Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

पहिलो पटक उमाविमा प्राविधिक विषयको पाठ्यक्रम

\"technical\"काठमाडौं । उच्चमाध्यमिक शिक्षा परिषद्ले पहिलो पटक कक्षा ११ र १२ का लागि प्राविधिक धारका पाँच विषयका पाठ्यक्रम तयार गरेको छ । कक्षा ९ र १० का प्राविधिक विषय लिइ प्रवेशिका परीक्षा उत्तीर्ण भई उच्च शिक्षा अध्ययनको अन्योलमा रहेका विद्यार्थीका लागि ढिलै भएपनि सो पाठ्यक्रमको तर्जुमाले राहत दिनेछ । गत दुई वर्ष अघिदेखि प्रवेशिका परीक्षामा सो धारबाट हालसम्म करिब सात हजार विद्यार्थी उत्पादन भइसकेका छन् । परिषद्ले वनस्पती विज्ञान, जीव विज्ञान, विद्युतीय, सिभिल र कम्युटर इञ्जिनियरिङसम्बन्धी पाँच विषयमा पाठ्यक्रमको प्रारुप तयार गरेको हो । सम्बन्धित विषयका विज्ञहरु क्रमशः प्रा डा नरेन्द्रमान शाक्य, प्रा डा शशीधरराम भण्डारी, प्रा सङ्गीतलाल नकर्मी, डा विनायकराज भण्डारी र प्रा डा दैनिकबहादुर नेपालीको नेतृत्वमा रहेका टोलीले सो प्रारुप तयार गरेको हो । सो प्रारुपमा शिक्षाविद् प्रा डा मनप्रसाद वाग्ले, प्रा डा वासुदेव काफ्ले र डा टङ्कनाथ शर्माको टोलीले परामर्श दिएको थियो । ती प्रतिपाठ्यक्रम कुल एक हजार २०० पूर्णाङ्कका छन् । सो पाठ्यक्रम कार्यान्वयनमा आएपछि कक्षा ११ र १२ तहमा प्राविधिक जनशक्ति तयार हुनेछन् । ती जनशक्ति घर जग्गा नाप्ने, भूकम्पप्रतिरोधक साधन जडान गर्न सक्ने, विद्युतीय काम तथा मर्मत गर्न सक्ने, पर्खालको पुनःनिर्माण गर्न सक्ने हुनेछन् । यो धारको शिक्षाले मुलुकमा शैक्षिक बेरोजगारको अन्त्य गराउन तथा खाडी मुलुकमा काममा गएमा पनि सीपयुक्त जिम्मेवारीमा बढी पारिश्रमिक पाउन सक्नेछन् । परिषद्का उपाध्यक्ष प्रा चैतन्य शर्माले सो पाठ्यक्रममा विद्यार्थीसँग परीक्षणसमेत गरिएकाले चाँडै पारित गरिने बताए । शिक्षा ऐन संशोधनमा ढिलाइ हुँदा कक्षा ९ देखि १२ सम्म माध्यमिक शिक्षाको एकीकृत पाठ्यक्रम र परीक्षा बोर्डको गठनमा अन्योल आएका बेलामा संसदीय समिति र शिक्षा मन्त्रालयको निर्देशनका आधारमा परिषद्ले पाठ्यक्रमको खाका कोरेको हो । कक्षा ९ र १० मा प्राविधिक विषय ९एनेक्स० कार्यक्रम सञ्चालन गर्ने ९९ सामुदायिक विद्यालय छन् । प्रस्तावित पाठ्यक्रमबारे आज शिक्षामन्त्री, पूर्व शिक्षामन्त्री, पूर्व शिक्षा सचिव, उच्च अधिकारी, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, कृषि अनुसन्धान परिषद्, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत अधिकारी र सरोकारवालासहितसँग छलफल गरिएको छ । शिक्षामन्त्री चित्रलेखा यादवले आगामी सन् २०२२ मा नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गराउने सरकारको लक्ष्यलाई सफल बनाउन गुणस्तरीय र सबैका लागि शिक्षा पूरा गराउने अभियानमा नयाँ पाठ्यक्रम उदाहरणीय हुने बताएन । उनले भनिन, ‘मुलुक निर्माणका लागि शिक्षा र बालबालिकामा लगानी बढाउनुपर्छ, ।’ व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले नेपालीले २० वर्षदेखि अपेक्षा गरिरहेको प्राविधिक विषयमा उच्च शिक्षा पढ्न पाउने ढोका खोल्नु अत्यावश्यक भएको बताउँदै यसलाई कम्तीमा प्रत्येक निर्वाचन क्षेत्रमा लैजानुपर्ने बताइन । पूर्व शिक्षामन्त्रीहरु प्रदीप नेपाल र दीनानाथ शर्मा, सभासद्हरु डा गणेशमान गुरुङ र उमेश श्रेष्ठ तथा पूर्व सचिवहरु किशोर थापा, जनार्दन नेपाल र महाश्रम शर्माले ढिलै भएपनि पाठ्यक्रम बन्नुलाई सकारात्मक ठान्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का कार्यक्रमसँग पनि तालमेल गरेर अघि बढ्न सुझाव दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending