Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

विव्यस अध्यक्षमा दलीय भागवण्डा: कोहलपुरका ३५ सय बालबालिकाको भविष्य अन्धकारमा

डिल्ली शाही

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाको लक्ष्मी माध्यमिक विद्यालय बर्दहवामा गत शैक्षिक सत्रमा गणित र विज्ञानको विज्ञापन खुल्यो । विद्यालय व्यवस्थापन समिति गठन नहुँदा शिक्षक नियुक्ति हुन सकेन । दरबन्दी नै बन्द भयो । विद्यालय व्यवस्थापन समिति गठन गर्न झन्डै एक दर्जन पटक अभिभावकको बैंठक डाकियो । राजनीतिक खिचातानीले व्यवस्थापन समिति गठन हुन सकेन ।

‘राजनीतिक दलहरुको नगर स्तरीय बंंैठकबाट कुन विद्यालयमा कुन राजनीतिक दलको विव्यस अध्यक्ष बनाउने भागवण्डा भएको छ ?’ विद्यालयका प्रधानाध्यापक जयबहादुर विष्टले प्रष्ट पारे, ‘हाम्रो विद्यालयमा एमालेको विव्यस अध्यक्ष बनाउने निर्णय भएको रहेछ । वडाले सो निर्णयलाई कार्यान्वयन नगरेपछि अझै विव्यस गठन हुन सकेको छैन ।’

प्रअ विष्ट दोष जति दलमाथि थोपरेर आफू पानीमाथिको ओभानो बन्न खोज्छन् । ‘विद्यालय प्रशासनको यसमा कमजोरी छैन,’ उनले थपे, ‘मैले १० पटकसम्म बैठक बोलाइसकेको छु ।’ विद्यालयमा विषयगत शिक्षक नहुँदा विज्ञान र गणित जस्ता विषयको पनि काम चलाउ पढाइ भइरहेको छ ।

दलीय भागवण्डाले विद्यालय व्यवस्थापन समिति गठन नहुँदा शैक्षिक समस्या भोग्ने कोहलपुरको लक्ष्मी मावि एक्लो विद्यालय होइन । सरस्वती मावि पिपरीमा पनि शिक्षक नियुक्ति, भौतिक पूर्वाधारलगायत अन्य कामहरु सुचारु हुन सकेका छैनन् ।

प्रअ विशाखर जैसीका अनुुसार नगर अनुदान पाएका गणित र विज्ञान विषयको शिक्षक विव्यस समिति नभएकै कारण नियुक्ति हुन सकेन । विद्यालयमा विषयगत शिक्षक छैैनन् । अझै बालबालिकाले पढ्न पाएका छैनन तर काम चलाउ तरिकाले अध्ययन÷अध्यापन गराइराखेको प्रअ जैसीले बताए ।

उनले दुःखेसो गरे, ‘राजनीतिक दलहरुले आफ्नो प्रतिष्ठा बचाउन अध्यक्ष पदमा जान निकै जोड गर्नुहुन्छ तर बालबालिकाले शैक्षिक सुधारमा दलको संवेदनशील हुनु भएन ।’

जनता मावि मैटहवाका प्रअ चन्द्रबहादुर खत्री पनि राजनीतिक खिचातानीकै कारण व्यवस्थापन समिति गठन नभएको बताउँछन् । ‘दलका कारण बालबालिकाको भविष्य अन्धकार भएको छ’, उनी भन्छन्, ‘विव्यस गठन गरी शिक्षक नियुक्ति गरौै भन्दा अहिले ७ महिना वित्तिसक्यो । गठन हुन सकेको छैन ।’

विव्यस गठन गर्ने भनि प्रक्रिया चले पनि नगर शिक्षाले रोकेपछि त्यसपछि गठन हुन नसकेको खत्री बताउँछन् । व्यवस्थापन समिति नहुँदाको मार निमावि र माविका विद्यार्थीले सामाजिक र विज्ञान विषयगत शिक्षकबाट पढ्न पाएका छैनन ।

नगरमा लक्ष्मी, सरस्वती र जनता मावि मात्र होइन, कोहलपुरमा कम्तीमा ६ महिनादेखि बढीमा एक वर्षसम्म पनि विव्यस गठन नभएका विद्यालयको संख्या पाँच छ ।

हिमालय मदरसा प्रावि बेलनपुर र ज्ञानज्योति मावि चप्परगौडी पनि व्यवस्थापन समिति विहीन छन् । यी विद्यालयमा शिक्षक नियुक्ति, भौतिक पूर्वाधार विकास, बालबालिकाको दिवा खाजा कार्यक्रम, शैक्षिक कार्यक्रम लागू गर्ने लगायत थुप्रै कामहरु हुन सकेको छैनन् ।

कोहलपुरका सामुदायिक विद्यालयमा फोहोरी राजनीतिका कारण विव्यस गठन नहुँदा ३५ सय भन्दा बढी बालबालिकाको पठनपाठन अबरुद्ध भएको छ । गत शैक्षिक सत्रबाट माध्यमिक तहमै विद्यार्थीले विषयगत शिक्षक पाएका छैनन् । अधिकांश विद्यालयमा गणित, विज्ञान र सामाजिक विषयका शिक्षकको अभाव छ ।

विव्यस प्रत्यक्ष बालबालिकासँग जोडिएको हुन्छ । भौतिक पूर्वाधार विकास गर्न, कुनै कमीकमजोरी देखिएमा निगरानी गर्न, शिक्षक र कर्मचारीको दरबन्दी स्वीकृत गर्ने, तह अनुसार विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान गर्ने, शैक्षिक कार्यक्रम लागू गर्ने, विशेषज्ञ नियुक्ति गर्ने जस्ता काम, कर्तव्य र अधिकार विव्यसमा हुन्छन् ।

सामुदायिक विद्यालयका शैक्षिक सुधार गर्न दल र नेता गम्भीर छैनन् । कोहलपुरलाई शैक्षिक हब बनाउने चर्को नारा लगाउने दल र तिनका नेताहरुले विद्यालयमा अध्ययनरत बालबालिकाको भविष्यमा नै खेलवाड गरिरहेको भन्दै अभिभावक दुःख व्यक्त गरिरहेका छन् ।
एता राजनितिक दलले दलिय भागवण्डाले विव्यस गठन हुन नसकेको झुट भएको बताएका छन् । नेपाली काँग्रेसका नगर सभापति विरेन्द्र कुमार शाह, नेकपा एमालेका नगर अध्यक्ष नम प्रसाद शर्मा र नेकपा माओवादी केन्द्रले दलिय भागवण्डा नगरी सहमतिका आधारमा विव्यस गठन गर्न खोजेको बताउँछन् । तर विव्यस गठन गर्न सहमति भएन भने निर्वाचनको प्रक्रिया चलाउनु पर्ने हो तर राजनितिक दलले बाधक बनेको भन्ने झुट भएको उनीहरुको भनाई थियो ।

प्रअले अभिभावक भेला नै बोलाउनु भएको छैन नेपाली काँग्रेसका नगर सभापति विरेन्द्र कुमार शाहले भने, विव्यस गठन गर्न र बालबालिकाको भविष्यको विषयमा नेपाली काँग्रेस गम्भिर भएको शाहले बताउँछन् ।

‘बालबालिकाको पढन नपाएको विषय पार्टी गम्भिर छ,’ नेकपा एमालेका नगर अध्यक्ष नम प्रसाद शर्माले भने, ‘प्रअले सहमति हुँदैन भने निर्वाचन पक्रियामा जानुपथ्र्थो तर अरुलाई आरोप लगाउँदै आफू ओभानो हुन खोज्नु गतल हो ।’ ‘नगरका कुनै पनि विद्यालयमा विव्यस गठन पक्रियामा नेकपा एमाले बाधक नबनेको शर्माले बताउँछन् ।

विव्यसमा दलिय भागवण्डा जस्तो गर्नुहुन्छ होला, अहिलेसम्म विव्यस गठन हुन सकेको छैन । जसकारणले ३५ सय बढि बालबालिकाले पढनबाट बञ्चित छन् नगर शिक्षा शाखाका प्रमुख राम बहादुर हमालले बताउँछन् । ‘कोहलपुर नगरपालिकाले नगर अनुदान दिन्छ तर नियुक्ति नगरी विज्ञापन नै बन्द हुन्छ यो जस्तो लाजमद्रो विषय के हुनसक्छ,’ ‘बालबालिकाको भविष्य भन्दा विव्यस दलका नेतालाई प्यारो लाग्दो  रहेछ ।’ हमालले थपे ।

   

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: