Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

देउवालाई भट्टराईको जवाफ, –‘तपाईकै हठका कारण पहिलो जनयुद्ध भयो, दोस्रो गर्न नपरोस्’

\"baburam_deuwa\"काठमाडौं । एकिकृत नेकपा माओवादीका नेता तथा राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले समितिको बैठकमा अति भएपछि कांग्रेसका नेता शेर बहादुर देउवालाई पहिला ४० सुत्रिय माग राखि जनयुद्धमा गएको र अहिलेपनि पनि आफु १०० बुँदे माग राखि अर्को जनयुद्धमा जानसक्ने जवाफ दिएको बताएका छन् ।   पेरिसँडाडामा जनयुद्धको तयारीकै क्रममा मारिएका माओवादी नेता रामबृक्ष यादवको स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् । भट्टराईले देउवाको नाम नलिइकनै संवाद समितिमा हुने हुने छलफलको उद्धरण दिदैं सिमाकंनमा हठ र ‘अखण्ड सुदुरपश्चिम’ नछोडेपश्चात यस्तो जवाफ दिएको बताए ।   भट्टराईले भने, –‘एक नेतालाई अति भएपछि मैले भनिदिँए–पहिला पनि तपाईकै हठ र पालामा ४० सुत्रिय माग राखेर जनयुद्धमा जान पर्र्यो । अहिले पनि तपाईले अखण्डको हठ छोड्नुभएन भने १०० सुत्रिय माग राखेर जनयुद्धमा जाने हिक्मत म मा छ’ ।   सहिद रामबृक्ष यादवप्रति श्रदान्जली अर्पण गर्दै भट्टराईले शक्ति सापेक्षताको आधारमा संविधानमा सहमति गर्नुपरेको दोहोर्याए । कतिपय क्रान्तिकारी साथिहरुका कारण अघिल्लो संविधानसभाबाट ठुलो उपलब्धी हुने अवस्थामा समेत ठुलो भाग खोज्दा गुमेको र अहिले पनि सम्झौता नगरे उपलब्धीे गुम्नसक्ने बताए  भट्टराईले भने, –‘क्रान्तिकारी कुरा गर्दा क्रान्तीकारी त होइएला तर उपलब्धी रक्षा गर्नु अर्को कुरा हो’ ।   उनले थारुवान र कर्णालीको आवाज जायज भएको र अरु अखण्ड आन्दोलन संघियता बुझाउन नसक्नुको परिणाम भएको समेत बताए । देश मात्रै अखण्ड हुन्छ भन्दै भट्टराईले जिल्ला नै नरहने हुँदा अखण्डताको कुरा नाजायज रहेको समेत बताए । कार्यक्रमलाई मधेशका अर्का नेता रामचन्द्र झा ले पनि सम्बोधन गरेका थिए । उनले प्रदेश नं. ३ जायज भएको पछिल्लोपटक पहाड मिसाउनुपर्छ भन्ने कुरा नाजायज रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending