Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

विश्वकप क्रिकेट छनोट : नेपालले अमेरिकालाई हरायो

खबरडबली संवाददाता
काठमाडौं । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकालाई पराजित गरेको छ । 
 
जिम्बावेका ताकशिंगा स्पोर्ट्स क्लबमा आज भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै विजयी हासिल गरेको हो । यस जितसँगै नेपालले शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान बनाउने सम्भावनालाई बलियो बनाएको छ । 
 
अमेरिकाले जितका लागि दिएको २ सय ८ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग-यो । नेपालको जितमा भीम सार्कीले सर्वाधिक ७७ रनको योगदान दिए । उनले  १ सय १४ बलमा ७ चौका र १ छक्कासहित अविजित ७७ रन बनाएका हुन । 
 
त्यस्तै दीपेन्द्रसिंह ऐरी ३२ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे । त्यस्तै ओपनर कुशल भुर्तेल ५४ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा आउट भए । अर्का ओपनर आसिफ शेखले १२ रन बनाए । 
 
कप्तान रोहित पौडेल २९ बलमा २ चौकासहित १६ रनमा आउट भए । कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए । 
 
बलिङतर्फ अमेरिकाका सौरभ नेत्रवालकर, केन्जिगे, निसर्ग पटेल र स्टिभ टेलरले समान एकरएक विकेट लिए ।
 
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो । अमेरिकाका लागि शायन जाहान्गिरले सर्वाधिक एक सय रनको योगदान दिए । उनले ७९ बलमा १० चौका र ३ छक्काको सहयोगमा अविजित एक सय रनको योगदान दिएका हुन् । 
 
सुशान्त मोदनीले ४२ रन बनाए । उनले ७१ बलमा ३ चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाएका हुन् । त्यस्तै गजानन्द सिंहले २६ रन बनाए । उनले  ४१ बलमा २ चौका र १ छक्काको सहयोगमा २६ रन बनाएका हुन् । जसदिप सिंहले २५ बलमा १२ रन बनाए । 
 
नेपालका लागि करण केसीले ४ विकेट लिए । तेस्तै गुलशन झाले ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी २ विकेट तथा ललितनारायण राजवंशीले १ विकेट लिए । 
 
जारी प्रतियोगितामा दुई खेल खेलको नेपालको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । नेपालले अब आफ्नो तेस्रो खेल यही असार ७ गते वेस्टइन्डिजसँग खेल्नेछ । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending