Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

प्रभावकारी बन्दै चिया किसानलाई दिइएको प्राविधिक तालिम

खबरडबली संवाददाता

काठमाडाैं ।  राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामका किसानलाई दिइएको गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम प्रभावकारी देखिएको छ । दुई हजार सात सय ९० चिया किसानलाई गत मङ्सिरमा तालिम प्रदान गरिएको थियो । 

चिया टिपाइको मध्य मौसममा आएर उक्त तालिमको प्रभावकारिता महसुस गरिएको सूर्योदयका किसान रमेश भट्टराईले बताए । उनले भने, “हामिलाई चिया रोप्नेदेखि, छाँटकाँट, मलजल, टिपाइ, ढुवानी, प्रशोधन, प्याकेजिङलगायत सबै क्षेत्रमा प्रयोगात्मक सीप सिकाइएको थियो ।” 

परम्परागतरुपमा चियाको टिपाइ गर्दै आएका किसान प्राविधिक तालिम पाएपछि काममा सहजता भएको बताउँछन् । “विगत वर्षमा भन्दा यस वर्ष सहज तरिकाले चियाको काम गर्न सकिरहेका छौँ”, तालिममा सहभागी किसान रोहित सापकोटाले भने, “तालिमकै कारण चियाको गुणस्तर र उत्पादनमा समेत १० प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ ।” 

तालिम पाएपछि किसानलाई चिया टिप्न मात्र नभएर मलखादको व्यवस्था, गोडमेल, काँटछाँट जस्ता कामको शैलीमा परिवर्तन भएको छ । उनीहरुले अहिले प्राविधिक उपकरणको प्रयोगसमेत बढाएका छन् । चिया श्रमिकको प्रत्यक्ष अभाव भोग्दै आएका किसानले यही झन्झटबाट मुक्ति पाउन मेसिनको प्रयोग गर्ने गरेका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चरणबद्धरुपमा किसान लक्षित प्रयोगात्मक कार्यक्रम सञ्चालन गरिरहेको बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले बताए । उनले भने- यसअघि पनि चियाका लागि धेरै कार्यक्रम भए तर उद्योगसम्म पुगेका कारण चिया किसानले केही जानकारी नपाएको गुनासो आयो, गएको मङ्सिरमा भने किसानसँगै प्रत्यक्षरुपमा रहेर पूर्ण प्रयोगात्मक प्रशिक्षण गराएका थियौँ, किसानले व्यावहारिक ज्ञान र सीप एकैपटक सिक्नुभएछ खुसी लाग्यो । 

पन्ध्रदेखि ३० जनाका ११ वटा समूह बनाएर प्रत्येक समूहमा दुई चिया प्राविधिकबाट तालिम सञ्चालन गरिएको थियो । तालिम जिल्लाका फिक्कल, मङ्गलबारे, इलाम, शान्तिडाँडा, जस्विरे, साँखेजुङलगायतमा फिल्डमा नै सञ्चालन गरिएको थियो । बोर्डले तालिका बनाएर जिल्लामा छरिएका सबै समूहमै पुगेर प्राविधिकमार्फत चियाको कटिङसहित मौसमअनुसारका काम सिकाउँदै आएको छ ।

चियालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपाली चियाको गुणस्तर अभिवृद्धि गर्न, जैविक प्रमाणित भएको चिया निर्यात अभिवृद्धि गर्न, अर्थोडक्स चियाको निर्यात मूल्यवृद्धि गर्न, चिया उत्पादकको आम्दानीमा दिगो सुधार तथा चिया क्षेत्रमा लगानी वृद्धि र थप रोजगारी सिर्जना गर्ने मुख्य लक्ष्य रहेको निर्देशक भट्टराईले जानकारी दिनुभएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: