Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

विपद् व्यवस्थापनका सन्दर्भमा गरेको मेहनत व्यवहारमा देखियोस्ः उपप्रधानमन्त्री श्रेष्ठ

खबरडबली संवाददाता
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनका सन्दर्भमा गरेको मेहनत व्यवहारमा देखिनुपर्ने बताएका छन्  ।
 
आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १८औँ बैठकलाई सम्बोधन गदेृ उनले त्यसतर्फ गम्भीर हुन मातहतका निकाय तथा सरोकारवाला निकायलाई निर्देशन दिए । “यस्तो गरिएको भए हुन्थ्यो यसो भएन, यहाँ कमजोरी भयो, यस्तो हुनुहुन्थेन भन्ने कुरा नहोस्”, उनले भने, “के के गर्नुपर्ने हो अहिले नै तयारी गरौँ, ठोस कार्ययोजना बनाएर अघि बढ्नुपर्छ ।”  
 
कार्यकारी समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री श्रेष्ठले विगतको कमजोरी नदोहो¥याउने गरी काम गर्न पनि आग्रह गरे  । उनले प्रतिकार्य योजनालाई सबै निकायबीच छलफल गरेर तयार पारी तत्काल लागू गर्न निर्देशन दिए ।
 
पछिल्लो समयमा तातो हावाको लहर फैलिरहेको सन्दर्भमा उनले कहाँ के गर्नुपर्ने हो खास योजना तयार पार्न पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिए । “एक दुई दिनमै त्यस विषयमा ठोस प्रस्ताव ल्याउनुहोस्, त्यो कार्यान्वयनमा जाने गरी आओस्”, उनले थपे । 
 
उनले कुरा चाहिँ नयाँ नयाँ गर्ने तर काम भने यथास्थितिमै रहेर गर्नुको कुनै अर्थ नहुने स्मरण गराउँदै  खतरा के हो, कसरी ‘रेस्पोन्स’ गर्ने आजैदेखि त्यो तयारीमा जुट्न सबै निकायसँग आग्रह पनि गरे ।
 
कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् व्यवस्थापनका लागि तयार पारेको प्रतिकार्य योजना तथा तातो हावाको लहर र सम्भावित विपद् र त्यसको अवस्थाका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा जल तथा मौसम विज्ञान विभागले एक दुई दिन भित्रैमा मनसुन भित्रिने र यसपालि देशैभर सरदरभन्दा कम वर्षा हुने जानकारी गराएको थियो । 
 
कम वर्षा हुने भन्दैमा वर्षा नै नहुने, विपद् नै आउँदैन भन्ने होइन भन्दै उनले विभागले त्यसतर्फ सचेत हुनुपर्ने र आवश्यक पूर्वतयारमिा जुट्नुपर्ने बताउए ।  उनका अनुसार कुनै ठाउँमा एकैपटक धेरै पनी प¥यो भने त्यो ठाउँका लागि विपद्को जोखिम भई दिनसक्छ । समग्रमा धेरै स्थानमा सुक्खा लाग्ने अनुमान भने गरिएको छ । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy