Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

उन्नत जातको प्रयोग बढे सँगै संरक्षण हुनै छाड्यो रैथाने बाली

खबरडबली संवाददाता

रामपुर (पाल्पा) । हिजोआज बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत बीउ पाउन मुस्किल परेको छ । परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफूलका बिरुवा हिजोआज किसानले लगाएको खासै पाइँदैन । 

छोटो समयमा धेरै उत्पादन लिन बजारमा आएका उन्नत तथा ‘हाइब्रिड’ जातका बीउमा धेरैको आकर्षण बढेको छ । थोरै जग्गामा अन्नबाली, तरकारी, फलफूल लगाएर उत्पादन धेरै लिन किसानले रैथाने बाली लगाउन छाडेर उन्नत रोज्न थालेका हुन् । परम्परागत रूपमा लगाउँदै आएका बाली क्रमशः हराउँदै गएको र हिजोआज उन्नत र हाइब्रिड सबैले प्रयोग गर्न थालेको पाल्पा रामपुरकी सीता देवकोटा बताउँछिन् । 

‘व्यावसायिकरूपमा कृषि गर्न पुरानो जातका बीउले उत्पादन लिन सकिँदैन, घरायसी प्रयोजनका लागि मात्रै खेती गरेर भएन’, उनले भने, ‘धान, मकै, तरकारी खेती गर्दा नयाँ जात नै लगाउने गरिएको छ ।’ उनले एक दशकयता तरकारी, धान, मकै, गहुँबाली लगाउँदा उन्नत नै बीउ लगाउँछन् । स्थानीय जातको बीउ लगाउँदा लगानीअनुसारको उत्पादन लिन नसकिने देवकोटाले बताए। किसानले बजारका एग्रोभेटबाट नयाँ जातका बीउ विजन खरिद गरेर लगाउने गरेका छन् । गाउँ–गाउँमा एग्रोभेट खुलेपछि नयाँ जातका बीउबिजन खरिद गर्न सहज भएपछि स्थानीय जात छाड्दै गएका हुन् । 

बाहिर बजारमा पुगेर बीउ खरिद गर्ने झन्झटले कतिपयले स्थानीय बीउ नै लगाउने गरे पनि पछिल्लो समय एग्रोभेटले नयाँ–नयाँ जातका बीउबिजन ल्याउन थालेपछि बीउ खरिद गर्न सजिलो भएको अगुवा कृषक दिलबहादुर थापा बताउँछन् । उनले जग्गा भाडामा करिब १० रोपनीमा तरकारी लगाउँदै आएका छन् । 

‘जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्नेलाई स्थानीय जातको बीउ लगाएर हुँदैन। स्थानीय जातमा धेरै रोग किराले सताउने गर्दछ ।  बजारमा आएका नयाँ जातका बीउ वेलावेलामा खरिद गरेर तरकारी खेती गरिरहेको छु, उत्पादन राम्रै दिइरहेको छ’, उनले भने । स्थानीय जात लगाउँदा मेहनत र लगानी अनुसारको उत्पादन लिन नसकिने, उन्नतले उत्पादन वृद्धि, गुणस्तरको बीउ भएपछि रोग किरा पनि कम लाग्ने गरेको थापाको अनुभव छ। कृषक थापाले हरेक वर्ष बिरुवा राख्नुअगावै कृषि प्राविधिकसँगको सल्लाह लिएर नयाँ जातका बीउ लगाउँदै आएका छन् ।
       
भण्डारण गरिएको गुणस्तरको बीउ पाएपछि कृषक यसतर्फ आकर्षित हुन थालेका हुन्। कृषकले बर्सेनी एकै जातको भण्डारण नगरिएका धान, तरकारी बालीको बीउ प्रयोग गर्दा लगानी उठाउन समस्या परेको थियो। बजारमा पछिल्लो समय तरकारी, धान, मकै, गहुँ, फलफूलमा नयाँ जातको गुणस्तरको बीउ आएपछि खेती गर्न सहज, धेरै उत्पादन लिन पाइने भएपछि पुरानो जात छाडेर नयाँ जातमा धेरैले प्रयोग गर्न थालेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउँछन्।

‘रैथाने बाली केही ठाउँमा बीउ जोगाउन छिटफुट मात्रामा लगाउने गरिए तापनि सबैले नयाँ, उन्नत जातका बीउ बर्सेनी प्रयोग गर्ने गरेको पाइन्छ’, उनी भन्छन्, ‘राम्रोसँग भण्डारण गरिएको गुणस्तरको बीउ पाइने हुँदा उत्पादन धेरै लिन पुरानो बाली छाडेर नयाँ जातका बालीमा कृषक आकर्षित छन्।’
       
अहिले धानबालीअन्तर्गत सावित्री, सावा मन्सुली, यू एस ३१२ च्यापियन, राजा गोरखनाथजस्ता जात चलनचल्तीमा छन्। पाल्पाको दोस्रो खाद्यान्न बालीका रूपमा रहेको धान बाहिरबाट निर्यात हुने गरिरहेको छ। खेतीयोग्य जमिन घर घडेरीमा परिणत हुन थालेपछि उत्पादन घट्दै गएको कृषि प्राविधिक बताउँछन्। खेती गरिएको जमिनमा भने उन्नत जातको धान उत्पादन बढ्दो मात्रामा रहेको छ। 

कृषक उन्नत जाततर्फ आकर्षित हुँदा खेती लगाइएका जमिनमा धान लगाएर प्रशस्त उत्पादन लिन सफल भएका छन्। थोरै जमिनमा धेरै उत्पादन लिने उद्देश्य राखे पनि स्थानीय र उन्नत जातको स्वादमा भने फरकपन हुन्छ। छोटो समयमा धेरै उत्पादन लिने उद्देश्य राखेका कारण स्थानीय जातका परम्परागत बीउ लोप हुँदै गएको हो। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending