सिमकोट । हुम्लाको एक गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम वाचन गरेबापत ५० हजार दिने भएको पाइएको छ । कार्यतालिकाको बैठकले तयार गरेको आर्थिक ऐन २०८० लाई गाउँसभाले पारित गरेर उक्त व्यवस्थालाई कार्यान्वयनमा ल्याएको हो ।
खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले उक्त व्यवस्था गाउँपालिकाले स्वीकार गरेको भन्दै असार १० गते सम्पन्न गाउँसभाले आर्थिक ऐन पारित गरेसँगै त्यो व्यवस्था कार्यान्वयनमा आएको बताए।
उपाध्यक्ष भरत सिंहले बजेट भाषण वाचन गरेबापत आफूले पारिश्रमिक पाउनुपर्ने माग यसअघि गरेको र सो मागलाई कार्यपालिकाको बैठकबाट निर्णय गराई तेह्राैँ गाउँसभाबाट ऐन पारित गरेर पारिश्रमिक दिने व्यवस्था गरिएको हो।
नियमतः गाउँसभामा बजेट भाषण उपाध्यक्षले पढ्ने व्यवस्था छ। अध्यक्ष रावलले आफूले सो सम्बन्धमा गाउँपालिका महासंघसँग समन्वय गरेकोमा महासंघले पनि आर्थिक ऐनमा बजेट भाषण पढेबापत पारिश्रमिक दिने व्यवस्था राखेर दिन सकिने सुझाव दिएका कारण यो व्यवस्था गरिएको बताए।
उनले भाषण पढेबापत उपाध्यक्षले पाउने पारिश्रमिक अन्य कुनै शीर्षकको बजेटबाट नदिएर गाउँपालिकाको आन्तरिक स्रोतबाट व्यहोरिनेछ। खार्पुनाथ गाउँपालिकाको आन्तरिक आयश्रोत निकै न्यून छ। यस्तो अवस्थामा भाषण पढेको पारिश्रमिक दिन गाउँपालिकालाई आर्थिक बोझ थपिनेछ। जिल्लाका अन्य गाउँपालिकाले यो व्यवस्था नगरेको अवस्थामा खार्पुनाथले भने यस पटकबाट सुरु गरेको हो।
यसैबीच, जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम गाउँसभाबाट पारित गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: