काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालेन र हर्क साम्पाङ आफ्नो प्रेरणाको स्रोत रहेको बताएका छन् । चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले धरान उपमहानरका मेयर हर्क साम्पाङको प्रेरणाबाट चितवनमा अहिले पानी ल्याएको बताउँदै भने– ‘हर्क साम्पाङले धरानमा ढुंगा बोक्ने अभियान सुरू नगरेको भए मलाई पानी ल्याउने कुरामा प्रेरणा मिल्ने थिएन । आज उहाँ विशेष कारणले उपस्थित हुन सक्नुभएन ।’
उनले काठमाडौं महानगरका मेयर बालेन शाहबाट पनि प्रेरणा लिएको बताउँदै नयाँ र पुराना दलहरूबाट शिक्षा लिएर अघि बढ्नुपर्ने बताए । शिक्षा र स्वास्थ्यमा बालेनले गरेको कामबाट आफूलाई प्रेरणा मिलेको उनको भनाइ थियो ।
विस्तारै एकएक गर्दै देशलाई नै आत्मनिर्भर बनाउँदै जानुपर्ने बताउँदै –‘आज हामीले यहाँबाट एउटा अभियान थालौं । म चितवनवासीलाई आह्वान गर्न चाहन्छु । आजबाट चितवनमा विदेशबाट आएका माछा र केरालाई प्रवेश निषेध गरौं । हामी यही उत्पादनमा आत्मनिर्भर बनौं । हामी त्यसमा आत्मनिर्भर बन्न सक्छौं’ उनले भने
उनले चितवनको आफ्नो कार्यालयमा राख्न पाँच सयबाट एकजना सीईओ छानिसकेको बताउँदै चाँडै कार्यालय उद्घाटन गर्ने बताए । उनले सिइओको नाम नखुलाए पनि विदेशबाट सेवा सुविधा त्यागेर आएको व्यक्ति भएको बताए ।
सो अवसरमा उनले चितवनका स्थानीय तहका जनप्रतिनिधिहरूलाई सहकार्य गर्न आह्वान गर्दै चुनाव जितेर आएपछि दलको प्रतिस्पर्धी नभइ जनताको सेवक भएकाले मिलेर काम गर्न आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: