Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

बन्द भएको उदयपुर सिमेन्ट महाप्रबन्धककाे राजिनामा पछि पुनः संचालनमा

खबरडबली संवाददाता

उदयपुर । गएको चैत महिनादेखि बन्द रहेको उदयपुर सिमेन्ट उद्योगले उत्पादन सुरु गरेको छ । पूर्ण रुपमा सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्टले बुधबारदेखि किलिङ्कर उत्पादन सुरु गरेको हो । 
गएको वर्ष देखि अधिकाँश समय बन्द हुँदै संचान हुँदै आएको उद्योग गत वर्ष चैत्र २९ गते न्यू आयन सप्लायर्स भैरहवाले सुनसरीको इटहरीबाट दुई ट्रक गरी ४२ टन कोइलामा भुस मिसिएर ल्याएपछि सोही समय देखि बन्द भएकोे थियो ।

उद्योगका निमित्त महाप्रबन्धक उमा शंकर आन्नदले बुधबार विहानदेखि उद्योगले किलिङकर उत्पादन सुरु गरेको  बताए ।

यस बीचमा २९ महिना उद्योगमा महा–प्रबन्धकको जिम्मेवारी सम्हालेका गोपीकृष्ण न्यौपानेले राजीनामा समेत दिएका छन् । उद्योग संचालनमा सरकारले सहयोग नगरेको भन्दै न्यौपानेले राजिनामा दिएका हुन् । 

उदयपुर उद्योग संचालन समितिका अध्यक्ष केश्व कुमार बस्नेतले गएको सोमबार एक बैठक राखेर उद्योग सञ्चालनमा ल्याएको बताए । गएको चैत महिनामा जम्मा ३ दिन चलेर बन्द भएको र बुधबार देखि उद्योगले किलिङ्कर उत्पादन सुरु गरेको उनको भनाइ छ ।

तत्कालिन महाप्रबन्धक न्यौपानेले नै बन्द गराएको उद्योग उनले राजिनामा दिएपछि पुनः संचालनमा आएको उदयपुर सिमेन्ट उद्योगका अध्यक्ष बस्नेतको भनाइ छ । उनका अनुसार यस अघि नै पटक पटक उद्योग संचालन गर्नको लागि पहल गरिए पनि महाप्रबन्धक न्यौपानेले रोक्दा बन्द हुन पुगेको थियो ।

दैनिक आठ सय टन क्षमताको उद्योगबाट औसतमा ६ सय टनसम्म सिमेन्ट उत्पादन हुँदै आएको थियो । न्यौपानेले २९ महिना उद्योगको जिम्मेवारी सम्हाल्दा एक अर्ब नौ करोड रुपैयाँ व्ययभार थपिएको छ ।

उद्योगमा कार्यरत कर्मचारी र उदयपुरका स्थानीयले महाप्रबन्धक न्यौपानेका कारण उद्योगमा निरन्तर क्षतिपुगेको भन्दै पदबाट हटाउन माग राखी चरणबद्ध आन्दोलन गर्दैै आएका थिए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending