Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

बागमती प्रदेशसभाको बैठकः प्रतिपक्ष दलद्वारा बजेटमाथि संशोधन गर्न माग

खबरडबली संवाददाता

काठमाडौं । बागमती प्रदेशसभाको आज साँझ बसेको बैठकमा प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आव २०८०/८१ बजेट संशोधनको माग गरेको छ ।

राप्रपा संसदीय दलका नेता उद्धव थापाले प्रदेश सरकारले ल्याएको आगामी आव २०८०/८१ को विनियोजित बजेट लक्ष्यविहीन एवं जनताप्रति विभेदकारी भएकाले बजेटलाई पुनःसंशोधन गर्नुपर्ने आफ्नो दलको माग रहेको बताए ।

उनले सरकारमा प्रतिनिधित्व गर्नुहुने मुख्यमन्त्री र मन्त्रीले क्रमशः आफ्नो चुनावी क्षेत्र धादिङ, सिन्धुपाल्चोक र नुवाकोटलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएकामा चिन्ता व्यक्त गरे । जनतालाई सम्मान दृष्टिकोणले विकासको पूर्वाधारले समेट्न नसके प्रदेशसभाको आगामी बस्ने बैठकमा निरन्तर अवरोध गरिरहने जानकारी उनले दिए ।

थापाले बजेटले चुनावी क्षेत्रलाई मात्र नभई काठमाडौँको बासिन्दाको खानेपानीलगायत अन्य जिल्लाका सर्वसाधारणलाई खानेपानी कृषि उत्पादन, सडक, रोजगारीका अवसरलगायत आयआर्जन गर्ने आर्थिक प्याकेज कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरे ।

आजको बैठक बिहान ११ बजे बस्ने भनिए पनि सत्तापक्ष र प्रतिपक्षबीच विनियोजन बजेटमाथि छलफल गर्ने सहमति नजुटेपछि दिउँसो साढे १ बजेका लागि सारिएको थियो । आज अपराह्न ५ः १५ बजेदेखि बसेको बैठक करिब ३५ मिनेट सञ्चालन भएर स्थगित गरिएको थियो । सो बैठकमा आज आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमानित (बजेट) माथि छलफल हुने कार्यसूची थियो । 

प्रदेशसभाको अर्को बैठक यही असार १७ गते अपराह्न २ बजे बस्नेछ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies