पाँचथर । बाढीले पुल बगाएपछि सडक सम्पर्क टुटेको मेची राजमार्गस्थित रहेको हेँवा खोलाघाटमा डाइभर्सनको काम सकिएको सूचना पाएपछि संयौं सवारी साधन त्यसतर्फ लम्किए । सामाजिक सञ्जालमा आएको सो सूचनाका भरमा सवारी साधन तेता तिर लम्कीएका थिए ।
तथ्यहीन सूचनाको भर पर्दा अहिले सयौं यात्रु र सवारी साधन अलपत्र परेका छन् । हेँवा खोलामा डाइभर्सन गर्ने काम सुरु भएलगत्तै आइतवार साँझदेखि यातायात सुचारु हुने भन्दै यहाँका राजनीतिक दलका नेता कार्यकर्ता र जनप्रतिनिधिले सो सूचना पोष्ट गरेका थिए । ताप्लेजुङ र हेँवाखोला पारीको पाँचथरका हिलिहाङ, फालेलुङ र याङवरक गाउँपालिकाका नागरिक फिदिम र इलाम हुँदै झापाका लागि हिडेका भए पनि अहिले अलपत्र अवस्थामा रहेका छन् ।
‘बाटो खुल्नै लाग्यो, आइतवार बेलुका नै खुल्छ’ भनेर सामाजिक सञ्जालमा सूचना पोष्ट भएपछि सवारी साधन त्यतातिर लागेका थिए । सवारी साधन हेवा दोभान आइपुगेको ७ घण्टा बित्दासम्म खुलेको छैन । तथ्यहिन सूचनाको भरपर्दा संयौं सवारी साधन र यात्रुले दुःख पाएकाे ताप्लेजुङ साबलाखुका नेत्र लिम्बूले बताए ।
हेवा खोलाकिनारका भारपाखण्डमै भेटिएका मानबहादुर माबोले पनि फेसबुकको सूचनालाई बिश्वास गरेर हिड्दा भोकप्यासै खोला किनारमा ८ घण्टा बिताउनु परेको गुनासो गरे । राजनीतिक दलका नेता, कार्यकर्ता र जनप्रतिनिधिले श्रेय लिनका लागि काम भइरहेको स्थानमा पुगेर सेल्फी खिच्दै हतारमा सूचना सम्प्रेषण गर्नेगरेकाले ती सूचनालाई आधिकारिक मानेर हिड्दा नागरिकले दुःख पाएको उनले बताए ।
सडक डिभिजन कार्यालय इलामले बाढीले पुल बगाएको हेवा खोलामा आइतवार विहानदेखि ह्युमपाइप राखेर डाइभर्सन गर्ने प्रयास थालिएको छ । कम्तिमा १० वटा ह्युमपाइप आवश्यक पर्ने सो स्थानमा ६ वटा मात्रै उपलव्ध भएपछि ढुङगा हालेर बाटो खोल्ने प्रयास भइरहेको छ ।
बाढीले पुल बगाएपछि नौ दिनदेखि खोलापारी रहेका नागरिक बाटो खुलेको सूचना पाएसँगै विभिन्न स्थानका लागि हिँडेका थिए । सबै काम सकिन आज साँझ ५ वजेसम्म लाग्न सक्ने सडक डिभिजन इलामका इन्जिनियर हरेराम रिमालले बताए ।
बाटो खुल्ने आशामा ताप्लेजुङसहित हेँवा पारीको पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङतर्फबाट आएका संयौं यात्रु र सवारी साधन हिलिहाङ –७ मा अलपत्र परेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...
चैत्र १ गते, २०८२ - १९:२६
काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...
चैत्र १ गते, २०८२ - १९:२२
ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?
चैत्र १ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...


प्रतिकृया लेख्नुहोस्: