सप्तरी । सप्तरीमा आर्थिक वर्ष ०८० ८१ को सभा गर्ने पहिलो पालिका छिन्नमस्ता गाउपालिका बनेको छ । बिहीबार एक कार्यक्रमकाबीच छिन्नमस्ता गाउँपालिकाले १० औ गाउँसभा समपन्न गरेको हो ।
गाउँसभाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । आगामी आर्थिक वर्षका लागि ३४ करोड ८३ लाख २३ हजार रुपैयाँको अनुमानित आय व्यय पारित भएको हो ।
अघिल्ला जनप्रतिनिधिहरुको कार्यकालमा गाउँसभा नहुँदा यो पालिका संकटग्रस्त भएको थियो । लगातार तीन आर्थिक वर्ष सम्म गाउसभा नहुनु र बाँकी दुई वर्षमा पनि तोकिएको नियमित समयमा गाउँसभा नहुँदा छिन्नमस्ता गाउँपालिका संकटपूर्ण अवस्थामा पुगेको थियो ।
गत वर्ष नयाँ जनप्रतिनिधि आएपछि यो पालिकामा समयमै सभा हुन थालेको छ । भने असार १० भित्र आगामी आर्थिक वर्षको गाउँसभा गरिसक्नुपर्ने कानुनी व्यवस्था अन्तर्गत छिन्नमस्ता गाउँपालिका यसपटक जिल्लामै पहिलो सभा गर्ने स्थानीय तह बनेको छ ।
समयमै गाउँसभा गर्न सकिएन भने पूरै आर्थिक वर्षमा काम प्रभावित हुने छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताए । कार्यपालिका सदस्यहरुको भावना र नागरिकबाट आएका योजनालाई समावेश गरी नीति तथा कार्यक्रम र बजेट निर्माण भएकाले आउँदो वर्ष छिन्नमस्ता गाउँपालिकाका लागि विकासको वर्ष हुने उनले बताए ।
अघिल्लो पटकका जनप्रतिनिधिहरुको समयमा लगातार तीन आर्थिक वर्षसम्म गाउँसभा नहुँदा पालिका नराम्ररी प्रभावित भएकाले तोकिएको समय भन्दा अगावै गाउँसभा गरी आर्थिक वर्षको प्रारम्भसँगै योजनाका कामहरु अगाडि बढाउने सोचमा रहेको पालिका अध्यक्ष चौधरीको भनाइ छ ।
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी मुलुकमै दोस्रो कम उमेरका पालिका प्रमुख हुन् । उनी २७ वर्षका भए । लोकतान्त्रिक समाजवादी पार्टीबाट छिन्नमस्ता गाउँपालिकामा एक्लो निर्वाचित जनप्रतिनिधि रहेपनि अन्य पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको सहयोगबाट आफू समय अगावै गाउँसभा गर्न सफल भएको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८१ - १५:१०
जनकपुरधाम । यस वर्षको महामूर्ख उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ। होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिन...
फाल्गुन ३० गते, २०८१ - १५:०८
काठमाडौं । शिक्षक महासंघले नेकपा(माओवादी केन्द्र)को पार्टी कार्यालयमा धर्ना दिएको छ।शुक्रवार चौथो दिनको धर्नाअन्तर्गत महासंघले नेकपा (माओवादी केन्द्र...
फाल्गुन ३० गते, २०८१ - १४:५०
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । ‘रोजगारी र सुशासनका लागि’ भन्दै शुक्रवार पत्रकार सम्मेलन गरेर एकीकृत समाजवा...
फाल्गुन ३० गते, २०८१ - १४:४६
काठमाडौं । पछिल्लो समय राजावादीहरूले गरिरहेको गतिविधिप्रति नागरिक समाजले आपत्ति जनाएको छ । वृहत् नागरिक आन्दोलनको लेटरप्याडमार्फत् गरिएको सार्वजनिक अप...
फाल्गुन ३० गते, २०८१ - १४:४४
काठमाडौं । प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र स्पेसएक्सले शुक्रबार एजेन्सीको क्रु–१० मिसनलाई अन्तर्राष्ट्रिय अन्तरिक्...
फाल्गुन ३० गते, २०८१ - १४:१३
महोत्तरी । महोत्तरीकाे लोहारपट्टी नगरपालिका–४ खुट्टापिपराढीस्थित रेल्वे ट्रयाक सुरक्षा पोस्टमा कार्यरत् सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) धर्मेन्द्...
फाल्गुन ३० गते, २०८१ - १४:०२
काठमाडौं । देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। दाङ, घोराही उपमहानगरपालिका-६ घर भई सोही उपमहानगरपालिका-१३ डुम्मरगाउँ डेरा ...
फाल्गुन ३० गते, २०८१ - १३:५६
नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जीपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जीप...
फाल्गुन ३० गते, २०८१ - १३:४३
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमलामाई नगर समितिको आयोजनामा नगरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्...
फाल्गुन ३० गते, २०८१ - १३:३१
सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–४ स्थित नवलपुर मलंगवा सडक खण्डमा गम्हरिया तर्फबाट मलंगवा तर्फ आउँदै गरेको नम्वर नखुलेको एम्बुलेन्सले तीन जना पैदल...
प्रतिकृया लेख्नुहोस्: