड ३४ लाख ६० हजार गरेको छ । अत्यधिक विद्युत् चुहावट नियन्त्रणमा बेवास्ता गरिनु, संस्थागत सुधारमा ध्यान नदिइनु तथा सस्तोमा विद्युत् किनेर महँगोमा बेच्नु, लामो समयदेखि विद्युत् महसुल नबढ्नु आदि कारणले घाटा बढेको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिए । माग बढेपनि आपूर्ति कम प्रत्येक वर्ष एक सय मेगावाटको दरमा विद्युत् माग बढ्दै गएको छ । मागअनुसार आपूर्ति हुन नसक्दा विद्युत् भार कटौती बढ्दै जाने देखिएको छ । हाल मुलुकको एक हजार २९१ मेगावाट विद्युत्को माग रहेको छ । तर प्राधिकरणले ७०६ मेगावाट उत्पादन गरिरहेको छ । निजी क्षेत्रले १२४ मेगावाट उत्पादन गर्दै आएको छ । भारतबाट २२४ मेगावाट विद्युत् आयात गरिएको छ । कुल एक हजार १५४ मेगावाट आपूर्ति भएकामा एक हजार २९१ मेगावाट माग हुँदा विद्युत् भार कटौती गर्न बाध्य भएको कार्यकारी निर्देशक काफ्लेको भनाइ छ । कुल उत्पादित विद्युत्मध्ये २४।४४ प्रतिशत चुहावट हुने गरेको छ । अघिल्लो आवमा २४।६४ प्रतिशत कुल चुुहावट रहेको भए पनि आव २०७१/७२ मा ०।२० प्रतिशतमात्रै चुहावट नियन्त्रण गर्न सम्भव भएको छ । विद्युत् चुहावटलाई उल्लेख्य रुपमा घटाउन चुहावट नियन्त्रण विशेष अभियान चलाइने भनिए पनि अभियान प्रभावकारी हुन सकेको छैन । ग्राहकको सङ्ख्या बढ्दै प्राधिकरणका अनुसार आव २०७१/७२ मा कुल ग्राहक सङ्ख्या ५।७५ प्रतिशतले वृद्धि भई २८ लाख ७० हजार पुगेको छ । त्यसमा सङ्ख्याका आधारमा गार्हस्थ्य, औद्योगिक र अन्य उपभोक्ता वर्गको हिस्सा क्रमशः ९४।३४ प्रतिशत, १।४८ प्रतिशत र ४।१८ प्रतिशत रहेको छ । खपतका आधारमा क्रमशः ४४।७८ प्रतिशत, ३६।३१ प्रतिशत र १८।९२ प्रतिशत रहेको छ । हरेक वर्ष बढ्दै जाने ग्राहकको सङ्ख्यालाई सम्बोधन गर्नेतर्फ ध्यान नदिइएका कारण माग र आपूर्तिको सन्तुलन मिल्न सकेको छैन । गत हिउँदमा विद्युत् भार कटौती १० घन्टामा सीमित गरिएको भए पनि आगामी हिउँदमा १३ घन्टा पुग्ने प्रक्षेपण गरिएको छ । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ का कारण भोटेकोसी र निजी क्षेत्रका अन्य आयोजना र केही दिन पहिलेको बाढी पहिरोका कारण माथिल्लो मोदी क्षतिग्रस्त भएर कुल एक सय मेगावाट विद्युत् केन्द्रीय प्रसारण ल्याउन सकेको छैन । चालु आवमा कुनै अवरोध नभएमा कुल १४० मेगावाट विद्युत् थप हुने अनुमान गरिएको छ । निजी क्षेत्रले निर्माण गरिरहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ चालु आवमा सम्पन्न हुनेछ । अन्य केही साना र मझौला आयोजना पनि चालु आवमै सम्पन्न हुने प्राधिकरणको विश्वास छ । प्राधिकरणले नै निर्माण गरिरहेको चमेलिया ३० मेगावाट, १४ मेगावाटको कुलेखानी तेस्रो जोड बल गरिए पूरा हुने सम्भावना रहेको छ । भूकम्पका कारण माथिल्लो त्रिशूली थ्री ‘ए’ भने पूरा हुने सम्भावना कम रहेको छ । यस्तै, प्राधिकरणको सहायक कम्पनी चिलिमेले निर्माण गरिरहेको १४।६ मेगावाटको माथिल्लो साञ्जेन, ४२।५ मेगावाटको साञ्जेन, १११ मेगावाटको रसुवागढी र १०२ मेगावाटको मध्य भोटेकोसी पनि निर्माणका क्रममा रहेको छ तर ती आयोजना तत्कालै सम्पन्न हुने देखिँदैन । प्रसारण लाइन अस्तव्यस्त प्राधिकरणले अगाडि बढाएका कुल ४० वटा प्रसारण लाइनमध्ये प्रगतिको चरणमा रहेको एउटै मात्र परियोजना रहेको छ । विगत १५ वर्षदेखि चर्चामा रहेको खिम्ती ढल्केबर प्रसारण लाइन सिन्धुलीमा भएको अवरोधका कारण अगाडि बढ्न सकेको छैन । पूर्व पश्चिमका कुनै पनि प्रसारण लाइनको कार्यप्रगति सन्तोषजनक छैन । निजी क्षेत्रले निर्माण गरेको माईखोला जलविद्युत् आयोजनाको प्रसारण लाइनको अभावमा केन्द्रीय प्रसारणमा जोड्न सकिएको छैन । यसका कारण २२ मेगावाट विद्युत् खेर गइरहेको छ । ढल्केबर मुजफ्फरपुर प्रसारण लाइन निर्माण आगामी महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy