Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

तथ्यहीन सूचनाको भर पर्दा सयौं यात्रु र सवारी साधन अलपत्र

खबरडबली संवाददाता

पाँचथर । बाढीले पुल बगाएपछि सडक सम्पर्क टुटेको मेची राजमार्गस्थित रहेको हेँवा खोलाघाटमा डाइभर्सनको काम सकिएको सूचना पाएपछि संयौं सवारी साधन त्यसतर्फ लम्किए । सामाजिक सञ्जालमा आएको सो सूचनाका भरमा सवारी साधन  तेता तिर लम्कीएका थिए । 

तथ्यहीन सूचनाको भर पर्दा अहिले सयौं यात्रु र सवारी साधन अलपत्र  परेका छन् । हेँवा खोलामा डाइभर्सन गर्ने काम सुरु भएलगत्तै आइतवार साँझदेखि यातायात सुचारु हुने भन्दै यहाँका राजनीतिक दलका नेता कार्यकर्ता र जनप्रतिनिधिले सो सूचना पोष्ट गरेका थिए । ताप्लेजुङ र हेँवाखोला पारीको पाँचथरका हिलिहाङ, फालेलुङ र याङवरक गाउँपालिकाका नागरिक फिदिम र इलाम हुँदै झापाका लागि हिडेका भए पनि अहिले अलपत्र अवस्थामा रहेका छन् ।

‘बाटो खुल्नै लाग्यो, आइतवार बेलुका नै खुल्छ’ भनेर सामाजिक सञ्जालमा सूचना पोष्ट भएपछि सवारी साधन त्यतातिर लागेका थिए । सवारी साधन हेवा दोभान आइपुगेको ७ घण्टा बित्दासम्म खुलेको छैन । तथ्यहिन सूचनाको भरपर्दा संयौं सवारी साधन र यात्रुले दुःख पाएकाे ताप्लेजुङ साबलाखुका नेत्र लिम्बूले बताए ।

हेवा खोलाकिनारका भारपाखण्डमै भेटिएका मानबहादुर माबोले पनि फेसबुकको सूचनालाई बिश्वास गरेर हिड्दा भोकप्यासै खोला किनारमा ८ घण्टा बिताउनु परेको गुनासो गरे  । राजनीतिक दलका नेता, कार्यकर्ता र जनप्रतिनिधिले श्रेय लिनका लागि काम भइरहेको स्थानमा पुगेर सेल्फी खिच्दै हतारमा सूचना सम्प्रेषण गर्नेगरेकाले ती सूचनालाई आधिकारिक मानेर हिड्दा नागरिकले दुःख पाएको उनले बताए ।

सडक डिभिजन कार्यालय इलामले बाढीले पुल बगाएको हेवा खोलामा आइतवार विहानदेखि ह्युमपाइप राखेर डाइभर्सन गर्ने प्रयास थालिएको छ ।  कम्तिमा १० वटा ह्युमपाइप आवश्यक पर्ने सो स्थानमा ६ वटा मात्रै उपलव्ध भएपछि ढुङगा हालेर बाटो खोल्ने प्रयास भइरहेको छ ।

बाढीले पुल बगाएपछि नौ दिनदेखि खोलापारी रहेका नागरिक बाटो खुलेको सूचना पाएसँगै विभिन्न स्थानका लागि हिँडेका थिए । सबै काम सकिन आज साँझ ५ वजेसम्म लाग्न सक्ने सडक डिभिजन इलामका इन्जिनियर हरेराम रिमालले बताए ।

बाटो खुल्ने आशामा ताप्लेजुङसहित हेँवा पारीको पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङतर्फबाट आएका संयौं यात्रु र सवारी साधन हिलिहाङ –७ मा अलपत्र परेको उनले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending