Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

सर्वनाममा ‘सोझो गाउँले’का कवितामा दर्शक मुग्ध

\"Sarwanam‘अमेजनमा डेटिङ गएका उनीहरु अलास्कामा डोली अन्माउँदैछन् सेरेङ्गेटीमा हनिमुन मनाएर सुन्दरवनमा सन्तान जन्माउँदैछन् गर्मीमा साइबेरिया घुमेपछि जाडो काट्न कोसीटप्पु आउँदैछन् बिना पासपोर्ट, बिना भिसा चराहरु सारा संसार धाउँछन् ’ काठमाडौं । युवा कवि ‘सोझो गाउँले’ले मङ्गलबार कालिकास्थानस्थित सर्वनाम नाट्यशालामा आफ्नो ११औँ नं को कविता ‘आकास र चराहरु’ वाचन गरिरहँदा दर्शकदीर्घामा भावुकता छाएको देखिन्थ्यो । मानिस मात्र जात, धर्म र राष्ट्रियताका लागि लड्छन् तर चराको स्वतन्त्र राज्य सिङ्गो ब्रह्माण्ड हो, उनीहरु स्वतन्त्र छन् भन्ने भावना कविताले बोकेको थियो । यो कविता मात्र होइन, उनका हरेक कविता दर्शक र स्रोताको ध्यान उत्तिकै तान्न सफल भएका थिए । श्री लुनकरणदास गङ्गादेवी साहित्य कला–मन्दिर’ले विगत तीन वर्षदेखि हरेक महिनाको १ गते ‘हामी’ शीर्षकमा कविता गोष्ठी गर्दै आएको छ जसमा पुराना र नयाँ पुस्ताका एक÷एक कविले कविता सुनाउने चलन छ । ‘आकास र चराहरु’ कविता वाचन गर्नुअघि वास्तविक नाम भरत भण्डारी रहेका कवि ‘सोझो गाउँले’ ले लेखोटमा नहेरी धाराप्रवाह रुपमा १४ कविता सुनाउन भ्याए । सबै कवितामा उत्तिकै तालीको गड्गडाहट आवाज आयो । विसं २०६०÷६१ देखि कविता लेख्न थालेका सोझो गाउँले भने –‘सुरुमा हेरैरै कविता वाचन गर्थेँ, हेरेर गर्दा कविताको वास्तविक मज्जा हराउँछ भनेर सुरु सुरुमा कविता घोकेर आउँथे, आजकल त बानी भएछ मञ्चमा उभिने बित्तिकै कविता पर्र फुर्छ ।’ सोझो गाउँलेले ‘कविहरुको देशमा’ नामक कविताबाट वाचन सुरु गरेका थिए । ‘पर्यटक भएर प्लेटोपनि कविता लेख्न थालेछन्’ भनेर उनले नेपाललाई कविहरुको देश भनेर व्याख्या गर्न खोजे । दोस्रो कविता ‘माटो र ममता’मा उनले ‘जसले आमालाई बुझेको हुन्छ त्यसले चिनेको हुन्छ देश’ भन्दै देशभक्ति भावना प्रस्तुत गरे । भूस्वर्ग घुमाउँदा’ कवितामा जातीय तथा धार्मिक एकताको सन्देश दिए भने ‘चिनारी’ कवितामा देशको परिचय देखाए । छैटाँै कविता ‘सिसिफसको नियति’मा उनले नेपालको अस्थिर राजनीतिको व्यङ्ग्य गरे भने ‘सभ्यताको कुरुप अनुहार’मा उनले विभेदबारे बोले । त्यसपछि ‘बेइमान सहरमा सोझो गाउँले’ शीर्षक कवितामा उनले सहरिया स्वार्थीपन उजागर गरे । बझाङबाट आएर राजधानीमा सङ्घर्ष गरिरहेका उनले झन्डैझन्डै आफ्नै कहानी सुनाए झै भान हुन्थ्यो । नरोकिएका उनले मानवतासम्बन्धी कविता सारङ्गीको ¥याइँ¥याइँ’ सुनाए भने ‘जखमपछि जागेको मन’ भन्दै भूकम्पपछि नेपालीको केही वुद्धि पलाएको उद्घोष गर्दा नाटकघरमा समर्थनका ताली बजे । रक्सीका बेफाइदालाई हाँस्यरुपमा प्रस्तुत गर्दै ‘बिजुली पानी’ कविता दसौँ कविताको रुपमा गुञ्जियो । त्यसपछि ‘हार स्वीकार्दैन जिन्दगी’ भन्दै सङ्घर्ष गर्न सिकाएका उनले ‘आकास र चराहरु’ र ‘उदास साँझ’ कविता सुनाउँदा बाहिर चराचुरुङ्गी चिरचिराहटले साँझको सङ्केत दिन लागेको थियो । सोझो गाउँलेले सुनाएको अन्तिम कविता प्रेमको इजलासमा प्रतिवादीको बयान’ले विशेषतः तन्नेरीको मनको कुरा बोल्यो । यसमा एकतर्फी प्रेम गर्नु पाप हैन भन्ने कुरा दर्साइएको थियो । हाल राजधानीका केही कलेजमा नेपाली विषय अध्यापनरत भर्खरै २७ औँ वसन्त टेकेका कवि सोझो गाउँले भन्नुहुन्छ, ‘कविता लेखेर मात्र यहाँ जीविका चलाउन गाह्रो छ, सङ्घर्ष गर्दैछु, विस्तारै चिनिँदै छु, देशले गति लिएमा एक दिन कविता लेखेरै जिन्दगी धान्ने आशामा छु ।’ यसअघि, पुराना पुस्ताका कवि अमर गिरीले वाचन गरेका ‘भोक’ ‘हँसिया’ ‘परिचय’, ‘महाकालीको किनारामा’, ‘सहस्र कविता’, ‘नायक’, ‘ठीक त्यसैगरी’ र ‘वन र स्त्री’ कविताले पनि दर्शक–स्रोताको मन जितेको थियो । श्री लुनकरणदास गङ्गादेवी साहित्य कला–मन्दिर’का महासचिव विष्णुविभू घिमिरेले नयाँ र पुराना कविलाई एकै मञ्चमा स्थान दिएर युवामा कविलाई प्रेरणा दिने आफूहरुको उद्देश्य रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending