Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

अन्त्येष्टि हुनै लाग्दा बौरिएकी महिलाको ७ दिनपछि अस्पतालमा मृत्यु

खबरडबली संवाददाता

काठमाडाैं । इक्वेडरको एक अस्पतालले मृत घोषणा गरेको पाँच घन्टामा बौरिएकी एक महिलाको उपचारका क्रममा सात दिनपछि मृत्यु भएको छ । पुनः अस्पताल भर्ना गरिएको सात दिनपछि उपचारका क्रममा अस्पतालमा नै ७६ वर्षीया बेला मोन्टोयाको मृत्यु भएको हो।

इक्वेडरको स्वास्थ्य मन्त्रालयले ‘हर्ट अट्याक’ (मुटुमा कम रगत प्रवाह) को कारण गएको शुक्रबार नै उनको मृत्यु भएको जनाएको छ । मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर अस्पतालमा उपचारका क्रममा उनलाई पूर्ण निगरानीमा राखिएको जनाएको छ।

स्थानीय पत्रिकालाई उधृत गर्दै बीबीसीले जनाएअनुसार उनका छोराले पनि आमाको मृत्यु भएको पुष्टि गरेका छन् । छोरा गिल्बर्ट बार्बेराले भनेका छन्, “यसपटक मेरो आमाको साँच्चिकै निधन भएको हो। मेरो जीवन अब उस्तै हुने छैन।”

उनको मृत्युपछि शवलाई जुन ९ मा पुर्‍याइएकै अत्येष्टि स्थलमा लगिएको छ, जहाँ शोकसभापछि अत्येष्टि भएको छ। यसअघि चिकित्सकले मृत घोषणा गरेपछि अन्त्येष्टिस्थलमा पुर्‍याएपछि उनले कफिन ढक्ढकाएपछि तुरुन्तै अस्पताल पुर्‍याइएको थियो।

बीबीसीका अनुसार मृत घोषणापछि बौरिएकी मोन्टोया पहिलो व्यक्ति होइनन्। गएको फ्रेब्रुअरीमा अमेरिकाको न्युयोर्कमा ८२ वर्षीया एक महिलालाई अत्येष्टि गरिने घरमा सुताइसकेपछि उनले सास फेर्दै गरेको पत्ता लागेको थियो। त्यसको तीन घन्टाअघि मात्र अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गर्मी बढेसँगै घरभित्रै सर्पको जोखिम, ओछ्यानमै पुग्छ मृत्युकाे खतरा

बढ्दो तापक्रमसँगै गाउँदेखि शहरसम्म सर्पको त्रास, लापरबाहीले निम्त्याउन सक्छ ज्यानै जाने जोखिम

विश्वकप हेर्न प्रोजेक्टरमा भिड जम्मा गर्न अनुमति अनिवार्य, डिजिटल ठगीबाट सचेत रहन आग्रह

काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप–२०२६ बिहीबार मध्यरातिबाट सुरु भएसँगै नेपालमा पनि प्रोजेक्टरमार्फत साम...

कोशी भेलाअघि विराटनगरमा जुटे शेखर–शशांक

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आइतबार आयोजना गर्ने कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन कांग्रेस नेता शेखर कोइराला र पूर्व महामन्त्री...

विश्वकप २०२६ इतिहासकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने प्रतियोगिता बन्ने जोखिम

काठमाडौं । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबल हालसम्मकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने खेल प्रतियोगिता बन्न सक्ने भन्दै विज्ञहरूले चिन्ता ...

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँप...

मल अभावले दाङका किसान संकटमा : रातभर लाइन, आधा बोरा मलमै चित्त बुझाउन बाध्य

घोराही (दाङ)  । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...

विश्वकपमा अमेरिकाको दबदबा : पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...

महिला प्रजनन क्षमता कति लामो समयसम्म लम्ब्याउन सकिन्छ ? विज्ञान र सीमाबीचको बहस

काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...

उमेरसँगै घट्ने प्रजनन क्षमता : ढिलो सन्तान योजना र अण्डा–भ्रूण भण्डारणको विकल्प

काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...

कर्मचारी कुटपिट गरी फरार भएका संजीव मल्ल पक्राउ

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending