चितवन। चितवनका व्यवसायीले २० प्रतिशतसम्म घर भाडामा छुट दिन माग गरेका छन् । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले आर्थिक मन्दीबाट व्यवसाय धराशयी अवस्थामा पुगेको भन्दै हाल तिर्दै आएको घर भाडादरमा २० प्रतिशत छुट दिन अनुरोध गरेको हो ।
मञ्चले शुक्रबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक मन्दीको असर रहुन्जेल तथा व्यवसाय पूर्ववत् अवस्थामा चलायमान हुन नसक्दासम्म घरभाडा घटाउन माग गरेको हो ।
मञ्चका अध्यक्ष ख्याम नारायण पराजुलीले राजमार्ग विस्तारका साथै विकास निर्माणका कामको असर प्रत्यक्ष रूपमा व्यवसायमा परेको भन्दै व्यवसाय पूर्ववत् सञ्चालन नहुँदासम्म भाडादरमा पूर्ण रुपमा छुट दिन घरधनीलाई अनुरोध गरे। उनले घरबहालसम्बन्धी कर घरधनी स्वयम् आफैँले तिर्नुपर्नेसमेत स्पष्ट पारे ।
अहिले व्यवसायीले आर्थिक मन्दीका कारण घरभाडा समयमा भुक्तानी गर्न नसक्दा घरधनीलाई समेत असर परेको अध्यक्ष पराजुलीको भनाइ थियो । “घरभाडाका कारण व्यवसाय बन्द हुँदै गएको अवस्थामा बेरोजगारी बढ्ने, घरधनीले प्राप्त गर्ने घरभाडा, राज्यले प्राप्त गर्ने व्यवसाय कर, बहाल करलगायत अन्य करसमेत घट्ने हुँदा यसलाई व्यवसायी, घरधनी र राज्य पक्षले सहजीकरण गरी विकल्प खोज्नुपर्दछ”, उनले भने।
चितवनका मुख्य सहर र सडक आसपास क्षेत्रमा ८० देखि ९० प्रतिशतले भवन, सटर, कोठा भाडा लिई व्यवसाय सञ्चालन गर्दै आएका छन् । व्यवसायमा देखिएको ह्रास, चर्को घरभाडा र बैंकको ब्याजका कारण दैनिक खर्च चलाउन समेत समस्या हुन थालेपछि व्यवसायीहरु पलायन हुँदै अध्यक्ष पराजुलीले बताए। उनले बैंक तथा वित्तीय संस्थाद्वारा प्रदान गरिएको कर्जाको ब्याजलाई एक अङ्कमा सीमित राख्न नेपाल राष्ट्र बैंकलाई अनुरोध समेत गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: