Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

यस्तो छ सुर्खेत आन्दोलनः शीर्ष नेताको पुत्ला जलाउँदै दलहरूसँग गुहार माग

\"1(1)-600\"सुर्खेत । अखण्ड मध्यपश्चिम र सुर्खेत राजधानी हुनुपर्ने माग गर्दै सरकारी कार्यालय नै बन्द गरेर सरकारी कर्मचारीहरु विरोध प्रर्दशनमा उत्रिएका छन । आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै मंगलबारदेखि कार्यालय वन्द गरेर कर्मचारीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन ।   मंगलवार कार्यालयमा हाजिर गरेपनि उनीहरुले काम गरेनन् । सवै ट्रेड युनियनहरुले सरकारी कार्यालय वन्द गर्ने निर्णय गरेपछि उनीहरु विरोधमा उत्रिएका हुन् । कार्यालय नै बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन् । टाढाटाढाबाट आएका सेवाग्राही कार्यालय बन्द भएपछि अलपत्रसमेत परेका छन् ।   नेपाल निजामती कर्मचारी संगठन सुर्खेतका अध्यक्ष अमृता रावतको संयोजकत्वमा १२ ससदस्यीय संयुक्त कर्मचारी ट्रेड युनियन आन्दोलन परिचालन समुन्वय समिति पनि गठन गरी उनीहरु आन्दोलनमा लागेका छन् ।   शीर्ष नेताको मुर्दा जुलुस    सिमाङ्कन गर्दा मध्यपश्चिमलाई बिभाजन गरेको भन्दै सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार चारदलका शीर्ष नेताको मुर्दा जुलुस निकालिएको छ ।   प्रदेश विभाजनमा मध्यपश्चिमलाई अन्याय गरेको भन्दै आन्दोलनकारीले कांग्रेस सपभाति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको मुर्दा जुलुस निकालेका हुन । अखण्ड मध्यपश्चिम नागरिक संर्घष समितिको अगुवाईमा मुर्दा जुलुस निकालिएको हो ।   स्थानीय मंगलगढीचोकवाट शीर्ष नेताको मुर्दा निकालेर आँखा अस्पताल चोकमा ल्याएर मुर्दा जलाएका थिए । नागरिक संर्घष समितिमा राप्रपा, राप्रपा नेपाल, वैध र चन्दले नेतृत्व गरेको नेकपा माओवादी लगायतको सहभागिता रहेको थियो ।   दशौँ दिन पनि प्रर्दशन जारी   सिमाङ्कन गर्दा मध्यपश्चिमलाई बिभाजन गरिएको विरोधमा मंगलवार पनि सुर्खेतमा विरोध प्रर्दशन गरिएको छ । अखण्ड मध्यपश्चिम र प्रादेशिक राजधानी सुर्खेतको माग गदै नागरिक संर्घष  समिति र पेशागत संघ संगठनको अगुवाईमा वीरेन्द्रनगरमा छुट्टाछुट्टै विरोध जुलस प्रर्दशन गरिएको छ ।   अखण्ड मध्यपश्चिम र सुर्खेत राजधानी माग गदै जारी विरोध प्रर्दशनमा सुर्खेतमा राजनीतिक दल, पेशागत संघ संगठन, नागरिक समाज लगायतको सहभागिता हुँदै आएको  छ । माग पुरा गर्नको लागि क्षेत्रीय उद्योग बाणिज्य संघको नेतृत्वमा रानीतिक दलहरु सल्लाहकार भएको समिति गठन गरिएको छ ।   समितिलाई सुर्खेतका विभिन्न पेशागत ट्रेड युनियनहरुले साथ दिएका छन ।  मंगलवार सरकारी कार्यालय वन्द गरेर पेशागत संघ संगठनहरुले विरोध प्रर्दशनको अगुवाई गरेका थिए । शिक्षक महासंघको नेतृत्वमा भएको विरोध र्यालीमा सुर्खेतका प्रमुख राजनीतक दल लगायत विभिन्न संघसंस्थाहरुको सहभागिता थियो ।   कोण सभालाई सम्वोधन गर्ने विभिन्न वक्ताहरुले मध्यपश्चिमका नागरिक संर्घष समितिमा राप्रपा, राप्रपा नेपाल, वैध र चन्दले नेतृत्व गरेको नेकपा माओवादी लगायतको सहभागीता रहेको छ ।कोणसमा विभिन्न गीत, कविता, गजलहरु समेत प्रस्तुत गरिएको छ ।   अखण्ड मध्यपश्चिम र प्रादेशिक राजधानी सुर्खेतको माग गदै दश दिनदेखि चलिरहेको आन्दोलनका क्रममा ३ जनाको ज्यान गईसकेको छ भने प्रहरीसँगको झडवमा परी दर्जनै घाइते भएका छन ।   वीरेन्द्रनगरको ‘अखण्ड’ बोर्ड राखियो   सिमाङनको बिरोधमा उत्रिएका आन्दोलनकर्ताले वीरेन्द्रनगरको मंगलगडी चोकमा अखण्ड मध्यपश्चिमको बोर्ड राखेका छन । अखण्ड मध्यपश्चिम र त्यसको राजधानी सुर्खेतमा हुनुपर्ने माग गर्दै आन्दोलन थालेका सुर्खेतका जनताले वीरेन्द्रनगरको मंगलगढी चोकमा नेपाल सरकार अखण्ड मध्यपश्चिम वीरेन्द्रनगर सुर्खेतमा यहाँहरुलाई स्वागत गर्दछ लेखिएको बोर्ड राखेका हुन ।   आन्दोलन सुस्त भएपछि दललाई गुहारियो   अखण्ड मध्यपश्चिमको माग गर्दै छुटाछुटै आन्दोलनमा उत्रेका राजनीतितक दललाई अखण्ड मध्यपश्चिम नागरिक सरोकार संघर्ष समितीले एकजुट भएर आन्दोलमा उत्रिन आग्रह गरेको छ ।   मंगलवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन मार्फत  एजेण्डा एउटै तर आन्दोलन फरक फरक भएकाले आन्दोलन खुुकु्लो हुदैँ गएको र १० दिन सम्म पनि राज्य पक्षले माग सम्बोधन गर्ने कुनै संकेत नदिएकाले आन्दोलनलाई सशक्त बनाउन राजनीतितीक दलको झण्डा त्यागेर एकता बद्ध भई आन्दोलन चर्काउन आग्रह गरेको हो ।   आन्दोलनको आशय भनेको अखण्ड मध्यपश्चिम र त्यसको प्रादेशिक राजधानी सुर्खेत बनाउनुपर्ने भए पनि सबैको आ आफ्नै हठका कारण आन्दोलन एकीकृत हुन सकेको छैन ।   पत्रकार सम्मेलनमा उपस्थित नेताहरु चक्रपानी शर्मा, कविराम पुरी, प्रचण्ड पोख्रेल, कपिन्द्र केसीले सामुहीक रुपमै यो आन्दोलनलाई एकीकृत गरेर लिए मात्रै निश्कर्षमा पुग्ने बताएका थिए ।   ति नेताहरुले केही दिन आगाडि एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुर्खेत लगाएतका स्थनामा भएको न्यायोचित आन्दोलनका बारेमा यि सबै आन्दोलनकारी  हरियो घाँस भित्रको सर्प हुन भन्ने कुराले आन्दोलनकारीमा झन आगोमा घियू थपिदिएको पनि बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending