Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

सार्क अर्थमन्त्रीस्तरीय सातौं बैठक बिहीबार

\"saaf_chyampionship\"काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को अर्थमन्त्रीस्तरीय सातौं बैठक यही बिहीबार  हुने भएको छ । अर्थ मन्त्रालयले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थसचिव सुमनप्रसाद शर्माले काठमाडौँको होटल सोल्टीमा हुने उक्त बैठकमा समग्र सार्कको आर्थिक विकासका विषयमा छलफल हुने बताए । सार्कस्तरको यो नियमित बैठकको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्ने र अध्यक्षता अर्थमन्त्री डा रामशरण महतले गर्ने उनले जानकारी दिए । बैठकले भूकम्पपछि पनि नेपालले अन्तर्राष्ट्रियस्तरको कार्यक्रम गर्न सक्षम छ भन्ने सन्देश दिने सचिव शर्माले विश्वास व्यक्त गरे । अर्थमन्त्रीस्तरीय छैटौँ बैठक श्रीलङ्काको कोलम्बोमा सन् २०१३ को अगष्टमा सम्पन्न भएको थियो । अठारौं सार्क शिखर सम्मेलन, नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन ९आइसिएनआर० सफलतापूर्वक आयोजनापछि अन्तर्राष्ट्रियस्तरको यो नै ठूलो सम्मेलन नेपालले गर्न लागेको हो । सचिव शर्माका अनुसार सार्क क्षेत्रको आर्थिक एवम् सामाजिक क्षेत्रका साझा मुद्दाका विषयमा बैठकमा छलफल हुनेछ । यो बैठकले मन्त्रिस्तरीय बैठकको अध्यक्षता नेपाललाई हस्तान्तरण गर्नेछ । बैठकको मुख्य कार्यसूचीमा सार्कका सदस्य राष्ट्रबीचमा आर्थिक गतिविधिमा कसरी सहयोग आदानप्रदान गर्न सकिन्छ भन्ने विषय र छैटौँ बैठकमा भएका निर्णय तथा सुझावको कार्यान्वयनको अवस्थाका विषयमा छलफल हुनेछ । बैठकमा सार्क क्षेत्रमा लगानीको अवस्थामा सुधार गर्ने, गभर्नरस्तरीय बैठक, साझा मुद्राको प्रचलन र सार्कस्तरमा सबै राष्ट्रको मुद्रा चलनचल्तीमा आउने अवस्था सिर्जना गर्ने विषयमा छलफल हुने जनाइएको छ । अर्थसचिव शर्माले मुद्राका विषयमा साझा धारणा बनाउन सकियो भने सार्क क्षेत्रमा व्यापार सहज हुने र सदस्य राष्ट्रलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । बैठकमा सार्क विकास कोषको गतिविधि पनि बढाउने र कोषबाट भएका कार्यक्रमको समीक्षा, सार्क लगानी बैंकको विषयमा निरन्तर छलफल हुने र क्षेत्रीयस्तरको व्यापार प्रवद्र्धनका विषयमा छलफल हुने जनाइएको छ । बैठकको तयारी पूरा भएको उल्लेख गर्दै अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालय, सूचना तथा सञ्चार र गृह मन्त्रालयले सहकार्य गरेर बैठकको व्यवस्था गरिएको अर्थसचिव शर्माले जानकारी दिए । बैठकमा नेपालका तर्फबाट अर्थमन्त्री डा महत, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल, अर्थ सचिव सुमनप्रसाद शर्मा, परराष्ट्र सचिव शङ्करदास बैरागीलगायतको प्रतिनिधि मण्डलको सहभागिता रहनेछ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy