Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

विव्यस अध्यक्षमा दलीय भागवण्डा: कोहलपुरका ३५ सय बालबालिकाको भविष्य अन्धकारमा

डिल्ली शाही

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाको लक्ष्मी माध्यमिक विद्यालय बर्दहवामा गत शैक्षिक सत्रमा गणित र विज्ञानको विज्ञापन खुल्यो । विद्यालय व्यवस्थापन समिति गठन नहुँदा शिक्षक नियुक्ति हुन सकेन । दरबन्दी नै बन्द भयो । विद्यालय व्यवस्थापन समिति गठन गर्न झन्डै एक दर्जन पटक अभिभावकको बैंठक डाकियो । राजनीतिक खिचातानीले व्यवस्थापन समिति गठन हुन सकेन ।

‘राजनीतिक दलहरुको नगर स्तरीय बंंैठकबाट कुन विद्यालयमा कुन राजनीतिक दलको विव्यस अध्यक्ष बनाउने भागवण्डा भएको छ ?’ विद्यालयका प्रधानाध्यापक जयबहादुर विष्टले प्रष्ट पारे, ‘हाम्रो विद्यालयमा एमालेको विव्यस अध्यक्ष बनाउने निर्णय भएको रहेछ । वडाले सो निर्णयलाई कार्यान्वयन नगरेपछि अझै विव्यस गठन हुन सकेको छैन ।’

प्रअ विष्ट दोष जति दलमाथि थोपरेर आफू पानीमाथिको ओभानो बन्न खोज्छन् । ‘विद्यालय प्रशासनको यसमा कमजोरी छैन,’ उनले थपे, ‘मैले १० पटकसम्म बैठक बोलाइसकेको छु ।’ विद्यालयमा विषयगत शिक्षक नहुँदा विज्ञान र गणित जस्ता विषयको पनि काम चलाउ पढाइ भइरहेको छ ।

दलीय भागवण्डाले विद्यालय व्यवस्थापन समिति गठन नहुँदा शैक्षिक समस्या भोग्ने कोहलपुरको लक्ष्मी मावि एक्लो विद्यालय होइन । सरस्वती मावि पिपरीमा पनि शिक्षक नियुक्ति, भौतिक पूर्वाधारलगायत अन्य कामहरु सुचारु हुन सकेका छैनन् ।

प्रअ विशाखर जैसीका अनुुसार नगर अनुदान पाएका गणित र विज्ञान विषयको शिक्षक विव्यस समिति नभएकै कारण नियुक्ति हुन सकेन । विद्यालयमा विषयगत शिक्षक छैैनन् । अझै बालबालिकाले पढ्न पाएका छैनन तर काम चलाउ तरिकाले अध्ययन÷अध्यापन गराइराखेको प्रअ जैसीले बताए ।

उनले दुःखेसो गरे, ‘राजनीतिक दलहरुले आफ्नो प्रतिष्ठा बचाउन अध्यक्ष पदमा जान निकै जोड गर्नुहुन्छ तर बालबालिकाले शैक्षिक सुधारमा दलको संवेदनशील हुनु भएन ।’

जनता मावि मैटहवाका प्रअ चन्द्रबहादुर खत्री पनि राजनीतिक खिचातानीकै कारण व्यवस्थापन समिति गठन नभएको बताउँछन् । ‘दलका कारण बालबालिकाको भविष्य अन्धकार भएको छ’, उनी भन्छन्, ‘विव्यस गठन गरी शिक्षक नियुक्ति गरौै भन्दा अहिले ७ महिना वित्तिसक्यो । गठन हुन सकेको छैन ।’

विव्यस गठन गर्ने भनि प्रक्रिया चले पनि नगर शिक्षाले रोकेपछि त्यसपछि गठन हुन नसकेको खत्री बताउँछन् । व्यवस्थापन समिति नहुँदाको मार निमावि र माविका विद्यार्थीले सामाजिक र विज्ञान विषयगत शिक्षकबाट पढ्न पाएका छैनन ।

नगरमा लक्ष्मी, सरस्वती र जनता मावि मात्र होइन, कोहलपुरमा कम्तीमा ६ महिनादेखि बढीमा एक वर्षसम्म पनि विव्यस गठन नभएका विद्यालयको संख्या पाँच छ ।

हिमालय मदरसा प्रावि बेलनपुर र ज्ञानज्योति मावि चप्परगौडी पनि व्यवस्थापन समिति विहीन छन् । यी विद्यालयमा शिक्षक नियुक्ति, भौतिक पूर्वाधार विकास, बालबालिकाको दिवा खाजा कार्यक्रम, शैक्षिक कार्यक्रम लागू गर्ने लगायत थुप्रै कामहरु हुन सकेको छैनन् ।

कोहलपुरका सामुदायिक विद्यालयमा फोहोरी राजनीतिका कारण विव्यस गठन नहुँदा ३५ सय भन्दा बढी बालबालिकाको पठनपाठन अबरुद्ध भएको छ । गत शैक्षिक सत्रबाट माध्यमिक तहमै विद्यार्थीले विषयगत शिक्षक पाएका छैनन् । अधिकांश विद्यालयमा गणित, विज्ञान र सामाजिक विषयका शिक्षकको अभाव छ ।

विव्यस प्रत्यक्ष बालबालिकासँग जोडिएको हुन्छ । भौतिक पूर्वाधार विकास गर्न, कुनै कमीकमजोरी देखिएमा निगरानी गर्न, शिक्षक र कर्मचारीको दरबन्दी स्वीकृत गर्ने, तह अनुसार विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान गर्ने, शैक्षिक कार्यक्रम लागू गर्ने, विशेषज्ञ नियुक्ति गर्ने जस्ता काम, कर्तव्य र अधिकार विव्यसमा हुन्छन् ।

सामुदायिक विद्यालयका शैक्षिक सुधार गर्न दल र नेता गम्भीर छैनन् । कोहलपुरलाई शैक्षिक हब बनाउने चर्को नारा लगाउने दल र तिनका नेताहरुले विद्यालयमा अध्ययनरत बालबालिकाको भविष्यमा नै खेलवाड गरिरहेको भन्दै अभिभावक दुःख व्यक्त गरिरहेका छन् ।
एता राजनितिक दलले दलिय भागवण्डाले विव्यस गठन हुन नसकेको झुट भएको बताएका छन् । नेपाली काँग्रेसका नगर सभापति विरेन्द्र कुमार शाह, नेकपा एमालेका नगर अध्यक्ष नम प्रसाद शर्मा र नेकपा माओवादी केन्द्रले दलिय भागवण्डा नगरी सहमतिका आधारमा विव्यस गठन गर्न खोजेको बताउँछन् । तर विव्यस गठन गर्न सहमति भएन भने निर्वाचनको प्रक्रिया चलाउनु पर्ने हो तर राजनितिक दलले बाधक बनेको भन्ने झुट भएको उनीहरुको भनाई थियो ।

प्रअले अभिभावक भेला नै बोलाउनु भएको छैन नेपाली काँग्रेसका नगर सभापति विरेन्द्र कुमार शाहले भने, विव्यस गठन गर्न र बालबालिकाको भविष्यको विषयमा नेपाली काँग्रेस गम्भिर भएको शाहले बताउँछन् ।

‘बालबालिकाको पढन नपाएको विषय पार्टी गम्भिर छ,’ नेकपा एमालेका नगर अध्यक्ष नम प्रसाद शर्माले भने, ‘प्रअले सहमति हुँदैन भने निर्वाचन पक्रियामा जानुपथ्र्थो तर अरुलाई आरोप लगाउँदै आफू ओभानो हुन खोज्नु गतल हो ।’ ‘नगरका कुनै पनि विद्यालयमा विव्यस गठन पक्रियामा नेकपा एमाले बाधक नबनेको शर्माले बताउँछन् ।

विव्यसमा दलिय भागवण्डा जस्तो गर्नुहुन्छ होला, अहिलेसम्म विव्यस गठन हुन सकेको छैन । जसकारणले ३५ सय बढि बालबालिकाले पढनबाट बञ्चित छन् नगर शिक्षा शाखाका प्रमुख राम बहादुर हमालले बताउँछन् । ‘कोहलपुर नगरपालिकाले नगर अनुदान दिन्छ तर नियुक्ति नगरी विज्ञापन नै बन्द हुन्छ यो जस्तो लाजमद्रो विषय के हुनसक्छ,’ ‘बालबालिकाको भविष्य भन्दा विव्यस दलका नेतालाई प्यारो लाग्दो  रहेछ ।’ हमालले थपे ।

   

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending